गगन प्रधानसँग जोडिइन दाबुटी शेर्पा 

पेम्बा शेर्पा 

२०७५ जेष्ठ २८, सोमबार



काठमाडौं । नेपाली कफीका पारखीले नभुल्ने नाम हो–गगन प्रधान । आज जसरी कफी नेपालमा पिय पर्दाथको रुपमा प्रसिद्ध छ, यो सबै श्रेय उनै गगन प्रधानलाई जान्छ । गगन प्रधानले कफी कल्चर नभित्र्याएको भए सायदै आज कफी अहिलेको जस्तो प्रसिद्ध हुनेथियो ।
अब, गगन प्रधानसँग जोडिने नाम भएको छ–दाबुटी शेर्पा । जसरी अब गगनको नामलाई कफीसँग जोडेर हेरिन्छ, त्यसैगरी दाबुटीको नाम जाडिनेछ । कफीको पिउने कला गगनले भित्र्याए भने दाबुटीले कफीलाई सगरमाथाको चुचुरोसम्म लगेर प्रर्वद्धनको काम गरिन् ।
दाबुटीले पहिलो पटक सगरमाथाको चुचुरोमा लगेर कफी बनाएर खुवाइन् । उनले कफीलाई प्रर्वद्धनको लागि भन्दै यसो गरेकी थिईन ।
मे १४ को दिन सगरमाथाको चुचुरो चुमेर दाबुटीले कफीको प्रर्वद्धन गरेकी थिईन ।
नेपाली कफीको पर्वधन र प्रचार अभियान सहित दोलखाको सिमी गाउँमा जन्मेकी दाबुटीले हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख भन्ने मुल नाराका साथ दाबुटी सगरमाथा पुगेकी थिईन ।
दाबुटी पेशाले वारिष्ट हुन् । बौद्धस्थिती मितिनी क्याफे सञ्चालन गरेर कफीको व्यवसाय तथा बजार प्रर्वद्धन गर्दै आएकी छिन् । युवाहरुमा कफी कल्चर भित्र्याउन समेत भूमिका खेलेकी दाबुटीको सगरमाथा आरोहणले कफी प्रर्वद्धनमा थप टेवा पुग्ने अनुमान गरिएको छ । 
 

पेम्बा शेर्पा का अन्य लेख तथा रचनाहरु