कतै डुवान कतै पहिरोः परिणाम ११ जनाको ज्यान गयो

शेर्पाखबर

२०७५ असार १९, मंगलबार


काठमाडौं । मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा डुवान र पहाडमा पहिरो सुरु भएको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गरी ११ जनाको ज्यान गएको छ । तराई जिल्लाहरुमा डुवान तथा पहाडमा पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।

गृह मन्त्रालयका अनुसार ८ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । रोल्पामा १८ दिनको शिशुसहित ३ जनाको मृत्यु भएको छ । बाँकेमा भेलले बगाएर चार जनाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौं र पर्सामा नदीले बगाएर तथा कैलाली घर भत्किएर एकएक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

पूर्वपश्चिम, सिद्धार्थ लगायतका राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग खुलाउन प्रयास जारी भएपनि पहिलो फेरि पहिरो आउने र रोकिने गरेको छ ।

केही नदीको जलस्तर खतराको स्तरमा पुर्‍याएको छ । वषर्ाका कारण खहरे खोलामा पनि बाढी आउने अनुमान छ । स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सर्तक रहने आग्रह समेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै वषर्ा पश्चिम क्षेत्रमा भएको छ र क्रमशः मध्यतर्फ सर्नेछ ।

लगातारको वर्षाका कारण वीरगञ्ज, नेपालगञ्ज, नवलपरासी लगायतका स्थानमा थुप्रै घर डुवानमा परेका छन् । नाला बनाएको भएपनि निकास राम्रा नहुँदा घरहरुमा पानी पसेको छ ।