वेशिर्षकको एक कविता

ङावा शेर्पा

२०७५ जेष्ठ १६, बुधबार


चारैतिर काँढै-काँढा बीचमा फूल देखियाे
परिश्रमी ताँती अाज शाेकाकुल देखियाे 

बन्द भयाे विद्वानकाे समुधुर नृत्य पनि
उकुसमुकुस छ परिबेश भन्दै सर्वत्र मूल देखियाे 

प्रदुषणले व्याप्त छ याे देशकाे वातावरण 
प्यासा काकाकुल माननीयकाे हूल देखियाे 

गाउँ,शहर, टाेल, चाेकतिर नयाँनयाँ  छ हल्ला 
पेलेर, थर्काएर सरकार कसरी चल्ला

- प्राविधिक सहायक (नायब सुब्बा)

शिक्षा विकास तथा समन्वय इकाई, बारा