विश्व शेर्पा मञ्च आधिकारीक दर्ता गर्ने निर्णय

ङावा पेम्बा शेर्पा

२०७५ जेष्ठ २९, मंगलबार


काठमाडौं (शेर्पाखबर) । विश्व शेर्पा मञ्चको पहिलो अनलाईन वैठक सम्पन्न भएको छ । विश्व शेर्पा सम्मेलनको समिक्षा र आर्थिक प्रतिवेदन पारित गर्दै वैठक सम्पन्न भएको हो । जुलाई ३ मा मञ्चका अध्यक्ष आङ दोर्जी लमा शेर्पाको अध्यक्षतामा बसेको अनलाईन बैठकमा कार्य समितिहरुले अनलाइनमा आफ्नो मत राखेका थिए । बैठकले ‘सम्मेलनको आर्थिक आय व्यय, संस्थाको विधान र लोगोलाई पुर्णता दिने तथा संस्थालाई आधिकारिक दर्ता लगायतको विषयमा छलफल भएको अध्यक्ष शेर्पाले जानकारी दिए । 
विश्व शेर्पा सम्मेलन भई मञ्च गठन भएपनि लामो समय औपचारिक अनौपचारिक वैठक वस्न समेत नसकेको भन्दै चौतर्फी आलोचना भएसँगै वैठक वसेको हो । बैठकले विभिन्न विषयमाथि निम्न निर्णयहरु गरे ।  

निर्णयहरु
प्रस्ताव नं. १ मा छलफल हुदा अध्यक्ष आङ दोर्जी लामा शेर्पाले २०१७ अक्टोबर ८-११ मा सम्पन्न प्रथम ग्लोवल शेर्पा कन्फरेन्सको आय व्ययको हिसाब पेश । आम्दानी तर्फ सहभागी शुल्क र सहयोग गरी ने रू.१६,६१,७६६/-, स्मारिका छपाई बाट खर्च कटाई खुद नाफा ने रू. ९५,०००/- र नेपालमा विभिन्न स्पोन्सरहरुबाट ने रू. ३,००,०००/- गरी जम्मा आम्दानी ने रु. २०,५६,७६६/- । 
खर्च तर्फ Radisson होटेलमा ४१५ pax @ २००० ले ने८३४ नेरु. ८,३४,९६७/-, शेर्पा गुम्बाको हल भाडा ३ दिनको नेरु. ७६,२००/-, शेर्पा गुम्बाको ३ दिनको चिया नास्ता बिहानको खान तथा बेलुकाको खान समेत गरी नेरु ४,९९,०००/-, र अन्य sound system, projector, खाताक, banner, cultural group, tokan of love to chief guest, staisnary, हल सफा आदि गरी नेरु १,५१,३२५/- गरी जम्मा खर्च नेरु १५,६१,४९२/- भई जम्मा बचत नेरु ४,९५,२७४/- । सो बचत मध्ये अध्यक्ष आङ दोर्जी लामा शेर्पासंग नगद नेरु ४,१५,२७४/- डोमा शेर्पा (पत्रकार) संग नेरु ५०,०००/- र उठ्न बाकी नेरु ३०,०००/- ।
प्रस्ताव नं. २ मा छलफल हुदा विश्व शेर्पा सम्मेलन २०१७ को निर्णय अनुसार सम्मेलनमा प्राप्त सुझाबहरुलाई समेटी कर्य्समितिले विधानलाई अन्तिम रूप दिने निर्णय भएको हुदा अब हुने कार्यसमितिको अर्को बैठकलमा विधानलाई अन्तिम रुप दिनको लागि एउटा उपसमिति बनाउने र सो उपसमितिले विधानको अन्तिम मस्यौदा तयार पारी कार्यसमितिबाट अनुमोदन गराउने ।
प्रस्ताव नं. ३ मा छलफल हुदा जम्बुलिङ शेर्वी छोक्पालाई आधिकारिक रुपमा दर्ता गर्नको निम्ती नेपालको सरकारी ऐन मुताबिक कानून विज्ञको सरसल्लाह लिने र गैर आवसीय नेपाली संघले अपनाएको प्रणाली कै मुताविक हुने वा अन्य विधि अपनाएर दर्ता गर्ने भन्नेबारेमा अगामी बैठकमा अन्तिम छलफल गर्ने ।
प्रस्ताव नं. ४ मा छलफल हुदा जम्बुलिङ शेर्वी छोक्पाको Logo, Letter Head र छाप तयार गर्न आवश्यक भएको हुदा आउँदो बैठकमा अन्तिमरूप दिने निर्णय गरियो । विश्व सम्मेलन २०१७ मा बनाइएको लोगो र महा सचिव पासाङ्गशेर्पाले सृजना गरेको लोगो (ङेसे) लाई मिलाई कार्यकारिणी सदस्यहरूको सामुराखिने र आउँदो बैठकमा अन्तिमरूप दिने ।
बिबिध ।
१) लेवी सङ्ग्रह गर्ने र संस्थाको कोष वृद्दि गर्ने विषयमा कोषाध्यक्ष, मिङमा शेर्पाले गत साल विश्व शेर्पा सम्मेलनमा  रु ५४,००० सङ्ग्रह भएको र त्यस रकमलाई नेपालको एक निजी बैङ्कमा सुरक्षित (Fixed Deposit) राखिएको, र अगामी दिनहरूमा अध्यक्ष र महासचिवको दिशा निर्देशमा कोषाध्यक्ष लगायत सह-कोषाध्यक्षहरू सँग सरसल्लाह गरेर लेवीसङ्ग्रहको लागी पहल गर्ने ।
२) विश्वका विभिन्न मुलुकहरूमा बसोबास गरिरहेको शेर्पा समुदाय भित्र देखिएको अनावाश्यक तडक-भडक र खर्चलाई घटाई मितव्ययिता अपनाउदै आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, सामाजिक प्रचलन र मूल्य मान्यताहरुको संरक्षण र संवर्धन गर्न र गराउन बिश्वको बिभिन्न शेर्पा संघ सस्थाहरुलाई अनुरोध गर्ने । 
३) विभिन्न संचार माध्यमद्वारा विश्व शेर्पा सम्मेलन र विश्व शेर्पा समुदायको पहलहरूलाई विश्वसामु राख्ने अहम भूमिकालाई कदर गर्दै वरिष्ट शेर्पा पत्रकार आङ छिरिङ शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको प्रवक्ता र डिजीटल संचार माध्यमबाट संसार भरिको शेर्पा समुदायलाई जोड़्दै विश्व सेर्पा सम्मेलन सफलता पूर्वक आयोजना गर्न सहयोग गर्नुहुने पेम्बा गेलु शेर्पालाई जम्बुलिङ शेर्वी छोक्पाको Media Coordinator को रूपमा मनोनयन ।
४) सन २०१८ सालमा सफलता पूर्वक सगरमाथा आरोहण गर्दै विभिन्न किर्तिमान कायम गर्नुहुने शेर्पा समुदायका विभिन्न व्यक्तित्वाहरू बधाई ज्ञापन गर्ने ।
५) जम्बुलिङ शेर्वी छोक्पाको कार्यसमिति ठुलो भएको र छोटो समयमा वैठक बसी निर्णयहरु गराउनको लागि एक सानो आकारको सचिवालय गठन ।
 

अनलाईन पोर्टलहरुको सहयोगमा

ङावा पेम्बा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho