डाक्टरका कुरा– यस्ता व्यक्तिलाई हुनसक्छ मस्तिष्क घात

शेर्पाखबर

२०७५ असार १९, मंगलबार


काठमाडौँ । हाम्रो मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्कघात भनिन्छ । 

नेपालमा गरिएको एक अध्ययनका अनुसार हरेक वर्ष कुल जनसङ्ख्याको डेढदेखि दुई प्रतिशत मानिसलाई मस्तिष्कघात हुने गरेको छ । तीमध्ये एक तिहाइको मृत्यु, एक तिहाइ अपाङ्ग जीवन बिताउन बाध्य छन् भने एक तिहाइ समयमा उपचार पाएको खण्डमा सक्रिय जीवनमा फर्कन सक्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् । जसमध्ये पचास लाख मानिस यही रोगका कारण मृत्युवरण गर्न बाध्य छन् भने ५० लाख अपाङ्ग हुने गरेका छन् । बाँकी ५० लाखमध्ये १५ लाख भने उपचार र पुनस्र्थापनापछि सामान्य जीवनमा फर्किन सफल हुन्छन् । ३५ लाख मानिस सामान्य अपाङ्गताका साथ जीवन चलाइरहेका हुन्छन् । 

मस्तिष्कघात के हो, कसरी हुन्छ, यसबाट बच्ने उपायलगायत विषयमा डाक्टर राजेश कर्णले जानकारी दिएका छन् । शिक्षण अस्पताल महाजगञ्ज टिचिङका नसा विभाग प्रमुख डाक्टर कर्णसँग मस्तिष्कको घातको बारेमा रातोपाटीका लागि अञ्जु तामाङले गरेको कुराकानी डाक्टरकै शब्दमा : 

के हो मस्तिष्कको घात ?
सामान्य भाषामा भन्ने हो भने घात भनेको ड्यामेज हुनु हो । मस्तिष्कको घात भनेको ब्रेनमा घात भयो भने त्यसलाई मस्तिष्कको घात भनिन्छ ।

तर यो घात भनेको चोटपटक लागेर भएको घात होइन, घात भनेको ड्यामेज हुनु हो । हाम्रो शरीरमा रगतनलीहरू रहेका छन् । मुटुले रगतनलीबाट शरीरको सबै भागमा रगतको माध्ययमबाट खानेकुराहरू पुर्याइरहेको हुन्छ । 

फेरि त्यही अङ्गबाट अर्काे रगतनली अथवा भेनबाट फर्केर फेरि मुटुसम्म आउँछ र मुटुले त्यो रगतलाई फोक्सोसम्म पुर्याउँछ । फोक्साले सफा गर्ने अक्सिजन र कार्बाेनडाइड अक्साइड एक्सचेन्ज गराउँछ । एक पटक फोक्सोमा रगत सफा गर्ने काम गर्छ । अर्काे पटक फोहोर रगत मुटुसम्म ल्याएर फेरि फोक्सोमा पुर्याउने काम गर्छ । 

यो रगत नलीले रगत खुलाउने काम गर्छ । रगतनली ब्लक भयो भने हाम्रो ब्रेन ब्लक हुन्छ । तपाईंको अन्नबाली लगाइरहेको खेतमा पानी गएरन भने सुक्छ नि त्यस्तै हुन्छ ब्रेनमा रगत ब्लक भयो भने । त्यस्तै मुटुको रगतनली ब्लक भयो भने हृदयमा भयो भने हृदयघात भनिन्छ भने त्यही कुरा ब्रेनमा भयो भने मस्तिष्कको घात भनिन्छ ।

तर ब्रेनमा अर्काे पनि एउटा तरिकाबाट मस्तिष्को घात हुन्छ । रगत नली कहिले काहीँ फुट्छ । मुटुमा रगतनली फुट्ने सम्भावना खासै हँुदैन् । अहिलेसम्म यस्तो घट्ना भएको पनि मलाई थाहा छैन ।
तर ब्रेनमा चाहिँ रगतनली ब्लक पनि हुन सक्छ, फुट्न पनि सक्छ । मस्तिष्कको घात चाहिँ २ प्रकारको हुन्छ । 

रगतनली फुट्ने कारण चाहिँ ब्लड पेसर हाई छ भने रगत नली जतिखेर पनि बम जस्तै फुट्न सक्छ भने कसैको जन्मजात नै रगतनली ठाउँठाउँमा कमजोर हुन्छ । कसैको पहिला रगत बाक्लो थियो भने पछि पातलो हुने हुन्छ । जस्तै पहिला मस्तिष्कको घात भएको बिरामीले औषधि प्रयोगबाट रगत पातलो बनाइरहेको हुन्छ, त्यस्ता मान्छेहरूको रगत धेरै पालतो भएको कारण ब्रेनमा समस्या हुनसक्छ ।

मस्तिष्कघातसम्बन्धी विश्वको डाटा हेर्ने हो भने १ देखि २ प्रतिशत नागरिकमा रहेको छ । हाम्रो नेपालमा पनि ५ देखि साढे ५ लाख नागरिक मस्तिष्कको घातको बिरामीहरू रहेका छन् । प्रत्येक वर्ष ३० हजार नयाँ बिरामी थपिँदै आइरहेका छन् । 

मस्तिष्कको घात हुँदा जहाँ रगतनली ड्यामेज भएको त्यहाँ सुनिँदै जान्छ । यो बेलामा ब्लड प्रेसर र ब्रेनको पेसर पनि बढी हुन्छ । मस्तिष्क घात भएको बेलामा ब्रेन र ब्लड दुवैको पेसर कन्ट्रोल गर्न सकेको खण्डमा धेरै मान्छेलाई मृत्यु हुनबाट जोगाउन सकिन्छ ।   

यस्तै मस्तिष्कको घात भएका २० प्रतिशतको भने १ महिनामा मृत्यु हुने गरेको पाइएको छ । विश्वमा मानिसकको मुत्यु गराउने तेस्रो रोगका रूपमा मस्तिष्कको घातलाई लिँदै आइरहेको छ । जुन कारणले हृदयघात गराएको छ, त्यही कारणले मस्तिष्कको घात गराउन सक्छ ।  

ब्रेनमा घात भयो भने त्यसलाई मस्तिष्को घात भनिन्छ । मस्तिष्को घात भएको ३० दिनमा मानिसको मुत्यु हुन्छ । तर मस्तिष्को घात भएको ८० प्रतिशतसम्म रोक्न सकिन्छ । 

कसरी थाहा पाउने 
मस्तिष्कघात भएको बारे जान्नका लागि सामान्य उपायहरू छन् । मस्तिष्कको घात भएको नभएको बारेमा जान्नका लागि बाहिरी देशमा एउटा स्लोगन नै रहेको छ । यसलाई फास्ट भनेर बुझ्नु पर्छ । एफ भनेको फेस अथवा कसैको अनुहार बिहान उठ्दा बाङ्गिनुु, ए भनेको आम्स चलिराको हात खुट्टा एक्कासि नचल्नु, एस भनेको स्पिच अचानक बोलीमा परिवर्तन हुनु वा रोकिएर आउनु, टी भनेको टेन इज ब्रेन जति सक्दो छिटो स्वास्थ्य संस्था लानुपर्छ,  जति ढिला भयो त्यही ब्रेन ड्यामेज हुन्छ । यस्तो अवस्था देखिएको खण्डमा मस्तिष्कको घात भएको भन्ने बुझ्न सकिन्छ । यो बाहिरी देशमा लागु भएको कुरा हो ।  

नेपालका बारेमा कुरा गर्ने हो भने बिहान उठ्दा शरीरमा केही समस्या देखिएको खण्डमा चिसोको लागेको भन्ने, विभिन्न देवीदेवताको पूजा गर्ने, पूर्व जन्मको फल भन्ने धेरै चलनहरू रहेको छ । जुन कारणले गर्दा अस्पतालभन्दा पनि धामी झाँक्री लगाउने, कुखुरा भाकल गर्दा समय जान्छ र अस्पताल भनेको अन्तिम अवस्थामा आउने चलन छ । त्यो बेलासम्म उपचार सम्भव हुने समय कटिसकेको हुन्छ ।

त्यस्ता रगतनली ब्लक भएको बिरामी साढे ४ घण्टासम्ममा स्वास्थ्य संस्था पुग्न सकेको खण्डमा औषधि प्रयोगबाट नली खोल्ने काम गर्छाैं । अहिलेसम्म मलाई लाग्छ ५ प्रतिशत  मस्तिष्कको घातको बिरामी अस्पताल आउन सकेका छैनन् ।  हार्टएट्याक भयो भने मान्छे दौडेर अस्पताल जान्छन् । तर मस्तिष्कको घातको समस्या भनेको झ्ट्ट देखिँदैन सुरुमा लक्षणहरू देखापर्छ । तर हाम्रो समुदायमा मुख बाङ्गेको छ भने मालिस गर्ने गायतका काम गर्छन्, समयमा अस्पताल जाँदैनन् । आए पनि ढिला आउँछन् । कति बिरामी त अस्पताल नै आउँदैनन् । विभिन्न भ्रमको कारणले पनि मस्तिष्कको घातको समयमा उपचार हुन सकेको छैन । 

मस्तिष्कको घात हुँदा जहाँ रगतनली ड्यामेज भएको त्यहाँ सुनिँदै जान्छ । यो बेलामा ब्लड प्रेसर र ब्रेनको पेसर पनि बढी हुन्छ । मस्तिष्क घात भएको बेलामा ब्रेन र ब्लड दुवैको पेसर कन्ट्रोल गर्न सकेको खण्डमा धेरै मान्छेलाई मृत्यु हुनबाट जोगाउन सकिन्छ ।   

पेसर, मधुमेह, क्लोस्टोर धेरै छ । धूमपान, मदिरा सेवन गर्ने, फास्टफुड, जङफुड धेरै खाने र निस्क्रिय जीवन शैली छ । शारीरिक व्यायम नभएको व्यक्तिहरूमा अधिकांशमा मस्तिष्कको घातको समस्या देखिन्छ । यस्ता व्यक्तिमा अरू कारण भए पनि मुख्य कारण यसलाई मानिन्छ । 

बच्ने उपाय 
 हरियो साग सब्जी र भेज खानामा जोड दिनुपर्छ । घिउ खाँदै नखाने, तेल एकदम कम खाुपर्छ । खसीको मासु कम खाने, सकभर नखाएको राम्रो । कुखुराको मासु पनि कम खाने । अब रोग अनुसार हेर्ने हो भने प्रेसर, सुगर, कोलस्ट्रोलको नियमित चेक गर्ने यस्ता कुरामा ध्यान दिने समयमा स्वास्थ्य परीक्षण गर्ने हो भने ८० प्रतिशत मस्तिष्कको घातबाट बच्न सकिन्छ ।