शैक्षिक जागरणमा ओखलढुंगाका नेता

शेर्पाखबर 

२०७५ जेष्ठ २८, सोमबार



काठमाडौं । ओखलढुंगा जिल्लामा ‘शैक्षिक जागरण अभियान’ शुरु गरिएको छछ । ओखलढुंगा जिल्ला, नेपाली कांग्रेसका दर्जन बढी नेतालहरुले जिल्लाभित्रका विद्यालयमा अभियान थालेका हुन् ।
‘आजका विद्यार्थी भोलिका राष्ट्रको सचिव’ भन्ने नारा सहित शिक्षा सुधार गर्न थालिएको अभियान अन्र्तगत विद्यालयमा पुगेर पुस्तकलय स्थापना, प्रोजेक्टर, आवश्यक शैक्षिक सामग्री उपलब्ध तथा गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृतीको व्यवस्था लगायतका कार्य गर्दै आएको अभियानमा सक्रिय नेता लिलाबल्लभ दाहाल (काका)ले जानकारी दिए । दाहालका अनुसार समाज रुपान्तरण र विकासका लागि विपन्न वर्गमा शैक्षिक जागरण  गराउने उद्देश्यले जिल्लाको शैक्षिक विकासमा सहयोग गर्न अभियान थालिएको हो ।
अघिल्लो हप्ता जिल्लाको नारायणस्थान मावि, असिनेबाट थालिएको अभियान कार्यक्रम सुनकोशी गाउँपालिकाको बल्खुसम्म पुगेको छ ।
अभियानमा जिल्लाका नेता बालकृष्ण दाहाल, कुमार लुइटेल, लिलाबल्दव दाहाल (काका), ठाकुर प्रसाद गैरे, विद्यार्थी नेता सुरेश ढुंगेल, उज्जन बुढाथोकी लगायतका नेता सक्रिय रुपमा लागेका छन् ।