ओखलढुङ्गामा सवारी दुर्घटना, दुईको मृत्यु, चालक फरार

शेर्पाखबर

२०७५ असार २०, बुधबार


ओखलढुङ्गा – ओखलढुंगामा  भएको जीप  दुर्घटनामा  २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् ।

बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए  । घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि उनले जानकारी दिए । 

मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ । दुर्घटनामा परि घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ । घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको नेतृत्वमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक अनन्नराम शर्माले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेपछि घटनाको बारेमा विस्तृत जानकारी आउने पनि प्रहरी प्रमुख शर्माले जानकारी दिए । 
जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क विहिन रहेको बताईएको छ । जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho