कानून विपरित गतिविधि गर्नेको पक्षमा ‘ओखलढुंगा कांग्रेस !’

सार्की शेर्पा

२०७५ असार ४, सोमबार


ओखलढुंगा (शेर्पाखबर) । विना इजाजत शैक्षिक संस्था सञ्चालन गरेको आरोपमा ठूलाछापका बलराम कट्वाल पक्राउ गरेका छन् । निजी विद्यालय सञ्चालन विना इजाजत सञ्चालन गरेको उजूरीको आधारमा उनी पक्राउ परेका हुन् । 
कट्वाल पक्राउपछि विनाशर्त रिहाईको माग गर्दै जिल्ला कार्य समितिले विज्ञप्तिसमेत जारी गरेका छन् । सभापति प्रदीप सुनुवारले हस्तार नै गरेर कट्वाललाई विनाशर्त रिहाई गर्नुपर्ने माग गरेका हुन् । सिद्धीचरण नगरपालिका २ निशंखेमा गुरुकुल एकेडेमी नाम दिएर कक्षा ४ सम्म निजी विद्यालय सञ्चालन गरिरहेको आरोपमा अध्यक्ष कट्वालसहित प्रिन्सिपल सानो कोविद् भनिने दुर्गा सुब्बा समेत पक्राउ गरेका छन् । लामो समय जिल्लाको अन्य निजी विद्यालयमा शिक्षण गरेका सुब्बा यसै शैक्षिक सत्रदेखि गुरुकुलमा आबद्ध भएका थिए । 
गैरकानूनी रुपमा शिक्षण संस्था सञ्चालन गरेको आरोपमा कट्वाललाई पक्राउपछि त्यहाँ अध्ययनरत बालबालिका भविष्य अन्धकार भएको भन्दै अभिभावकहरु भने आक्रोसित भएका छन् । आक्रोसित अभिभावकहरुले आइतबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगा घेराउ समेत गरेका छन् । उनीहरुले आफ्नो बालबालिकाको भविष्य सुनिश्चित हुनुपर्ने माग गरेको जनाएको छ । 
कांग्रेस जिल्ला कार्य समितिका आमन्त्रीत सदस्य समेत रहेका कट्वाललाई पक्राउ गरेपछि कांग्रेसले कट्वाललाई षडयन्त्रपूर्वक फसाउन खोजेको सभापति सुनुवारद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञिप्तीमा कांग्रेसले ‘लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाका बारेमा बुझ्न’ समेत भनेका छन्  । यता कट्वालले यसअघि गुरुकुल कम्प्युटर इन्ष्टिच्यूट सञ्चालनका लागि सिद्धीचरण नगरपालिकाबाट स्वीकृत लिएको भन्ने विषयमा अस्वीकार गरेको छ । नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई पठाएको जवाफी पत्रमा नगरपालिकाले कोही कसैलाई गुरुकुल कम्प्युटर  इन्ष्टिच्यूट नामबाट इजाजत नदिएको उल्लेख गरेको छ । 

यससम्वन्धमा नयाँपत्रिकामा प्रकाशित समाचारः–

ओखलढुंगामा अनुमति नलिई बोर्डिङ चलाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनुमति नै नलिई विद्यालय सञ्चालन गरेको भन्दै प्रहरीले सिद्धिचरण नगरपालिका–२ निशंखेस्थित गुरुकुल एकेडेमीका सञ्चालक बलराम कट्वाल र प्रिन्सीपल दुर्गा सुब्बालाई पक्राउ गरेको हो ।

अनुमति नै नलिई कक्षा ४ सम्म निजी स्कुल चलाएर महंगो शुल्क लिएको भन्दै स्थानीयले उजुरी गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । कट्वाल र सुब्बाविरुद्ध आइतबार म्याद थपेर अनुसन्धान सुरु गर्ने शर्माले जानकारी दिए ।

‘अभिभावकको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान पछि उनीहरुलाई नियन्त्रणमा लिएका हौं । आइतबार म्याद थप गरेपछि बाँकी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्छ’, शर्माले भने ।
पक्राउ परेका बोर्डिङ सञ्चालक कट्वाल नेपाली कांग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य हुन् । प्रिन्सीपल सुब्बा लामो समय अन्य निजी स्कुलमा अनुभव बटुलेर यसै शैक्षिक सत्रदेखि गुरुकुल एकेडेमीमा आवद्ध भएका थिए । सञ्चालक र प्रिन्सीपल पक्राउ परेपछि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी अन्यौलमा परेका छन् ।

स्रोतका अनुसार कट्वालले सिद्धिचरण नगरपालिका–२ निशंखेमा गुरुकुल कम्प्युटर इन्स्टीच्युट दर्ता गरेका थिए । तर, उनले निजी विद्यालय चलाउन भने साविकको गाविसबाट पनि अनुमति लिएका थिएनन् । निजी विद्यालय सञ्चालनको पहिलो अनुमति स्थानीय तहबाट लिनुपर्ने प्रावधान छ ।

निशर्त रिहाई गर्न कांग्रेसको माग

कांग्रेस ओखलढुंगाले पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाइ गर्न माग गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा कांग्रेस कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै कांग्रेस नेता रामहरि खतिवडाले तत्काल उनीहरुलाई बिनाशर्त रिहाइ गर्न माग गरेका हुन् । नयाँपत्रिकासँग कुरा गर्दै पूर्वसांसद समेत रहेका नेता खतिवडाले भने–‘त्यस्ता बोर्डिङ जिल्लामा अरुले पनि चलाएका छन् तर कांग्रेस कार्यकर्तालाई छानेर पक्राउ गर्नु आपत्तिजनक छ, उनीहरुलाई निशर्त रिहा गरियोस् ।’

निजी विद्यालय सञ्चालनको विषय प्रहरीको नभई स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने भन्दै खतिवडाले कुनै उजुरी बिना प्रहरीले उनीहरुलाई पक्राउ गरेको आरोप लगाएका छन् । उता प्रहरीले भने अभिभावकको उजुरीकै आधारमा पक्राउ गरिएको जनाएको छ ।

तस्वीरः थाहाखबरबाट

सार्की शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho