कलाकारितासँगै व्यवसायमा ‘कर्मा शेर्पा’

पेम्वाङावा शेर्पा

२०७५ जेष्ठ १४, सोमबार


काठमाडौं (शेर्पाखबर) । राजधानीको अस्तव्यस्त अवस्था, धूँवाधुलोदेखि हैरान नहुने कमै होला । हामी प्रायः आफूलाई मनपर्ने सामाग्री खरिद गर्नका लागि बजार निस्कन्छौं । तर, प्रदूषित वातावरणले हामीलाई बजारसम्म गएर आइपुग्नै सास्ती खेप्नु परिरहेको हुन्छ । यो राजधानीबासीको दैनिकीकावीच अब सामाग्रीहरु खरिद गर्नका लागि बजार निस्कीनुपर्ने झन्झटबाट मुक्ती पाउन भनेर राजधानीमा नयाँलुगाडटकम शुरु भएको छ ।

Image may contain: 9 people, including Mingma D Sherpa and Sonama Jangbu Sherpa, people smiling, people standing

नायक, मोडलको परिचयसँगै चिनिएका कर्मा शेर्पाले पहिरनहरु घरमै उपलब्ध गराउने हेतुले अनलाईन मार्केटिङ शुरु गरेको छ । 
शेर्पा फिल्मस् र विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएका कर्मा शेर्पा नयाँ पहिचानसहित देखिने भएका छन् । अब उनी कलाकारितासँगै व्यवसायमापनि चिनिनेछन् । 


शेर्पा फिल्मस्का कार्यकारी अधिकृत रहेका शेर्पाले सोमबार नयाँ व्यवसायको थालनी गरे । उनले अनलाईन मार्केटिङ शुरु गरेको हो । नयाँलुगाडटकम मार्फत उनले विभिन्न फेशेनेवल पहिरनको अनलाईन व्यापार शुरु गरे । राजधानीको चक्रपथस्थि नोभाव्रियू क्याफेमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो नयाँ व्यवसायबारे जानकारी दिए । ‘शुरुमा नारीहरुका लागि लक्षित गरी ‘टप्स’हरु अनलाईनमा राखेका छौं । तर, हामी सबै प्रकारको पहिरनहरु उपलब्ध गराउने तयारीमा छौं ।’ शेर्पाले भने ‘आधुनिक समाजमा हामीले समयानुसार व्यापारिक नीतिपनि परिवर्तन गर्नुपर्ने रहेछ । त्यसैले अनलाईनबाट व्यापार गर्ने, सामाग्री उपलब्ध गराउने हेतुले यो शुरुवात गरेको हुँ ।’ 
‘विलासी जीवनशैलीसँगै हामी घरमै वसीवसी आफूलाई मनपर्ने पहिरनहरु नयाँलुगाडटकमबाट रोज्न सक्छौं ।’ आइटी इन्जिनियर सुरज डंगोलले भने ‘अनलाईनबाटै हामी अर्डर दिन, मन परेको पहिरनको बारेमा बुझ्ने सक्छौं ।’

Image may contain: 3 people, including Sonama Jangbu Sherpa and AD Sherpa, people smiling, people standing
अनलाईनमा अर्डर दिएर ठेगाना उपलब्ध गराएपछि पहिरन घरमै आइपुग्छ । उपत्यकभित्रका लागि लुगाको मूल्य बाहेक अत्तिरिक्त शुल्क तिर्न नपर्ने सञ्चालक शेर्पाले बताए ।
वाहिरी पसलहरुमा भन्दा अनलाइनबाट सामाग्री खरिद गर्दा निक्कै सस्तोमा उपलब्ध हुने बताउँदै शेर्पा भन्छन्, ‘सो रुम, कर्मचारी, घरभाडा नजोडिने भएकाले सामाग्री सस्तो मूल्यमा पाउन सक्छौं ।’


त्यस्तै, आगामी दिनमा अनलाईनबाटै भुक्तानी गर्ने सुविधापनि थप हुने आइटी इन्जिनियर डंगोल जानकारी दिए । नयाँलुगाडटकमले नयाँ–नयाँ विशेषतासहित अनलाइनबाटै ग्राहकको माग अनुसार सेवा उपलब्ध गराउने जनाएको छ ।

Image may contain: 4 people, including Sonama Jangbu Sherpa and AD Sherpa, people smiling, people standing
राजधानीको ठमेलमा कार्यालय स्थापना गरी सेवा सुचारु गरेको नयाँलुगाले आवश्यकता अनुसार उपत्यक बाहिरपनि सेवा विस्तार गर्ने, खुद्रासँगै थोक मूल्यमा समेत सामाग्री उपलब्ध गराउने तयारी रहेको जनाएको छ ।   

http://nayaluga.com/

पेम्वाङावा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho