गौतम बुद्ध विमानस्थल निर्माण ठप्प ‘सांसदहरु धर्नामा !’

शेर्पाखबर

२०७५ असार ५, मंगलबार


विभिन्न अवरोधलाई छिचोल्दै निर्माणलाई गति दिईरहेको भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा फेरि अवरोध भएको छ।

विमानस्थल निर्माण गर्दा जग्गा अधिग्रहणमा परेकाले मुआब्जा नपाएको भन्दै विमानस्थलमै पुगेर धर्ना दिँदै निर्माण कार्यमा अवरोध गरेका हुन्।

विमानस्थल निर्माण गर्दा १ हजार ७ सय ४० परिवारको घरजग्गा अधिग्रहणमा परेको थियो। उक्त जग्गाको २३ अर्ब मुआब्जा वितरण गर्नुपर्ने भए पनि अहिलेसम्म ६ अर्ब मात्रै वितरण गरिएको छ।

मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले सोमबारदेखि अनिश्चितकालीन अवरोध गरेका हुन्।

नेपाली कांग्रेस र फोरमका स्थानीय नेताहरुको अगुवाईमा विमानस्थलको धावनमार्गमा पुगेर स्थानीयले नाराजुलुस गरेका छन्। उनीहरुले तुरुन्त मुआब्जा नदिए निर्माण अघि बढ्न नदिने बताएका छन्। दल र स्थानीयको अवरोधपछि विमानस्थल निर्माण कार्य सोमबार बिहानैदेखि ठप्प छ।

फोरमका नेता एवं प्रदेशसभा सदस्य सन्तोष पाण्डेले एक दिन राजश्व बुझाउन ढिलाई हुँदा जरिवाना लिने राज्यले नागरिकहरुलाई दिनुपर्ने रकममा पनि ढिलाई हुँदा क्षतिपूर्ति दिनुपर्ने बताए।

‘सवारी चालक अनुमती पत्र नविकरण गर्न एक दिन ढिलो हुँदा शतप्रतिशत बढि राजश्व लिने, विद्युतको शुल्कमा एक दिनको २५ प्रतिशत सम्म बढी शुल्क लिने अनि नागरिकलाई राज्यले दिनुनपर्ने?’ उनले प्रश्न गरे।

पाण्डेले जग्गाको मुआब्जाको मूल्य पूनर्मूल्यांकन गरी स्थानीयलाई अहिलेको मूल्य अनुरुप १५ दिनभित्र मुआब्जा दिनुपर्ने बताए।

विमानस्थल आयोजना प्रमुख ओम शर्माले मुआब्जा दिन बाँकि व्यक्तिको लागि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गरे अनुरुप अर्थमन्त्रालयबाट बजेट निकासा भएको र आयोजनामा आउने वित्तिकै वितरण गरिने बताए।

‘मन्त्रालयबाट बजेट नआउँदा पनि मालपोत, नापीलगायतका कार्यालयबाट गर्नुपर्ने काम भईरहेको छ, अहिले ४ सय २५ जनालाई मुआब्जा दिन गर्नुपर्ने सबै काम पुरा भएको छ र रकम आउने वित्तिकै उक्त रकम वितरण हुने छ,’ उनले भने।

शर्माले अर्थमन्त्रालयले थप मुआब्जाका लागि ५ अर्ब बजेट निकासा गरिसकेकाले अबको केही दिनमै वितरण थालिने भएकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरे।

तीन वर्षमा सक्ने गरि २०७१ साल कात्तिकमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण थालेको आयोजना बेलाबखत हुने अवरोधले पछि धकेलिदै आएको छ।

एसियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख २० हजार रूपैयाँ ऋण तथा अनुदान सहयोगमा निर्माण भईरहेको विमानस्थलको करिब ५० प्रतिशत काम सकिएको छ।

विमानस्थल आउँदो २०१९ को जुनबाट सञ्चालनमा ल्याउने तयारी छ। तर पछिल्लो समय राम्रो प्रगति हासिल गरेको आयोजनामा दल र स्थानीयको अवरोधले थप पछि धकेलिने चिन्ता थपिएको छ।

@setopati

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho