तिमी पार्वती हौ। तिमी निर्दयी हौ। ‘दोस्रो लोग्ने’

शान्ती शर्मा

२०७५ असार ८, शुक्रबार


तिमी पार्वती हौ। तिमी निर्दयी हौ। तिमीले मलाई उत्तेजनामा आरोहणको चरमोत्कर्षकमा पुर्या एर त्यसै त्यसै छाडिदियो। तिमी जस्ती कोमलाङगीनीलाई त थाहा हुनुपर्ने हो नि। उत्तेजनाको चरम विन्दुमा पुगेको पुरुषलाई पुन सामान्य अवस्थामा फर्कन कति गाह्रो हुन्छ भन्ने!
मैले चुम्बन गर्न खोज्दा तिमीले आफ्नो पिपलपाते ओठलाई समेत ढुँगा जस्तो बनाइदियौँ। म तिम्रो उर्वशीको जस्तो शरीर हेरेर मादक पदार्थ सेवन विना नै लठ्ठिएको थिए। तिम्रो अंगको विद्युतीय झड्काले मेरा अंगप्रत्यंग झनन्नन बनाइरहेको थियो। मैले त्यस बेला आफुलाई सम्हाल्नै सकेको थिइन्। बेस्सरी भोक लागेको बेला टेबुलमा राखेको चिकन तन्दुरी वा सेकुवालाई टुलुटुलु हेरेर घुटुघुटु थुक निल्नु पर्दाको अवस्थामा पुर्याोइदियौँ तिमीले मलाई आज।

प्रेममा पोखिन नसक्नेले प्रेमको नाटक किन गर्नु? मेरो सामुन्ने किन उभिनु? कुन अवधारणा लिएर तिमी म भित्र डुब्न आयौ र किन उत्रन खोज्दै छौँ। अहिले आएर मेरो चाहनालाई लत्याएर तिमी मबाट किन भाग्न खोज्दै छौँ? तिम्रो कोमल मुटुबाट कसरी आज त्यस्तो निर्दयताको काँडा पलायो? तिमी आज बोल्नै पर्छ नत्र भने तिमी अपराधी हत्यारा आदि कहलिने छौँ म बाट।

हो, तिम्रो सहर्ष स्वीकृति विना मसँगबाट जोगाउन खोजेको शारीरिक पवित्रतालाई लुटने चाहना मेरो पनि होइन। म भ्रममा रहेछु मैले तिम्रो बनावटी प्रेमलाई बु‰न सकिन। प्रेमको दौडमा यति अगाडि बढिसके पछि अब तिमीबाट मेरो चाहनालाई पक्कै अस्वीकार हुने छैन भन्ने सोचेर नै मैले यो प्रस्ताव राखेको हुँ तर तिमीले टुक्रा टुक्रा पारेर फालेको उखुझै मेरो हृदय पारिदियौँ। अब देखि तिम्रो र मेरो बीच मानवीय सम्बन्ध वाहेक केही हुने छैन। कसैको स्वतन्त्र चाहना र अस्तित्वलाई अनाधिकार रुपमा लुट्ने चेष्टा मबाट कहिल्यै हुने छैन। तिमीले म सँग जोगाउन खोजेका चिज जति पनि सक्छौँ जोगाएरै राखे हुन्छ भै गयो अब म जिन्दगीभर कहिल्यै पनि तिमीमा समाहित हुनेछैन र हुने प्रयत्न गर्ने पनि छैन। मैले देख्ने गरेको दिवा सपनाको अगाडि तिमी फेरि कहिल्यै देखा नपुर्न जसरी तिमीले कुमारीत्व जोगाएकि छौँ। त्यस्तै मैले पनि कुमारत्व जोगाएको छु।

यसरी उसले भनेका एक एक शब्दले मेरो हृदय बमको रुप लिए। आफु भित्रका सबै तत्व क्षतविक्षत भएको आभास भयो। आँखाबाट बलिन्द्र आशुका धारा आफ्नै गल्ती उपर बग्न थाले।

ऊ मेरो पूर्व प्रेमी, उसँग प्रेम हुँदाहुँदै पनि मैले आमाबाबाको चाहना मार्न नसकि उहाँहरुले रोजेको केटोसँग बिहे गरिसकेको थिएँ। त्यो हाम्रो गोप्य विवाह जस्तो थियो। सुहागरात मनाएको केहि दिनमै उसले विदेशको बाटो ततायो। मलाई भने विवाह भएको सपना वा विपना हो यकिन हुन सकेन। विवाह सत्य भए पनि त्यसलाई स्वीकार्न अन्तर हृदयदेखि हिचकिचाइ रहेको थियो। घुम्टोभित्र आफुलाई लुकाएर पराईको घरमा प्रवेश गरे पनि बन्द कोठामा उसलाई मैले सर्वस्व चखाएर आफ्नो कुमारीत्व गुमाइसकेको थिएँ। खै कसरी भनु अब यो तितो सत्य उसको अगाडि एक घोर अपराधि झैँ। उसको सामु शरिर झुकाउनु बाहेक विकल्प थिएन। उसको पुरुषत्व झल्कने तिखा शब्दहरुलाई धैर्य गरेर सुन्नु मात्र मेरो सामर्थ्य थियो। त्यो क्षण सम्झदा पनि कति पीडाजनक लाग्छ।

एउटै बिस्तारामा बसे पनि हामी बीचमा दुरी कायम थियो। ऊ भन्दै थियो, 'पुछ तिम्रा ती अपराधी आँशु तिमीले नै, म आफ्ना हातले छुन्न।' यसो भनिरहँदा म हिउँ जसरी पानी पानी भएर गलिरहेको थिए।

हो, हाम्रो समाजमा दोस्री श्रीमतीले मान्यता पाए जसरी दोस्रो लोग्नेले पनि पाउने अवस्था भए मैले सजिलै स्वीकार्थे होला। तर त्यो सम्बन्ध असमयको भइदियो। दिशाहीन भइदियो। त्यसैले त रोक्न सक्ने सामर्थ्यको अधिन बाहिर मेरा आँसुका दाना निरन्तर बगिरहे। एउटा प्रेमी भित्र उभिएका चाहना पुरा गर्न सकिन। म हत्यारा बने। अब त एक अर्काका साधारण साथी र सहयोगीसम्म पनि बन्न सक्ने भएनौँ। थुप्रै चाहना हुँदाहुँदै पनि छटपटिएर आफनै शरीरबाटै निस्किएको अग्नितापमा पिल्सिए। थुप्रै जैविक चाहना हुँदाहुँदै पनि त्यहाँबाट सर्वोपयुक्त हुन्थ्यो। मैले भन्ने आँट गर्नु थियो। यो हाम्रो भेट जिन्दगीका सबै दिनका लागि अन्तिम भेट हुनेछ। तर खै कसरी भनु ऊ त मलाई यसरी रिसाएको मुद्रामा घोरिएर हेर्दै थियो कि मानौँ भोकाएको जनावरले नजिकैको शिकार खान नपाएको जस्तै।

केही बेर पछि उसको रिस केही मत्थर भएको पाए मैले। केही शालीन अनुहार अनि उस्तै भावमा ऊ बिस्तारै बोल्यो, 'मलाई माफ गरिदेऊ एलिजा। मैले तिमीलाई नदि झैं पवित्र माया गरेको थिए। यस जुनीमा मात्र होइन सयौं जुनीसम्म तिम्रै हुने प्रण गरेको थिए। आत्मिक प्रेमलाई अड्याइ राख्न भौतिक प्रेमको आड चाहिँदो रहेछ। प्रेमको यात्रामा अगाडि बढि सकेको हुनाले नै त्यसलाई दर्बिलो र गर्विलो बनाई सफल बनाउन मैले आज तिमीसँग यो प्रस्ताव राखेको हुँ। भैगो, तिम्रो इच्छा विपरित म बाट त्यस्तो कुनै काम हुने छैन। तिमी यहाँबाट स–सम्मान जान सक्छ्यौं।'

शहरको बन्द कोठामा करिब ३ घण्टा उसँगको बसाइपछि म कुनै फुकुवा अपराधी झैं ढोकाबाट निस्कने प्रयास गरे। जाँदाजाँदै उसको सामु आफ्नो वास्तविकता उदाङग पार्ने इच्छा भयो। यसो उतिर फर्केर हेर्दा उसमा मेरो कुरा सुन्ने धैर्यताको विकास भइसकेको मैले पाए।

'मलाई केही भन्ने अनुमति दिन सक्छौ भने म आफ्नो यथार्थको भारी तिमीमा बिसाउने छु। सुन मेरो तिमी प्रतिको प्रेम पनि कहाँ पोखरी जस्तो दुषित थियो र। तर मेरो नियति भने कि मेरो लगनगाँठो अर्कोसँग गाँसियो त्यो पनि निकै गुपचुपसँग। मैले जन्म दिने बाबुआमाको चाहनालाई मार्न सकिन। त्यो मेरो विवशता थियो। हो तिमीलाई म हृदय देखि नै प्रेम गर्छु तर अब म तिमीलाई यो समाजका अगाडि दोस्रो लोग्ने कसरी बनाऊ? असम्भव मलाई माफ गरिदेऊ।'

यसरी आफ्ना कुरा पोख्दै गर्दा मभित्रबाट वेदनाका हिक्का र सहस अश्रुधारा बगिरहेका थिए। हो, मैले त्यतिबेला आमाबाबासँग विद्रोह गर्न सकिन। अनि भन्न सकिन कि 'म आलोकलाई प्रेम गर्छु' भनेर। यो मेरो कमजोरी नै थियो।

मेरा कुरा पुरा हुन नपाउँदै ऊ गम्भीर भावमा ढोकानेर पुग्यो। बेजोड बतासले ढयाम्म पारे जस्तै गरी ढोका बन्द गर्योक। त्यो आवाजले म झल्यास्स बिउँझें। उठ्दा सिरानी पुरै आशुले भिजेको रहेछ। विदेशबाट मोबाइलमा थुप्रै मिसकल र म्यासेज आएका रहेछन्। मन विचलित भयो। उसलाई कल व्याक गर्ने हिम्मत भएन। एकछिनसम्म आफुलाई सम्हाल्ने प्रयास गरे। धन्न यो विपना रहेन छ। केही बेरसम्म मन विथोलिरह्यो।

@नागरिक न्यूजबाट

शान्ती शर्माका अन्य लेख तथा रचनाहरु