पर्यटन व्यवसायी, मजदुर र पत्रकारलाई सँगै बढाउने माध्यम टिएमसीः अध्यक्ष शेर्पा

सार्की शेर्पा

२०७५ जेष्ठ २३, बुधबार


नेपाल पर्वतीय पर्यटनको दृष्टिले अति नै संभावना बोकेको मुलुक हो । यहाँका प्राकृतिक जटाहरु, सांस्कृतिक सम्पदा लगायत अनेकौं अमूल्य निधीहरुलाई विश्वव्यापिकरण गर्दै आर्थिक रुपमा राष्ट्रलाई समृद्ध बनाउनका लागि पर्यटन व्यवसायी, पथप्रदर्शक, पर्यटन पत्रकार, पर्यटन मजदुर, पर्वतारोहीहरुको सामुहिक प्रयास जरुरी रहेकाले टुरिजम मिडिया क्लव स्थापना गरिएको हो ।  
राष्ट्रिय पहिचानको रुपमा रहेको पर्यटनलाई प्रवद्र्धनात्मक रुपमा अघि बढाउने, रितीथिती, संस्कृती, कला, भाषा लगायतको सम्बद्र्धनको माध्यमबाट गौरवपूर्ण इतिहास कायम गर्दै, ऐतिहासिक कला, सांस्कृतिक विविधता, जातीय, बहुल धार्मिक अवस्थालाई प्रचरात्मक रुपमा विश्वसामु चिनाउन क्वलले भूमिका निर्वाह गर्न सक्दछ भन्ने विश्वास लिइएको छ 
पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अंगहरुः
– पर्यटन व्यवसायी, पर्यटन पत्रकार, आरोही, पथ प्रदर्शक, पर्यटन मजदुर समेतको एकिकृत प्रयासबाट पर्यटन विकास र संरचनागत स्थायितत्वका लागि कार्य गर्ने । 
– नयाँ पथमार्ग र गन्तव्य पहिल्याउने । पर्वतारोहण अभियान र दलका रुपमा अभियान सञ्चालन गर्ने । 
– पर्वतारोहणको माध्यमबाट विश्वकिर्तिमान कायम गरी पर्यटन प्रबद्र्धनका क्षेत्रमा टेवा पुर्याउने । 
पर्यटन सूचना केन्द्र, अध्ययन केन्द्रहरु स्थापना गरी सञ्चालन गर्ने । 
– पथ प्रदर्शन, पर्वतारोहण, पर्यटन पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पुर्याएका व्यक्तिका सन्तनीहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति र प्रोत्साहनको व्यवस्था गर्ने । 
–  आर्थिक समृद्धी र महोत्सव जन्य कार्यक्रमहरु आयोजना गरी पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने ।
– जलवायू परिवर्तन, कार्वान उत्सर्जन र यससँग सम्वधित् विश्वव्यापी मान्यताहरुको अधिनमा रही तत्सँग सम्वन्धि कार्यक्रम बनाई लागू गर्ने । 
– पर्यटन शिक्षा, विद्यालय, उच्च शिक्षालयको स्थापनामा पहल र सहयोग गर्ने लगायतका उद्देश्य रहेका छन् । 
संस्थाले आफ्नो उद्देश्य पूर्तिमा अघि बढ्ने क्रममा यस संस्थाका कोषाध्यक्ष समेत  रहनु भएकी दिकी शेर्पालाई सगरमाथा आरोहण गराउने अभियान सञ्चालन गर्यो । दिकी शेर्पा मात्रै हैन पर्वतारोहण क्षेत्र लाग्न चाहने युवाहरुलाई प्रोत्साहन गर्ने र अभियानहरु सञ्चालन गर्न हामी सदैव तयार रहेको यहाँहरु माझ अवगत गराउन चाहन्छु । 
अध्यक्ष, पर्यटन सञ्चार क्लब (टिएमसी) ।
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho