‘किक बक्सिङ’का उदाउँदो प्रतिभा

कुम्भराज राई

२०७५ जेष्ठ २७, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । उनी करातेका ‘वान डान’ प्राप्त खेलाडी हुन् । केही समयदेखि ‘अल मार्सल आर्ट एकेडेमी’ चितवनमा प्रशिक्षकको काम गर्दै आएका थिए । उनले ‘वल्र्ड किक बक्सिङ’ नेपालका प्रमूख सुदन लामाबाट थाइल्यान्डको बैंककमा एशियन च्याम्पियनसिप प्रतियोगिता हुने खबर थाहा पाए । त्यसपछि छ महिनाजति प्रशिक्षण लिए । अभ्यास गरे । 
फलस्वरुप गत मार्च १२ देखि २२ सम्म बैंककमा भएको ‘वल्र्ड किक बक्सिङ’ एशियन च्याम्पियनसिपमा रजत पदक प्राप्त गरे । शुरुमा न्यूजिल्यान्ड र रसियाका खेलाडीलाई हराएका उनले फाइनलमा न्युजिल्यान्डकै अर्का खेलाडीसँग पराजय व्यहोर्नुप¥यो । उनी अर्थात यस्ता प्रतिभावान खेलाडी हुन् यहाँको मानेभन्ज्याङ गाउँपालिका ८, रागापुर छापगाउँका दलबहादुर घले ।
वल्र्ड किक बक्सिङ खेल नेपालको लागि नयाँ छ । भर्खरै मात्र केही नेपाली खेलाडीहरु यो खेलमा आकर्षित भईरहेका छन् । त्यसैभित्रका उदाउँदो प्रतिभाको रुपमा दलबहादुरलाई लिन सकिन्छ । ५६ देश सहभागी भएको एशियन च्याम्पियनसिपमा उनले प्राप्त गरेको रजत पदकले यसलाई पुष्टि गरिसकेको छ ।
तीन बहिनी एक भाई मध्येको जेठो छोरो दलबहादुरलाई सानैदेखि खेलकुदमा रुची थियो । २०६७ सालमा एसएलसी पास गरेपछि उनी खेलक्षेत्रमा प्रवेश गरे । प्लस टु सम्म उनले औपचारिक अध्ययन गरेका छन् । जिल्ला खेलकुद विकास समिति ओखलढुंगामा ‘इन्डो नेपाल मईथाई’ नाम गरेको कराते खेल दर्ता गरेका छन् । त्यसलाई स्थापना गरि सञ्चालनमा ल्याउने उनको सोच छ ।
उनलाई दुःख लागेको विषय चाँही त्यत्रो अन्तराष्ट्रियस्तरको उपाधि लिएर आउँदा पनि उनलाई सरकारले धन्यवाद सम्म दिएन । वल्र्ड किक बक्सिङ नेपालले २० हजार सहयोग गरेको बाहेक आफ्नै खर्चमा नेपालको प्रतिनिधित्व गरे । ‘बरु मलाई जिल्लाले अलिकति सम्झेर सम्मान गर्ने काम ग¥यो ।’ दलबहादुरले भने, ‘तर केन्द्रले खासै वास्ता गर्ने काम गरेन ।’
हालैमात्र उनलाई जिल्ला खेलकुद विकास समितिले नगद ५ हजार सहित सम्मान ग¥यो । मुलखर्क युवा क्लबले सम्मान ग¥यो । राज्यले सहयोग गरेमा अझै यस्ता उपाधि दिलाउन सक्नेमा उनी ढुक्क छन् । तर, बिहान बेलुकीको छाक टार्नैका लागि खेलमा मात्र लागेर नहुने हो कि भन्ने चिन्ता उनमा छ । त्यसैले हिजोआज दलबहादुर लोकसेवा आयोगका लागि खरिदार पदको तयारीमा जुटेका छन् । 
उनलाई सरकारले सहयोग मात्र गर्ने हो भने देशलाई चिनाउन सक्ने खुबी उनमा छ । ‘गर्न सक्छु भन्ने हिम्मत मनमा छ । तर अघि बढ्ने बाटोहरु प्रशस्त छैनन् ।’ उनले भने, ‘एक्लैले केही गरिहाल्न सक्दिन । तर आफूले नसकेपनि अरु खेलाडीहरु जन्माउने रहर छ ।’ 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho