सगरमाथा दिवस (आज) मा ‘ओएसी माउन्टेन फेस्टीभल’

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ १५, मंगलबार


काठमाडौं (शेर्पाखबर) । मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा ‘ओएसी आउन्टेन फेस्टीभल’ कार्यक्रम आयोजनाको तयारी अन्तिम चरण पुगेको छ । आयोजक संस्था आउटडोर एडभेन्चर सेन्टर नेपालले जारी वत्तव्यमार्फत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
ठमेलस्थित ओएसीको आफ्नै परिषर जिएए हलमा हुने महोत्सवमा विभिन्न कार्यक्रमहरु राखिएको छ । पर्यटन व्यवसायी, आरोही र सरकारी निकायवीच अन्तक्र्रिया, आरोहीहरुको वृत्तचित्र प्रदर्शन, साहसिक खेलकूद प्रतियोगिता, आरोहीहरुको अनुभव आदनप्रदान, व्यापार वृद्धि लगायतको क्षेत्रमा छलफल महोत्सवमा हुने कार्यक्रम संयोजक सोनाम जाङबु शेर्पाले जानकारी दिए । दिउँसो २ बजेबाट शुरु हुने कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव कृष्णा प्रसाद सापकोटा, आरोहीको तर्फबाट विश्व कीर्तिमानी आरोही कामी रिता शेर्पा मूख्य वक्ताको रुपमा रहने जनाएको छ ।
कार्यक्रममा पर्यटनसँग सम्वन्धित संस्था, व्यवसायीहरुको वाक्लो उपस्थिती रहने अन्तिममा सांगीतिक प्रस्तुती रहने संयोजक शेर्पाले जानकारी दिए । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho