ॐमणि पद्ये हुँ र ॐअमिदेव ह्री मन्त्र जप गर्दाको फाइदाहरु

शेर्पाखबर

२०७५ जेष्ठ १९, शनिबार


अवलोकेश्वर मन्त्र जप गरेको फाइदा ॐमणि पद्ये हुँ
 अविद्या, रिस, घपण्ड, राग र इष्र्या यी पाँच प्रकारका अवरणहरुबाट मुक्त हुन्छ । काय वाक चित्तका ज्ञान आवरणहरु पनि कट्ने छ । अरु पनि नरक प्रेत पशु मानव दो र असुर लोकमा जन्म लिने बाट मुक्त गराउँछ । साथै भूमि, पानी, आगो, हुरीबतासबाट हुने त्रासहरु हटीन्छ । त्यसै गरी देवदेवी, नाग, भूत, प्रेत, राक्षस । यमराजको दुःख र बाधाबाट छुट्कारा भई आयुको सिद्धि प्राप्त हुन्छ ।रोग, अनिकाल र झैँझगडा त्यसैगरी विभिन्न कारणले अश्चिीतकालमा मर्ने जस्ता अवस्थाबाट मुक्त हुन्छ ।
 बज्रयानका नियम विपरीत गएको पापहरु हटेर मनमा करुणा र दया माया पूर्ण भई चित्तोत्पाद भएर शुन्यताको ज्ञानमा परिणत हुने शुभ अवसर पाउनेछ । छोटकरीमा भन्नुपर्दा अवलोकेश्वरलाई सदा प्रणाम गरेमा यसबाट मनका दुई क्लेश आवरण शुद्ध भई दश भूमि र पञ्च मार्ग पार गरी अवलोकेश्वर भुवनमा अवलोकेश्वरसंग परिणत भई बुद्धत्व प्राप्त हुने शुभ अवसर पाउने छ ।
अवलोकेश्वरको विभिन्न रुपशरु मध्ये एक प्रकारको अवलोकेश्वर यसप्रकारका छन् । एक मुख चार पाणी सेतो वर्ण र शरीरमा पंच रंगको वस्त्रले अलंकृत गरेको चार हात मध्ये दुई हात बिचमा जोडेको अर्को दायाँ हातमा सेतो रत्नको माला बायाँ हातमा कमलको फूल समातेर पद्य र चन्द्रको आशनमा विराजमान गर्नु भएको छ । कुनै अवलोकेश्वर एक मुख, दुई हात भएको पनि छन् । देवलोकको अवलोकेश्वर सेतो वर्ण भएको पनि छन् । देवलोकको अवलोकेश्वर सेतो वर्ण भएको एक मुख चार हात मध्ये पहिलो दुई हात चित्तको छेउमा जोडेको बाँकी दुई हातले टुङन बजाइ पद्य चन्द्रको आशन माथी बज्र पलेटीमारी बस्नुभएको । वहाँको मन्त्र ॐ स्वाहाः हुन् । असूरको अवलोकेश्वर  हरियो शरीर, एक मुख, चार हात मध्ये पहिलो दुई हात बिचमा जोडेको दोश्रो दायाँ हातमा गोक्ष (कवच) र वायाँहातमा हतियार बोकी पद्य र चन्द्रको आशनमाथि बज्र पलेटीमा विराजमान हुनुभएको छ ।मन्त्र ॐ म स्वाहा ः हुन् ।मनुष्यको अवलोकेश्वर रंगी बिरंगी वर्णमा एक मुख चार हात मध्ये पहिलो दुई हात विचमा जोडेको दोश्रो दुई हात मध्ये दायाँमा माला र वायाँमा फुल समातेर पद्य र चन्द्रको आशनमा बस्नु भएको छ । मन्त्र ॐ णि स्वाहाः हुन् । (तिर्यक) पशुलोकको अवलोकेश्वर धुवाँको रंगमा शरीर, एक मुख, चार हातमध्ये पहिलो दुई हात संगै जोडिएको पछिको दुई मध्ये दायाँमा पुस्तक र वायाँमा फुल समाति पद्य र चन्द्रमाथि बज्र पलेटीमारी बस्नु भएको छ । मन्त्र ॐ पद स्वाहा ः हुन् । प्रेतलोकको अवलोकेश्वर रातो शरीर भएको एक मुख चार हात पहिलो दुई हात विचमा जोडेको पछिको दुई मध्ये दायाँमा डोम्फु (पत्र) र वायाँ हातमा फुल समातेर कमल र चन्द्रको आशनमा बस्नु भएको छ । मन्त्र ॐ मे स्वाहा ःहुन् । नरकको अवलोकेश्वर कालो रुप, एक मुख, चार हात मध्ये पहिलो दुई हात चित्ताको सामुन्ने जोडेको पछिको दुई मध्ये दायाँमा आगो र बायाँ हातमा पानी भएको र पद्य र चन्द्र माथि बज्र आशन गरि बस्नु भएको छ मन्त्र ॐ हुँ स्वाहा ः हुन् । यो नम्क्षोको निधि अनुसार महा करुणीको जपमा बताएको छ । अरु पनि जम्मा ११ वटा मुख र हजार वटा हात भएको अवलोकेश्वरको रुप पनि छ । ११ मुख चाहिं १० भूमि पार गरि ११ औं बुद्ध भूमिमा बस्नु भएको नमूना हो । हात एक हजार भएको चाहिं पृथ्वी लोकमा हजार चोटी धर्म राजको रुपमा जन्म लिएर प्राणीको हित गर्ने नमूना हो । हजार हातमा एक एक वटा चक्क्षु भएको चाहिं लोकमा हजार पटक बुद्ध भई जन्म लिएर प्राणीको कल्याण गर्ने हुन् ।त्यस कारण वहांलाई ध्यान गरि श्रद्धा भक्त शुद्ध मनले ॐ मनि पद्ये हुँ भनि लाखौँ पटक मन्त्राजप गरेमा त्यसको गुण र फल यति हो भनि अक्षरमा उतार्न सक्दैन । 


अमिदेव बुद्धको मन्त्र जप गरेको फाइदा ॐअमिदेव ह्री ः
जसको नाम सम्झिनाले भव संसारको सेना दुःख) नाश हुन्छ । त्यस्ता सुखावती बुद्ध लोकका नाथ अमिताभ र करौडौं बोधिसत्व तथा श्रावकगणलाई आदरपूर्वक बन्दना गर्छु बोधि प्राप्ति नहुञ्जेलसम्म रक्षा गर्नुहोस् । यसरी उत्तम क्षेत्रमा साच्चिकै श्रद्धाको फूल चढाएको पूजा गर्दछु र पहिलेका आर्यहरुको (सद्पुरुष) को अनुसरण गरी सुखावती बुद्धलोक र अमिदेव मन्त्र जपको प्रशंसा संक्षेपमा चर्चा गर्दछु । सम्पूर्ण बुद्ध र बोधिसत्वहरुको आउने एउछै स्रोत हो धर्मकार्य अमिताभ बुद्ध उहाँको नाम प्रसिद्ध छ । अहिलेको शाक्यमुनि बुद्धको अनुसार उहाँ भन्दा दश कल्प अगाडि नै अमिताभ बुद्ध भई सक्नुु भएको हो र सुखावतीभुवनमा उत्तराधिकारीको रुपमा आर्यअवलोकितेश्वरलाई राखेर फेरि अन्यत्र बुद्धको लीला देखाउनु भयो भनिएकोछ, यो चाहि केवल शिष्यहरुको देखाइमा मात्र हो । परमार्थ बुद्धमा यो अमिताभ बुद्ध नै अनादिकालदेखि बोध प्राप्त गरेका आदिनाथ (बुद्ध) समन्त भद्रको धर्मकाय भन्दा अभिन्न अवस्थामा रहेर पनि अराधारण शिष्यहरुको अगाडि निर्माकार्यको रुपमा प्राणीहरुको हित गरिरहनु भएको छ । विशेषगरी उहाँको दायाँ हातबाट महाकरुणामय लोकेश्वर, बायाँ हागबाट आर्य तारा, हृदयबाट गुरु पद्म सम्भव निस्कनु भएको हो । त्यस्तै अरु पनि काय, वाक र चित्तका निर्माणकायहरुबाट अरु अरु निर्माणकायहरु अचिंत्य निकालेर प्राणीहरुको हित गरि रहनु हुने छ भन्ने कुरा विभिन्न सूत्र र तन्त्र वर्गहरुमा उल्लेख छ । 
    नाथ अमिताभ वा अमितायुस् बुद्धको नाम मात्र पनि कसैले धारणा गर्छ भने बेलामा तथागत बुद्ध) र भिक्षुहरु प्रत्यक्ष रुपमा दर्शन पाएर सुखावतीमा जन्म हुन्छ । डमरुराज धारणीमा – यहाँदेखि पश्चिम दिशामा सुखावती नामक भुवन छ, त्यहाँ एक सम्यक सम्बुद्ध रहनु हुन्छ, तथागत अमितायुस् उहाँको नाम हो, जसले उहाँको नाम धारण गर्छ त्यो त्यहाँ जन्मछ, मर्ने बेलामा बुद्ध र भिक्षु गणको दर्शज पाइन्छ भनि बताइएको छ । सुखावती बुद्ध क्षेत्र पनि अन्य बुद्ध क्षेत्रभन्दा विशेषताको छ । किनकि सुखावतीमा क्लेशयुक्त सामान्य पृथक्जन (व्यक्ति) पनि जन्मन सक्छ । त्यहाँ जन्मेपछि आफूले चाहेको कुरा सोच्ने बित्तिकै पूरा हुन्छ । क्लेश र आवरणहरुले सूक्ष्मरुपमा पनि मैलो लगाउन सक्तैनन् । अरु बुद्ध क्षेत्रहरु जुनमा चाहेपनि जान सकिन्छ । अरु बुद्ध क्षेत्र भन्दा पनि त्यहाँ चाडै नै बुद्ध हुन सक्ने जस्ता अनगिन्ति विशेष गुणहरु भएकाले यो बुद्ध क्षेत्र अरु भन्दा विशेषताको छ । त्यसै गरी आर्य अमिताभ ब्यूह सूत्रमा अमिताभ बुद्धको नाम सुनेर उहाँको लोक सुखावती जन्ममा पाउँ भन्ने प्रणधान (प्राथना) गर्दे कुशल कर्महरु गरेमा पाँच अनन्तर्यहरु (बाबु मार्ने, आमा मार्ने, अर्हत मार्ने, बौद्ध संघ फुटाउने र बुद्धलाई चोट लगाउने कामहरु) गरेको र महायान बौद्ध धर्म त्यागेका व्यक्तिहरु बाहेक अन्य जस्तो सुकै ठूलो पाप गरेको व्यक्ति पनि अमिताभ बुद्धको प्रणिधानको बलले गर्दा त्यहाँ जन्मन सक्छ । विशेष गरी गृह्य मन्त्र ब्रजयान परम्परा अनुसार अमिताभ बुद्धको अभिषेक पाएपछि वहाँको धारणी मन्त्रको अभ्यास गरेमा त्यसको फाइदाको बयान गरी साध्य छैन । धारणी मन्त्र पनि लामो, मध्यम र छोटो आदि छन् । त्यसमध्ये त्यहाँ ॐअमिदेव ही ः नामक षडक्षरी (मध्यम) धारणी धेरै नै गम्भीर छ । यो मन्त्र एकपटक मात्र पाठ गरेमा पनि धेरै कल्प सम्म जम्मा भएको कर्मको आवरणहरु सफा हुन्छन् । धेरै कल्पसम्म श्रावक, अर्हतहरुलाई नाना रत्नहरुले पूजा गरेको भन्दा पनि यो धारणी मन्त्र एक पटक  पाठ गरेको फाइदा बढी हुन्छ । अझ दृढ विश्वास सहितको श्रद्धार विशुद्ध समय (दम्छिग) सहित सधै जप्ने प्रयास गरेमा यो जीवनमा रोग र दोषहरु शान्त हुन्छन् । आयु लामो हुन्छ । श्री सम्पत्ति, पुण्य र ज्ञान बढ्छन् । देव, दानव र मनुष्यलाई आफ्नो बसमा लिन सकिन्छ । मार शुत्र र विध्नहरुलाई स्वाभाविक रुपमै दमन (स्वतः) गर्न सकिन्छ । चार महाभूतको अन्त्य (पृथ्वी, जल, अग्नी र वायु), मांसाहारी जन्तुहरुको भय, विषालु सर्पको भय र अकाल मृत्युको भय हँुदैन । त्यस्तै मृतक र अन्तराभवमा रहेका प्राणीहरुलाई शरण दिन सक्ने जस्ता आफू र अरुलाई फाइदा हुने काम सजिलै सँग गर्न सकिन्छ । उत्पत्तिक्रम र सम्पन्नक्रम सहित (भावना) अभ्यास गरेमा दश अकुशल कर्महरु तथा पाँच अनन्तर्य पापपनि विशुद्ध भएर मृत्यु बेलामा अमिताभ बुद्ध आदि तथागतहरुको प्रत्यक्ष दर्शन गर्न पाइन्छ । अन्तराभाा (ब्हर्दो) को दुःख बाट मुक्त भएर सुखावतीमा जन्मने बित्तिकै पद्म फूलको (सुनेर) चाडै नै बुद्धत्व प्राप्त हुने जस्ता अचिन्त्य फाइदा हुन्छन् । तसर्थ सुखावतीभुवनमा जन्मने अनुत्तर (उत्तम)उपाय भएका यो धारणी मन्त्रको प्रयत्न पूर्वक पाठक गर्दा यसको ठूलो महत्व छ । त्यो बुद्ध भुवनमा जन्मेपछि फेरी संसारमा फर्कनु पर्देन । त्यहाँ जन्म, मृत्यु जरा र व्याधी रुपी दुःखको नामसम्म पनि हँुदैन । पुण्य र ज्ञान संभार पूरा गर्नको लागि विघ्न बाधा नभएको सीधा मार्ग हो भनी बताइएको छ । राम्रो धर्म अभ्यास गर्ने साधक भए पनि त्यहाँ जन्मने प्रणिधान गरेको छैन भने त्यहाँ जन्मने निश्चित  छैन भनि बताइएको छ । हामीले सधै शंका, दोमन, अल्छी नगरी, पाप त्याग्ने र ग्रहण गर्ने कुरा निश्चित गरी धैर्यतापूर्वक सुखावती व्यूह (बुद्धलोक), अमिताभ बुद्ध र उहाँको धारणी मन्त्रको फाइदा बुझेर आफू र अरु सम्पूर्ण प्राणीहरुको हितका लागि सुखावतीभुवनमा जन्मन सकौं भनी प्रणीधान र अमिदेवको मन्त्र जप जुनसुकै उपायबाट सकेसम्म परिश्रम पूर्वक गर्नु पर्छ । त्यसो गरेमा पाउन कठीन अमूल्य मनुष्य जुनी पाएको काम लाग्ने छ । यो अमूल्य जुनीको सदुपयोग गर्नु अति नै महत्वपूर्ण छ भनी निश्चित गर्नुपर्छ ।