विवादमा शेर्पा सञ्चार ‘समाधानका उपाय खोज्न सल्लाकार वैठक’

पेम्वा ङावा शेर्पा

२०७५ असार ४, सोमबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा समुदायमा क्रियाशिल सञ्चारकर्मीहरुको संस्था ‘शेर्पा सञ्चार समूह’ विवादमा फसेको छ । एकै पटक ६ जना सदस्यले सामुहिक राजीनामा पेश गरेपछि विवाद सतहीमा देखिएको हो । 
११ जनाको कार्य समितिमा  ६ जनाले राजीनामा पेश गरेको १० दिनपछि अध्यक्षद्धारा राजीनामा स्वीकृत गरेकी थिइन् । लामो समयदेखि आन्तरिक विवादमा रहेको सञ्चारको अधिवेशन नजिँकिदै गर्दा विवाद बढ्नुलाई समुदायले भने रुचाएका छैनन् । 
अध्यक्षले संस्थालाई एकलौटी बनाएको आरोप लगाउँदै प्रथम उपाध्यक्ष लाक्पा सोनाम शेर्पासहित कोषाध्यक्ष कर्मा शेर्पा, सदस्यहरु नुरु, दाबुटी, निमा तेण्डी र सोनाम याङजी शेर्पाले सामुहिक राजीनामा पेश गरेका थिए । विवादको ‘चुरो कुरो’ वाहिर आउन नसकेपनि ‘संस्थालाई व्यक्तिको मागी खाने भाँडो बनाएको’ भन्ने सदस्य नुरु शेर्पाले आरोप लगाए । ६ जनाले सामुहिक राजनीनामा पेश गरे लगतै बसेको वैठकले सदस्यहरु पेमा रिन्जी शेर्पा, निमा शेर्पा र नुरु शेर्पालाई ‘लामो समयसम्म वैठकमा अनुपस्थित रहेको’ भन्दै निष्काशन कार्वाही गरेको महासचिव निमलेकी शेर्पाले जानकारी दिइन । ‘नुरु शेर्पा लगायत वैठकमा लामो समय अनुपस्थित रहनु हुनेलाई हामीले कार्वाही गरेका छौं । कार्वाहीसँगै उहाँहरुको राजीनामा पनि आयो ।’ महासचिव शेर्पाले भनिन् । आफूहरुले कुनै न कुनै निर्णय लिनुपर्ने भएकाले राजीनामा स्वीकृत र निष्कृय सदस्यलाई कार्वाही गरेको महासचिव शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भएपछि सञ्चारले सल्लाहकारसहित असन्तुष्ट पक्षलाई वैठकमा बोलाएको छ । अध्यक्ष फुर्किमा शेर्पाका अनुसार साँझ ५ बजे कार्यालयमा वैठक वसेर ‘कसरी अघि बढ्ने’ भन्ने सम्वन्धमा निर्णय लिइने छ । 
असन्तुष्ट पक्षले ‘निवर्तमान अध्यक्ष डोमा शेर्पाको सगरमाथा आरोहण र सोलुखुम्बका क्यान्सर पीडित बालकको उपचार खर्च जुटाउने अभियान’ लगायतदेखि नै आफूहरु असन्तुष्ट रहेको छनक दिएका छन् । कतिपय अनौपचारिक छलफलमा असन्तुष्ट पक्षले ‘निवर्तमान अध्यक्षले वर्तमान कार्यसमितिलाई ओझेलमा पार्ने गरी व्यक्तिगत रुपमा संस्थाको नाम जोडेर क्रियाकलाप र नजायज फाइदा उठाएको’ समेत आरोप लगाउँदै आएका छन् । सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुलाई आधार मान्ने हो भने ‘विवाद निक्कै गम्भिर देखिन्छ ।’ तर, यसो हुनु पटकै राम्रो हैन । विवादलाई सतहीमा ल्याउनु पूर्व संगठनमा वसेरै समाधान खोज्नु पर्दथ्यो ।’ अधिकांशले टिप्पणी गरेका छन् । 
विवादको अर्को कारण सञ्चारकै सदस्य सोनाम याङजी शेर्पाले एक टेलिभिजनमार्फत सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रमलाई पनि जोडिएको छ । पछिल्लो समय सञ्चालिका शेर्पाले आफूलाई संस्थागत सहयोग प्राप्त नभएको र अध्यक्षले कार्यक्रम कब्जा गर्न खोजेको समेत आरोप लगाएकी थिइन । उनले आफ्नो कार्यक्रमको व्यानर सगरमाथामा फरफराइएको सम्वन्धी समाचारसँग जोडेर सञ्चारसँगको असन्तुष्टिलाई पोखेकी थिइन् । 
विवादका विषयमा अध्यक्ष शेर्पाले ‘सदस्यहरुले संस्थाको अहीत हुने कदम चालेको’ भन्दै दुःख व्यक्त गरिन् । उनीले भनिन् ‘उहाँहरुले राजीनामा पेश गर्नु भयो । हामीले विधान अनुसार वैठक वसेर केहीलाई कार्वाही र बाँकीको राजीनामा स्वीकृत गरि दियौं । त्यसपछि सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरेर बदनाम गराउने र संस्थाको अहीत हुने काम गर्नु भएको छ । हामी कार्वाही प्रक्रिया अघि बढाउँछौं । यसअघि सल्लाहकार समितिको वैठक राख्छौं ।’
११ जनाको कार्यसमितिमा ६ जनाले राजीनामा र २ जनालाई कार्वाही गरिसकेको अवस्थामा संगठन अल्पमतमा परेको देखिन्छ । संस्थापन पक्षमा अध्यक्ष, उपाध्यक्ष गेल्छीरी शेर्पा, महासचिव निमलेकी शेर्पा र सदस्य मिनकुमार शेर्पा मात्रै रहेका छन् । यसवीच सञ्चारको वैठकले ३ जनालाई सदस्यमा मनोनयन गरेका छन् ।
 

तस्वीरः नुरु शेर्पाको फेसबुकबाट लिइएको हो–सं

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho