शेर्पा भाषा, संस्कृति लोप हुँदै जानुको कारण

दावा तेन्जी शेर्पा (गोले)

२०७५ जेष्ठ १९, शनिबार


शेर्पा एक आफ्नो ज्यानको वाजी थापेर हिमाल आरोहनको क्षेत्र बटा देशको नाम संसार सामु चिनाउने शहसी हरुको नामले चिनिने जाती हो । संसारमा धेरैले शेर्पा र नेपाल लाई पर्यायवाचीको रुपमा चिन्दछन् । यसको आफ्नै छुट्टै भाषा, संस्कृति पहिचान छ । यसैले आज शेर्पाहरु अरु जात तथा संसारमै अरु भन्दा फरक र पृथक छ । यो नै हाम्रो अमुल्य सम्पति, गहना हो । यसको नै लोप भएमा हाम्रो त्यो फरक तथा पृथक बनाउने अमुल्य सम्मति नै गुमाउन पुग्दछौ । त्यस पश्चात हामी शेर्पा भनेर गर्व गर्ने, शिर ठाडो पारेर हिड्ने कुनै माध्यम नै रहदैन । त्यस कारण अमुल्य सम्पति हाम्रो भाषा, संस्कृति तथा पहिचानलाई युगांैं युग सम्म जिवन्त राख्न, भावि सन्तति माज हस्तान्तरण गर्न र संरक्षण गर्नका लागि जुन सुकै क्षेत्रको सबै शेर्पाहरुले आआफ्नो तबर बाट सक्दो संरक्षणका कार्य गर्न जरुरी छ । हाल आधुनिकताको नाममा पाश्चात्य भाषा संस्कृतिको नक्कल गर्दै बिस्तारै शेर्पाहरुको सस्कृति, चालचलन, रहनसहन र पहिचान लोप हुदै गइरहेको छ । युवाहरmको अवस्था त जन नाजुक छ । अहिले शहरी क्षेत्रको परिप्रेक्षामा कुरा गर्ने हो भने सत प्रतिशत युवा हरुले शेर्पा भाषा बोल्न जान्दैनन् । कुनै पनि जातिको पहिचान भनेको त्यस जातिको भाषा, संस्कृति, चालचलन र चाड पर्वहरु हुन । त्यस कारण यी कुराहरु नरहे हामी शेर्पाको पहिचान नै रहदैन । यस्तै अवस्था रहि रहने हो भने अबको केहि दशकमा पहिचान भाषा नै लोप हुने अवस्थामा छ । त्यस कारण सम्पूर्ण सचेत शेर्पाहरुले गहन रmपमा सोच्नु पर्ने बाध्यात्मक परिस्थीतिको सृजना भएको छ । मुख्या गरि यसमा युवा पुस्ताको भुमिका महत्वपूर्ण रहेको हुन्छ । शेर्पा भाषा संस्कृति नै बिभिन्न क्षेत्र, स्थान तथा, संसारका जुन सुकै स्थानको शेर्पाहरु लाई एक ठाउँ बँध्ने साँचो कडी हो । त्यस सन्र्धबमा तपाईहरुमाज मैले अध्यायन, अनुशन्धान र बोगेका बोगाई र अनुभव लिएर शेर्पा भाषा संस्कृति लोप हुनका कारणहरु र त्यसका संरक्षणका उपायहरु पत्ता लगाएको छु ति शेर्पा भाषा संस्कृति लोप हुनका कारणहरु र त्यसका संरक्षणका उपायहरु  निम्नुसार रहेका छन् । 

