आङकामी शेर्पाको जीवन यात्रा ‘छविकारदेखि समाजसेवीसम्म’
शेर्पाखबर
२०७५ असार १३, बुधबार

ओखलढुंगा (शेर्पाखबर) । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा छन् ‘आङ कामी शेर्पा ।’ ओखलढुंगाको साविक पात्ले–४, मैदानेमा जन्मिएका शेर्पा लामो समय अमेरिका बसे । छविकारको रुपमा अमेरिकामा वसेका उनी अहिले नेपालमै छन् । विदेशी नागरिक भित्र्याएका जीवन मगरको कथादेखि प्रकाशमा देखिएका शेर्पा अहिले विभिन्न मुलुकबाट महिलाहरुको उद्धार गरी सामाजिक सञ्जालमा छाएका छन् । उनको यो यात्रामा चल्तीका सञ्चारकर्मी रवि लामिछानेले साथ दिएपछि थप उचाईमा पुगेका छन् । दिया मिडियाले लिएको शेर्पासँगको अन्तर्वार्ता सान्दर्भिक ठानी यहाँ प्रस्तुत गरिएको छ ।