श्यार्वी ञ्येन्ठिनको झण्डा सर्वोच्च शिखरमा

फूर्वा शेर्पा

२०७५ जेष्ठ २९, मंगलबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा भाषाको भाषिक टेलिभिजन कार्यक्रम श्यार्वी ञ्येन्ठिन सर्वोच्च शिखर सगरमाथामा पु¥याउन सफल भएको छ । आरोही दाबुटी शेर्पाले झण्डा फरफराउन सफल भएको हो ।
नेपालको कफीलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथामा कफी पिलाउने क्रममा कार्यक्रमको व्यानरलाई पनि लगिएको सञ्चालिका सोनाम याङजी शेर्पाले जानकारी दिइन् । ‘कार्यक्रमको व्यानर शिखरमा फरफराउन सफल भएको भन्दै ह्वाँ (दाबुटी शेर्पा)लाई कार्यक्रमको तर्फबाट सम्मान समेत गरे ।’ सञ्चालिका शेर्पाले भनिन् ‘उहाँले आम सञ्चारकर्मी र पत्रकारिता जगतमा मातृभाषा सम्बन्धी कार्यक्रमको सम्मानका लागि समेत टेवा पुगेको छ ।’ 
‘शेर्पा भाषामा विगतदेखि नै पत्रकारिता गर्दैआई रहेको थिएँ । शेर्पा भाषाको संरक्षणका लागि टेलिभिजन कार्यक्रमको आवश्यक रहेको महसुुुस गर्दै भर्दाै महिनाबाट सञ्चालन गर्दै आई रहेको छु ।’ कार्यक्रमबारे सञ्चालिका शेर्पाले भनिन् ‘ईन्डिजिनियस टेलिभिजनबाट प्रसारण भइरहेको छ ।’
 कार्यक्रमलाई शेर्पा सञ्चार समुह नेपालबाट सहकार्यको लागि आग्रह गरी सञ्चारको व्यानरमा उद्घाटन भएपनि आवश्यक समन्वय हुन नसकेपछि सहकार्य गर्न नसकेपछि शेर्पाले आफ्नै तरिकाले सञ्चालन गरिरहेका बताउँछिन् । 
‘शेर्पा समुदायका भाषा, संस्कृतिका लागि निर्माण तथा प्रशारण भएको कार्यक्रम आफ्नो व्यक्तिगत रुपमा पहल गरेर सञ्चालन गरीरहेको छु ।’ सञ्चालितका शेर्पाले भनिन् ‘कार्यक्रमका लागि क्यामेराप्रशनका रुपमा ङिमा तेण्डी शेर्पाले स्वयम्सेवकको रुपमा सहयोग रहनु भएको छ ।’