 घरमै शेर्पा भाषाको प्रयोग नगर्नु वा नसिकाउनु 
कुनै पनि बालक जन्मिए पछि त्यो बालकको पहिलो बिद्यालय ऊ जन्मेको घर नै हो । तर धेरै ब्यक्ति हरmले घरमा नै शेर्पा भाषा प्रयोग नगर्ने बालबालिकालाई नसिकाउने गरेको पाईन्छ । शेर्पाभाषा संस्कृतिको संरक्षण तथा विकास गर्छु भनि लागेका प्रतिनिधि हरुलाई म के प्रश्न गर्न चाहन्छु भने, के तपाईहरुको छोरा छोरीले शेर्पा भाषा आउँछ ? लोसार मनाउने प्रकृया थाहा  छ ? लोसार कति दिन, कसरी, के के गरि मनाईन्छ ? अनि तपाईहरुले आफ्नो घर त परिर्वतन गर्न नसक्नेले के समाज परिर्वतको खाक्रो भाषण गर्न कतिको उचित होला ?तपाईहरु जस्तो जिम्मेवार व्याक्तिहरु को त यस्तो हालत बए अरुको हालत के होला ? त्यसैले अधिकंस नब बालबालिकाले शेर्पा भाषाको प्रयोग गर्दैनन् । त्यस कारण बालबालिका हरु लाई घरमा सानै देखि भाषा,धर्म, संस्कृतिको बारेमा सिकाउनु जरुरी छ । बिज्ञाानले पनि भन्छ कि जुन क्रियाकलाप सानो हुदाँ गरिन्छ, त्यसको प्रभाव लामो समय सम्मा पर्न जान्छ ।त्यसतै घर बाहिर उसले सिक्न नसक्ने हुनाले त्यस कारण सबैले घरमानै बालबालिकाहरm लाई अनिर्वाय रुपमा भाषा,धर्म, संस्कृतिको बारेमा राम्ररी सिकाउने जानकारी दिने गर्नुपर्दछ । 

 राज्यको विवेदकारी निति नियम हुनाले स्
लामो समय देखि अति हिन्दुवादि शासक हरुले हिन्दु संस्कृति अघाँल्न बाध्य बनाएको कारण, शेर्पा भाषाको निश्चित पाठ्यक्रमको व्यवस्था नहुनु, सरकारी काम काजको भाषा नेपाली भाषा नै हुनु, बिद्यालयको पठनपाठनको भाषा नेपाली भाषा हुनु, राष्ट्रको निति, नियाम, कानुन र पर्वहरm हिन्दु धर्मको आधारमा हुनु त्यसै अनुरmप सरकारी विदा,सेवा र सुविधा उपलब्ध गराउनु, राज्यले सबै जातिको भाषा संस्कृतिको सम्मान नर्गनु आदि कारणहरु राज्याको विवेदकारी कानुन, निति र अति हिन्दुवादि शासकहरmले गरेको अधिकारको दुरुपयोग हो । यसै कारण कयांै जातिहरmको त भाषा,संस्कृति र धर्मको अस्थित्व समेत लोप भई सकेका छन् । उनिहरुले अधिकार प्राप्त गरेको समयमा अरु सबै जाति धर्मलाई वेवास्ता गरि उनिहरु अथवा हिन्दु धर्म अनुकुल निति नियाम, कानुनको ब्यवास्था गरे । त्यो एक सरासर धार्मिक हस्तक्षेप, संस्कृतिक हस्तक्षेप अनि सोझासादा जनजाति माथि गरेको खेलवाड र मौकाको फाईदा लुटेको थियो । विगतमा राष्ट्र भाषा, राष्ट्र धर्म, राष्ट्र जनवार, राष्ट्र चाड, राष्ट्र पोसाक, राष्ट्र झण्डा लगायत सबै हिन्दु धर्ममा आधरित थियो । के यसको ठाउँमा शेर्पा लगायत अरु जातिका भाषा धर्म, चाड, पोसाक, टोपि नै थिएन । यस बाटै प्रष्ठ हुन्छ हामी माथि कतिको दमन भएको छ भनेर । त्यस कारण हामा्रे भाषा संस्कृति लोप हुनुका प्रमुख कारण राज्याको विवेदकारी निति नियाम पनि रहेको मलाई लागेको छ ।


  निश्चित पाठ्याक्रम तथा बिद्यालय नहुनु  
शेर्पा भाषा पठनपाठनका लागी कुनै खास निश्चित सिक्ने ठाउँ तथा बिद्यालयको ब्यबास्था नहुनु पनि शेर्पा भाषा लोप हुनुका प्रमुख कारण हो । हामीले १० देखि ११ बर्ष सम्म बिद्यालयमा पढ्दा त नेपाली भाषा तथा अंग्रेजी भाषा पुर्ण रुपमा शुध्द बोल्न सक्दैनौ त्यस कारण बिन बिद्यालय, बिन पठ्याक्रम घर र समाजमा प्रयोग गरेर मात्र यसको दिर्धकालिन संरक्षण कधापि हुन सक्दैन । यसको नाममा मैले देखे अनुसार शेर्पा भाषाको ठाउँमा तिब्बती भाषाहरुको प्रयोग भईरहेएको पाएको छु । त्यो भन्दा शेर्पा भाषाको पुरानो, साधारण तथा सरल भाषाको प्रयोगमा प्रथामिकता दिनु पर्दछ । नत्र दिर्धकालमा गएर तिब्बती भाषा र शेर्पा भाषामा एकरुपता आउन सक्छ, त्यस बाट शेर्पा भाषाको कुनै अस्थित्व रहदैन । त्यसकारण शेर्पा भाषाको दिर्धकालीन संरक्षण गर्नका लागि निश्चित शेर्पा भाषाको पाठ्याक्रम र शेर्पा भाषा पठाउने बिद्यालको ब्यवास्था हुनु पर्दछ । तब मात्र शेर्पा भाषाको दिर्धकालीन संरक्षण र संर्वधन हुन सक्छ । यस तर्फ सम्पूर्ण शेर्पाहरुको अगुवा संघ सस्थामा रहेको प्रतिनिधिहरुले गम्भिर भएर सोच्नु पर्ने समय आएको छ । 


  गिज्याउने प्रवृति
हामी शेर्पा स्यार र वा को समास बाट बनेको मान्यता छ, त्यसको अर्थ स्यार भन्नाले पूर्व र वा भन्नाले बसोबास गर्ने मानिस भन्ने बुझिन्छ, त्यसको पूर्ण अर्था पूर्वामा बसोबास गर्ने मानिसहरुको समूहलाई जनाउदछ । समाज विकासको क्रम संगै बिभिन्न उद्देश्यले त्यहाँ बाट नेपाल लगायत संसारको बिभिन्न क्षेत्रहरुमा बसाईसरेको मान्यता छ । त्यसकारण त्यस क्षेत्रको बिशेषता अनुरुप भाषा र संस्कृतिमा अलि अलि फरक पर्न गएको पाईन्छ । तर अज शहरी क्षेत्रमा एक ठाउँका शेर्पाले शेर्पा भाषा प्रयोग गर्दा उसले प्रयोग गरेको शब्द लाई लिएर अर्को ठाउँका शेर्पाले गिज्याउने, जिस्काउने अथवा कुरा कट्ने प्रवृति चलन रहेको कारण एक ठाउँका शेर्पाहरु अन्य ठाउँका शेर्पाहरु संग शेर्पा भाषामा खुलेर कुरा गर्न हिच्किचाउने वा लजाउने गर्दछन् । यसै सन्दर्वमा तपाईहरु माज मेरो सानो अनुभव वाँड्न मन लाग्यो । कुनै समय म सानो छदाँ आफ्नो ठाउँ भन्दा अलि टाढाको टाउँमा गएको थिए । त्यस ठाउँमा साथिहरु संग बोलचालको समयमा सबै भाषाको शब्द एउटै थिए, तर एक दिन बोल्दा बोल्दा एउटा शब्दमा अलि फरक अएको मात्र के थियो त्यस पश्चात साथिहरुले मलाई त्यस कुरालाई लिएर सधै जसो जिस्काउथे, त्यसैले त्यस पछि मैले उनिहरु सँग कुरा गर्दा कहिल्यै शेर्पा भाषामा कुरा गरिन । त्यसैले अब हामी जुन सुकै ठाउँका शेर्पा बएता पनि यस्तो खराब प्रबृति तथा कु प्रथा लाई त्याग्नु जरुरी छ । यस तर्फ पनि हामी सबै शेर्पाहरु ले ध्यान दिन जरुरी छ । 

 संञ्चार माध्यमको भुमिका 
संसार पूर्ण रुपमा संञ्चार माध्याले एक सानो गाऊँमा परिणत भएको छ । विश्वमा संञ्चार माध्यमको दूर्ततर विकास भइरहेको छ तर यसको तुलनमा हाम्रो शेर्पा समाजमा त्यति विकास भएको पाईन्दैन । यस सन्र्धवमा तपाईहरु माज एउटा उदाहरण दिन चाँहन्छु, अहिले धेरै मानिसहरुले तथा शेर्पाहरु धेरै ले हिन्दी भाषा जान्दछन् यसको कारण  पनि हिन्दी सिरेल र फिल्महरु तथा बालबालिकाको सम्बन्धमा कुरा गर्दा हिन्दी कार्टुन हेर्नु नै हो । यस बाट के प्रस्ट हुन्छ भन,े कुनै भाषाको विकासमा संञ्चार माध्यमको कति ठुलो भुमिका खेल्छ भनेर । तर यसो भन्दैमा हाम्रो समुदायमा संञ्चार माध्यम छैन भन्न खोजेको होईन । हाम्रो समाजमा भएको केहि संञ्चार माध्यमलाई पनि त्यस लाई अज विकास गर्न वा यस भन्दा माथि उठाँउनका लागी सम्बन्धित क्षेत्र बाट कुनै ठोस कार्य भएको पाइन्दैन । राज्य पक्षबाट पनि कुनै प्रकारको सेवा सुविधा नदिएको जस्तो लाग्छ । एऊटा तिजको लागि एक दुई महिना पहिला देखि संञ्चार माध्यमहरुमा गीतहरु प्रशारण गर्ने, अनि आदिवासीहरुको महान चाड ल्होसारको बारेमा एक दिन पनि राष्ट्र स्थरको संञ्चार माध्यमा नआउने । त्यस कारण पनि हाम्रो भाषा संस्कृति दिनानु दिन लोप हुदै गइरहेको छ । त्यसैले संञ्चार माध्यमहरुले पनि शेर्पा भाषा संस्कृति जर्गेना गर्न प्रोत्साहन मुलक कार्यक्रमहरु प्रसारण गर्ने, शेर्पा समुदायमा ल्याउनु पर्दछ । साथ साथै मलाई के लाग्छ भने, भाषा संस्कृति जर्गेना गर्ने सम्बन्धमा  बृहत रुपमा सम्पूर्ण शेर्पा समुदायमा संञ्चार माध्यम बाट जनाचेतनाको अभिवृदि गर्नुपर्दछ भन्ने लाग्दछ ।

संरक्षणत्मक कार्यक्रमको कम आयोजना 
कुनै कुराको संरक्षण गर्न त्यति गाह्रो हुदैन तर त्यो संरक्षण गर्ने तरिका तथा उत्तम उपाय पत्ता लगाउन बने सक्नु पर्दछ । संरक्षणका लागि प्रयास हरु नभएको भने होईन । गत बर्ष देशबरका शेर्पाहरुको संस्कृतिलाई जगेर्ना गर्न तथा एकै ठाउँमा ल्याउने उद्देश्यका साथ हिमालयन शेर्पा संस्कृति केन्द्रले महान चाड ल्होसारको अवसरमा आयोजना गरेको वृहत ल्होसार श्याव्रु प्रतियोगिता एक मुख्या उदाहरण रुपमा मान्न सकिन्छ । त्यसै अवसरमा उक्त सस्थाले नै शेर्पा भाषाको संरक्षण गर्न तर्फ युवा लाई प्रोत्साहन तथा युवाहरुमा शेर्पा भाषाको संरक्षणमा उत्प्रेरणा गर्ने उद्देश्यले आयोजना  गरेको शेर्पाहरुको एक अमर कलाकार शाम्दे शेर्पाको स्मारणमा आयोजना गरेको शेर्पा भाषामा प्रथम शाम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो, त्यस प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्न सफल भएको थिएँ, त्यसमा मलाई धेरै खुसि लागेको छ । त्यसता सकरात्मक कार्यको थालनी गर्ने ब्यत्ति तथा संघ सस्थालाई प्रोत्सहन गर्नु,उत्प्रेरणा गर्नु र साथ सहयोग गर्नु हामी सबैको दाईत्व हो । तर यस्तो प्रतियोगत्मक कार्यक्रमको आयोजना ल्होसारको वा निश्चित समयमा मात्र नगरेर कम समय अवदिमा निरन्तर रुपमा सबै शेर्पा हरुको अगुवा संघ सस्थाहरुले आयोजना गर्नुपर्दछ । जस्तै,श्याव्रु प्रतियोगीता,शेर्पा भाषा कला संस्कृतिको प्रशिक्षण तथा जर्गेनाका लागि अन्तरकृया कार्यक्रम लगायत शेर्पा भाषामा गित, कविता, लेख रचना तथा वक्तृत्वकला जस्ता प्रतियोगिता सबै शेर्पाहरुको साझा संघ सस्थाले आयोजना गर्ने प्रवृति भएमा धेरै हद सम्म संरक्षण हुने थियो कि ?

