सगरमाथा आरोहणपछि ‘अमेरिका’ पलायन !

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ २८, सोमबार


आरोही दाबुटी शेर्पा सम्मानित

 


काठमाडौं (शेर्पाखबर) । कीर्तिमानी आरोहीहरुलाई देशमै सम्मान र संरक्षण गर्न नसकेको भन्दै आरोहीहरुले दुःख व्यक्त गरेका छन् । पहिलो बारिष्ठ आरोही दाबुटी शेर्पाको सम्मानमा राजधानीमा आयोजित कार्यक्रममा आरोहीले ‘राज्यले आरोहीहरुको सम्मान गर्न नसकेको’ भन्दै दुःख व्यक्त गरे । 
सगरमाथा आरोहण गरेर कीर्तिमानी हासिल गरेकाहरुको उचित व्यवस्थापन र सम्मान नहुँदा उनीहरु विदेशीन वाध्य भएको जनाउँदै आरोही ङिमी शेर्पाले भनिन् ‘विश्व कीर्तिमानीहरुप्रति राज्यको कुनै चासो छैन । फलतः तेन्जीङ नोर्गे, आप्पा, लाक्पा शेर्पाहरु कोही भारतीय त कोही अमेरिकान नागरिकता लिएर उतै बस्ने बाध्य भएका छन् ।’ राज्यले सम्मान र उचित व्यवस्थापन गर्न सकेमा त्यस्ता कीर्तिमानीहरुलाई मुलुकभित्रै अटाउन सकिने उनको धारण थियो । 
त्यस्तै, यस बर्षको वसन्तकालिन समयमा ‘महिला आत्मनिर्भरता’ नारासहित सगरमाथाको सफल आरोहण गरेकी पासाङ ल्हामु शेर्पाले पूर्खाहरुलाई यही देशमा सम्मानजनक अवस्थामा राख्न नसक्दा नयाँ पीँढी (आफूहरु) लाई समेत समस्या भएको बताए । सगरमाथा आरोहणपछि प्रमाण पत्र लिएर विदेशीने गरेको तथ्यलाई समाजमा नकारात्मक सूचना प्रवाह भैरहेको जनाउँदै आरोही पासाङ ल्हमुले भनिन् ‘हामीलाई सगरमाथा आरोहण गर्न जति कठिन भएको थियो, त्यतिकै चुनौती अभियान शुरुवातका लागि सहयोग संकलन गर्ने क्रममा पनि भयो ।’ धेरैले ‘सगरमाथा चढेर प्रमाण पत्र लिने अनि अमेरिका जाने नै त होला नी ?’ भनेर प्रश्न चिन्ह खडा गर्ने गरेको भन्दै गुनासो गरे । 
नेपालको आर्थिक समृद्धी र पर्यटन प्रबद्र्धनका लागि आफ्नो ज्यान बाजी राखेर आरोहण गरेर फर्किएपनि राज्यले कुनै चासो नदिएको भन्दै उनीले दुखेसो पोखिन् । उनले अघि थपे ‘मृत्युलाई अगाडी राखेर हामी आरोहण सफल बनाएर आएका छौं । यसबाट राष्ट्रिय गौरब बढेको छ । तर, राज्यको हामी प्रति कुनै चासो नै छैन ।’
आरोहीहरुको जीवन सुरक्षा र भविष्य सुनिश्चित गर्ने खाले राज्यले कार्यक्रम ल्याउन नसक्दा यो पेशाबाट पलायन हुने क्रम बढेको नेपाल पर्वतारोहण संघका पूर्व कोषाध्यक्ष आङ काजी शेर्पाले बताए । ‘आरोहणलाई पेशगत रुपमा अघि बढाउन समस्या देखिन्छ । अब राज्यले खास नीति बनाएर आरोहीहरुको अभिलेखिकरण र दस्तावेजिकरणका लागि ध्यान दिनुपर्छ ।’ उनले अघि थपे ‘हामीले हाम्रा सम्पती (आरोही) हरुलाई रोक्न सकेका छैनौं । यसो दुःखद पाटो हो ।’

हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख” भन्ने आदर्शका साथ नेपाली कफीको प्रबद्र्धन गर्ने हेतुले दोलखाकी दाबुटी शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण सफल भएको बारे जानकारी दिने र सहयोगीलाई धन्यवाद ज्ञापन गर्न राजधानीको होटल अन्नपूर्ण आयोजित कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा, पूर्व पर्यटन मन्त्री अनन्दप्रसाद पोखरेल लगायतको उपस्थिती रहेको थियो । कफी उत्पादक कम्पनीहरुको प्रयोजनमा रेड चेरीले कार्यक्रमको व्यवस्थापन गरेको आरोहण सफल पार्न महत्वपूर्ण भूमिका खेलेका क्लाईमिङ शेर्पा पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए । कार्यक्रममा दाबुटी शेर्पामाथि निर्माण गरेको वृत्तचित्र समेत प्रदर्शन गरे । कार्यक्रममा आरोहण अभियान सफल पार्न भूमिका निर्वाह गर्ने पायोनियर ट्रेकिङका पासाङ शेर्पा लगायतलाई खादा लगाई सम्मान गरेका थिए ।  
 

केही तस्वीरहरु ङिमा तेण्डी शेर्पाको फेसबुकबाट

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho