बाबुछिरीको शालिक रक्षाका लागि ‘आइसएक्स’ लिई आउँछौंः आङ काजी शेर्पा

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ १७, विहिबार


काठमाडौं (शेर्पाखबर) । आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पाले सडक विस्तारका क्रममा बाबुछिरीको शालिक भत्काइए अवस्था ‘गम्भिर’ हुने भन्दै आक्रोस पोखेका छन् । राजधानीमा सगरमाथा आरोही दिकी शेर्पाको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘बाबुछिरी शेर्पाको शालिक आरोहीहरुले आइसएक्स लिएर निर्माण गरेको भत्काउने चेष्ट गरे रक्षाका लागि आरोहीहरु त्यसरी नै उत्रिने छन् ।’ शेर्पाले भने ‘कुनै व्यापारिक प्रयोजनका लागि कीर्तिमानी आरोहीको शालिक भत्काउने चेष्ट राज्यले नगरोस् ।’
विश्वमा नेपाललाई चिनाउे शेर्पा समुदायमाथि राज्यको दृष्टि बक्ररेखामा गएको भन्दै उनले भने ‘राजा महाराजाको शालिकवीच सडकमा निर्माण गरेर ट्राफिक जाम गर्दा हुने, बाबुछिरीको शालिकले चाँही शहर कुरुप देखिने ?’ निक्कै आक्रमक तरिकाले प्रस्तुत भएका संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका शेर्पाले राज्यको विभेदले पर्यटन क्षेत्र नै धारासायी भएको अरोप समेत लगाए । उनले अर्को प्रसंगमा भने ‘आरोहीहरुलाई राज्यले सही सम्मान गर्न सकेका छैनन् । आरोहीहरुको योगदानको उच्च कदर गर्दै सम्मान हुनुपर्दथ्यो तर त्यो देखिएन ।’


आरोहीहरुको इतिहास रक्षार्थ सरकारले उनीहरुको जीवनी लेखेर प्रकाशन गर्नुपर्नेमा जोड दिँदै नेता शेर्पाले यसो भएमात्रै आरोही र शेर्पाहरुको सम्मान हुने बताए ।
उनले कुनैपनि हालतमा बाबुछिरी शेर्पाको शालिक भत्काउन दिन नहुने र राज्यले त्यसो गरे सबै पर्यटन व्यवसायी, आरोहीहरु एक भएर प्रतिकारमा उत्रन तयार रहन समेत आह्वान गरे ।