 पारिवारीक वातवारणको अभाव
कुनै पनि व्यक्तिले सत प्रतिशत कुराहरु उसको परिवारबाट सिक्दछ । तर अहिले आधुनिकताको विकास सँगै एकल परिवारहरु बढ्दै गएको अनुभव छ । पहिला पहिला संयुत्त परिवार मात्र हुन्थयो त्यसमा हजुरबुवा तथा हजुरआमाले बुवा आमाको अनउपस्थितिमा साना बालबालिकाको हेरबिचार गर्ने गर्दथ्यो । तर अहिले यस प्रकारको संस्कार बिस्तारै हट्दै गएको अनुभव भएको छ । त्यसबाट हजुर बुवा तथा हजुर आमाको संस्कार भाषा पछिल्लो पुस्तामा हस्तान्तरण हुन पाउदैन । त्यसको साथ साथै आज भोली धेरै नेपाली तथा शेर्पाहरु रोजगारका लागि विदेशीने प्रचलन दिनानुदिन बढ्दैछ । यो हामी सबै लाई अवगत भएकै कुरा हो । त्यस कारण उनिहरुका बालबालिका लाई हेरचाह गर्न अरु जातका मानिसहरु राख्नले वा होस्टेलहरुमा राख्नाले पनि उनिहरुले शेर्पाको भाषाको प्रयोग गर्दैनन् । त्यास वाहेक नेपालमै बसोबास गरेको बएता पनि बालबालिकाहरु लाई  होस्टेलमा राख्ने प्रवृतिको कारण हाम्रो चाडपर्व, भाषा, संस्कृति सिक्न पाउदैन । त्यस बाट पनि हाम्रो संस्कृति, पराम्परा भाषा लोप हुदै गएको छ । 

जनचेतनाको अभाव 
आज हाम्रो समुदायमा किन आपm्नो भाषा संस्कृतिको जर्गेना गर्नु पर्छ भन्ने कुराको जनचतनाको अभाव हुनु पनि हाम्रो भाषा संस्कृति लोप हुनुको एक कारण हो जस्तो लाग्छ । आज हामी शेर्पा भनेर देश विदेशमा शिर ठाडो पारेर हिड्छौ तर भोलि हाम्रो संस्कार, भाषा संस्कृति लोप भएमा हाम्रो अस्थित्व नै रहदैन । आज हामी शेर्पाको आफ्नै छुट्टै भाषा, संस्कृति , रहनसहन , चालचलन छ, त्यसैले त आज हामी शेर्पा संसारमै अरु भन्दा बिल्कुलै भिन्नता छौ, संसारमै छुट्टै पहिचानका धनि छौ । यो हामी शेर्पाहरु सबैको अमु्ल्या सम्पति हो । यसलाई जर्गेना गर्न हामी सम्पूर्ण शेर्पाहरुको कर्तव्य हो । यसमा शेर्पाहरुका भाषा संस्कृति संरक्षण संर्वधन गर्न स्थापन भएका सबै संघ सस्थाले जनचेतना मुलक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमको कार्यक्रमहरु आयोजना गरि सम्पूर्ण शेर्पाहरुमा जनचेतनाको अभिवृदि गर्नु पर्ने ठान्दछु । 

विविध

ले माथि लेखिएका भन्दा बढि कारण हरु होलान । मुख्य गरी माथि उल्लेलित कारणहरु हाम्रो भाषा संस्कृति लोप हुनुका प्रमुख कारणहरुको रुपमा देखेको छु । यसमा हाम्रो भाषा कता तिर लाँने भन्ने कुराको जिम्मेवार हामी सम्पूर्णका काँधमा छ । यस बाहेक शेर्पा भाषाको धेरै मात्रमा वा चाहिने जति मात्रमा गित संगित बजारमा नआउनु, शेर्पा भाषामा लेख रचना,कविता साहित्यसृजना नआउनु, यी कुराहरु प्रति त्यति मात्रमा चासो नजानु, यदि गएतापनि अरुको अनुकरण गर्नु आदि हुन । त्यस लगायत शेर्पा भाषाको प्रयोग पाखे भाषाको रुपमा मात्र लिनु, शेर्पा बोल्दा अशिक्षित, गाऊँलेको रुपमा हेर्नु पनि हाम्रो भाषा संस्कृति लोप हुनका करण हरुमा मैले पाएको छु ।                                                                                 

नेपाल प्रहरी सेवामा कार्यरत शेर्पाको लेखलाई शेर्पा प्रतिविम्बबाट साभार गरिएको हो । 
Email: dawatenjigole@gmail.com        

दावा तेन्जी शेर्पा (गोले)का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho