ग्रान्डीको छतमा यसरी दुर्घटना भएको थियो सिम्रिक एयरको विमान (फोटोफिचर)

शेर्पाखबर

२०७५ असार १७, आईतबार


काठमाडौँ । शनिबार दिउँसो ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । धापासीस्थित अस्पतालको छतमा अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

उक्त हेलिकप्टर विहान दोलखाको चरिकोटबाट बिरामी लिएर आएको थियो । एक बालकलाई लिएर आएको हेलिकप्टर अवतरण गरेर इन्धन भरेर डाक्टरसहित चितवन उड्ने तयारीमा थियो । 

भरतपुरमा विरामी लिन जानुपर्ने भएपछि बिरामी बालकलाई अस्पताल ओरालेर इन्धन भरेर फेरि अस्पतालमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हो । 

कल साइन ढल्ब्ीच् को हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा रहेको काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

उनले भने, ‘डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको छ ।’ 

प्रमुख एसएसपी पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन । ‘ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको हो,ु एसएसपी पोखरेलले भने, ‘ हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’

विमानको पखेटामा क्षति पुगेको छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho