गैह्रवामपन्थी एकता जरुरी भै सक्योः अध्यक्ष राणा

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ १६, बुधबार


काठमाडौं (शेर्पाखबर) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपती समशेर ज.ब.राणाले गैह्रवामपन्थी शक्तिको एकतामा जोड दिएका छन् । प्रजातान्त्रिक शक्तिलाई शसक्त र प्रभावकारी रुपमा अगाडी बढाउन जरुरी रहेकोमा राणाले जोड दिए । 
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राणाले राप्रपा प्रजातान्त्रिकले हालैको केन्द्रीय समितीको बैठकबाट राप्रपाका सबै प्रजातिहरुसँग एकता गरेर अघि बढ्ने निर्णय गरेको समेत जानकारी दिए । ‘यस सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापाबाट सकारात्मक अभिब्यक्ति आइरहेको छ, यो सकारात्मक पक्ष हो ।’ अध्यक्ष राणाले नवप्रवेशीहरुलाई पार्टीको गतिविधिबारे जानकारी दिँदै भने ‘हामी छिट्टै राप्रपा प्रजातीवीच एकिकरण गरेर शक्तिशाली पार्टी बनाएर अघि बढ्छौं । समयले त्यही बताइसक्यो ।’
नेकपा केन्द्रीय सदस्य बालकृष्ण ढुंगेललाई आममाफी दिएको बारे आपती जनाउँदै अध्यक्ष राणाले भने ‘बामपन्थी सरकारले जनादेश विपरित अपराधीलाई छोड्ने काम गरेको छ । यो कानूनी राज्यको उपहास हो ।’ अर्को प्रसंगमा राणाले भने ‘संम्बद्र्धनवादको माध्यमबाट देश र जनताको सेवामा समर्पित रहने छौं ।’ संविधानलाई पूर्ण पालना र कार्यान्वयनका लागि सबैसँग सहकार्य गर्दै पार्टी सङगठनमा समर्पित भएर अघि बढ्न राणाले पार्टीका सबै नेता र कार्यकर्ता आह्वान गरे । 
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिपक बोहोराले देश्मा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । महामन्त्री ध्रुब बहादुर प्रधानले राप्रपा प्रजातान्त्रिकले ७ सय ५३ स्थानीय तह, ७७ जिल्ला र सात वटै प्रदेश्मा नयाँ ढंगले संगठन निर्माण गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिए । त्यस्तै, कोषाध्यक्ष निलकन्ठ काफ्लेले प्रजातान्त्रिक र राष्ट्रबादी शक्तिहरुबीचको एकता अपरिहार्यता भएको विचार व्यक्त गरे । 
प्रबक्ता किरण गिरीले मुलुकमा प्रजातान्त्रिक, वामपन्थी, परम्परागत राष्ट्रवादी र मधेशवादी समेत चार प्रकारको भोट बैंक रहेको बताउदै नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक, नेपाल कम्युनिष्ठ पार्टीले वामपन्थी, राप्रपा प्रजातान्त्रिक र राप्रपाले परम्परागत राष्ट्रवादी र मदेशवादी दलले भोट बैंकको प्रतिनिधित्व गर्ने भएको हुदा पार्टीलाई शसक्त, प्रभावकारी र एकिकृत गरेर लैजानु पर्ने धारण व्यक्त गरे । 
काठमाडौं सभापती जगत सागर महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा उच्च स्तरीय कार्य सम्पादन सदस्य एवंम उपत्यका संयोजक जयकुमार खडका, महिला सभापति कमला शर्मा, सहायक महामन्त्री बिन्दु पहाडी, राम शरण लामिछाने लगायतले आ–आफ्ना धारणा राखे ।
 

सन्दर्भ तस्वीर शुभकामना आदनप्रदान र चियापान कार्यक्रमको हो ।–सम्पादक