अष्ट्रेलियामा नेपालीहरुले मनाए ‘सगरमाथा दिवस’

पेम्बा ङावा शेर्पा

२०७५ जेष्ठ १५, मंगलबार


क्यानवेरा । नेपालका लागि अष्ट्रेलियन राजदुत लक्की शेर्पाले संसारमा नेपाललाई चिनाउने दिन मे २९ तारिख भएको बताएका छन् । सगरमाथा दिवसको अवसर पारेर अष्ट्रेलियामा आयोजना गरिएको हाईकिङ कार्यक्रमको समापनमा बोल्दै राजदुत शेर्पाले संसारभरका यात्री र आरोहीहरुलाई आकर्षित गरेको हुनाले यस दिनलाई विशेष दिनको रुपमा सम्झनु पर्ने बताएका हुन् ।अष्ट्रेलियामा भएका नेपाली र राजदुत शेर्पाको प्रमुख आतिथ्यतामा ‘सगरमाथा दिवस’ भव्य रुपमा मनाएका हुन् । अष्ट्रेलियाको क्यानवेरास्थित रेड हिल नेचर पार्कमा एभरेष्ट डे हाइकिङ गरी सगरमाथा दिवस मनाइएको हो ।


सगरमाथा दिवस मे २९ तारिखमा भएपनि अष्ट्रेलियामा मे २८ तारिखका दिन सार्वजनिक विदा भएकाले आजकै दिन बढिभन्दा बढि नेपालीहरुलाई सहभागी गराउनका लागि सहजता भएकाले एक दिन अगाडिनै मनाइएको हो । कार्यक्रममा अष्ट्रेलियाको विभिन्न सहरमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । अष्ट्रेलियन एक्सपीडिसन टिमका सदस्यहरुको पनि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।


स्थानीय समय अनुसार विहान ९ बजेदेखि शुरु भएको हाइकिङ रेड हिलको उच्च स्थानमा पुगी सोही स्थानमा आएर समापन गरिएको थियो । कार्यक्रममा विभिन्न संघ सँस्थाहरुको सहभागिता रहेको थियो ।