वीरांगनामा शिल्पा ! ‘यो कस्तो अभिनय ?’

शेर्पाखबर

२०७५ असार ९, शनिबार


अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर 'वीराङ्गना'को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते रिलिज हुने फिल्मको आइतबार ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले फिल्म मसला एक्शनले भरिएको देखाएको छ।

फिल्ममा शिल्पा तथा अनुपका अलावा पृथ्वी राज प्रसाईं, धीरेन शाक्य, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजालको अभिनय रहेको छ।

यससँगै फिल्ममा घोडा तथा बाँदरलाई समेत हाइलाइट गरिएको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र  सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।

फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले वितरण गर्ने भएका छन् ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho