खानेपानी मन्त्री मगर भन्छिन् ‘सगरमाथा क्षेत्र सफा गर्छौं ।’ 

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ २७, आईतबार


काठमाडौं (शेर्पाखबर) । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सगरमाथाको फोहोर सफाई अभियानमा जुट्ने उद्घोष् गरे । मगर समुदायको कान्छा सगरमाथा आरोही नर्विन मगरको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीले पर्वतीय पर्यटन र पर्वतारोहीहरुको समस्यामा सरकार गम्भिर रहेको बताए ।
सगरमाथा चढ्नु ‘असाधारण कार्य’ भएको उल्लेख गर्दै आरोहीहरुका लागि सरकारसँग ठोस नीति, योजना तथा कार्यक्रम नहुँदा समानुपातिक र समावेशी रुपमा सेवा सुविधा बाँडफाँड हुन नसकेको मन्त्री मगरको भनाई छ । मुलुकको आर्थिक स्रोत पर्यटन र रेमिटेन्स नै भएको उल्लेख गर्दै मन्त्री मगरले यसको भरपूर सदुपयोग तथा हिमाली क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधानका लागि सरकार गम्भिर रहेको सो अवसरमा प्रष्ट पारे । 
‘हामीसँग यत्तिधेरै हिमश्रृंखलाहरु छ’ उनीले भने ‘माउन्टेन हबको रुपमा नेपाललाई विकास गर्न सक्छौं । तर, त्यसका लागि हामीले देखेको सम्बृद्धि, व्यवस्थापन र योजना निर्माण गर्न सकिरहेका छैनौं । अहिलेको सरकार यसतर्फ गम्भिर भएर लाग्नुपर्ने आवश्यकता छ ।’ सगरमाथा क्षेत्रमा फोहोरको डंगुर बढेको तर्फ चिन्ता व्यक्त गर्दै मन्त्री मगरले ‘सगरमाथाको सफाई अभियान राज्यस्तरबाट सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त’ गरे ।
राजनीतिक अस्थिरता, उत्तारचढावहरुको सामना गर्दै अहिले स्थिर सरकार निर्माण भएको र यसको मुख्य लक्ष्य सम्बृद्ध नेपाल, सुखी नेपाली अनि विकसित देश निर्माण गर्नु रहेकोले अब सबैखाले समस्याहरुको पहिचान गरेर समाधान खोजिने उनको कथन छ । मन्त्री मगरले पहिचान र आत्म सम्मान हुने अवस्था सिर्जना गर्दै युवाहरु विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमासमेत जोड दिए ।
नर्विनले पर्वतीय पर्यटन र पर्वतारोहीहरुको समस्यालाई ध्यानमा राखेर फाउण्डेसन स्थापना गर्ने घोषणा गर्नु अत्यान्तै राम्रो कुरा भएको बताउँदै मन्त्री मगरले थपे ‘उहाँलाई अग्रिम बधाई छ । उहाँको यो अभियानलाई सफल पार्नका लागि सबैबाट सक्दो सहयोगको जरुरी छ । म पनि आफ्नो तर्फबाट उहाँलाई सहयोग गर्ने प्रतिबद्धता जनाउछु ।’

आरोही नर्विन मगरले विभिन्न खालका समस्याहरुको बाबजुद पनि सगरमाथा चुम्न सफल भएको बताउँदै आगामी दिनमा समाजसेवामा लाग्ने जानकारी दिए  । सगरमाथा चढ्दैगर्दा थुप्रैखालका समस्याहरु आफुले देखेभोगेको भन्दै उनले त्यो क्षेत्रको मुख्य समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनका साथै आरोही, शेर्पा र उनीहरुको परिवारको पीडामा साथसहयोग गर्नका लागि सगरमाथा आरोही नर्विन मगर फाउण्डेसन स्थापना गर्ने घोषणा गरे । 
कार्यक्रममा पूर्वमन्त्री बालाराम घर्तीमगरले मगर समुदायबाट सबैभन्दा कम उमेरमा सगरमाथा चढेर नयाँ कीर्तिमान कायम गरेकोमा आरोहीलाई सफलताको शुभकामना दिए । सगरमाथा चढेर विदेशिनु राम्रो नभएको उल्लेख गर्दै उनले नर्विन जस्ता साहासी र प्रतिभाशाली युवाहरुले नेपालमै केही नयाँ काम गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
आरोहण अभियान समितिका संयोजक तथा समाजसेवी गंगाबहादुर थापामगरले नर्विन मगरले सगरमाथा चढेर मगर समुदायको लागि मात्रै नभएर सिंगो मुलुककै लागि उदाहरणीय पात्रको रुपमा आफुलाई उभ्याउन सफल भएको बताए । ‘नर्विन मगरले मगर समुदायको कान्छा आरोही त हुँदै हो’ उनले भने ‘त्यत्तिमात्रै नभएर उहाँ सिंगो मुलुककै लागि एक उदाहरणीय पात्र बन्न सफल हुनुभएको छ । छोटो समयसिमा भएपनि समितिमार्फत केही अभियान गरियो र सबैले आआफ्नो ठाउँबाट साथ सहयोग दिए । सबै सबै सहयोगीहरुप्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छौं ।’
किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले इच्छाशक्ति भए जस्तो सुकै परिस्थितिलाई पनि चिरेर सफलता आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कुरा नर्विनको सगरमाथा आरोहणबाट प्रमाणित भएको उल्लेख गर्दै अध्यक्ष खालिङले सुरक्षित भविष्यको लागि हिमाल बचाउँ भन्ने नारा सार्थक तुल्याउन आगामी दिनमा संस्थागत रुपम अघि बढ्नुपर्ने सुझाव दिए ।  
शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङले आरोही नर्विन मगरले अनेकन चुनौतिहरुलाई अवसरमा बदलेर सगरमाथाको शिखर चुमेको भन्दै बधाई दिए 
नर्विनसँगै सगरमाथाको सफल आरोहण गर्नुभएकी आरोही छोकी शेर्पाले सगरमाथा क्षेत्रमा फोहोरको समस्या दिनप्रतिदिन डरलाग्दो बन्दै गइरहेको भन्दै राज्यले यस विषयलाई विशेष चासोका साथ हेर्नुपर्ने बताए । आरोहीहरुको समस्यामा राज्य पक्ष गम्भिर हुनुपर्नेमा उनको जोड रहेको थियो । 
यसैबीच, मन्त्री मगरले गायिका विमला मगरको दुई दिनको जिन्दगी बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको छ । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho