मे २९ मा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ १०, विहिबार


काठमाडौं (शेर्पाखबर) । आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने भएको छ । राजधानीको ठमेलमा मे  २९ मा विभिन्न कार्यक्रमका साथ फेस्टीभल आयोजना हुने भएको हो । 
विहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सोनाम जाङबु शेर्पाले फेस्टीभलमा हुने कार्यक्रमबारे जानकारी दिए । 
‘वसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटि आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ संयोजक शेर्पाले भने ‘ सफल आरोहीहरुको खुसी तथा अनुभव साटासाट गराउने, पर्यटनसँग सम्बन्ध राख्नेहरुको समस्याहरु, अवसर र चुनौतीका विषयमा सामुहिक छलफल गर्न समेत हुनेछ ।’
सरकारी निकायबाट पर्यटन सचिव कृष्णप्रसाद सापकोटा र आरोहीका तर्फबाट २२ औं पटक सगरमाथा आरोहण गर्ने किर्तिमानी कामी रिता शेर्पा सहभागि जनाइएको छ । ‘सगरमाथा दिवसको अवसरमा पारेर आयोजना हुन लागेको कार्यक्रममा ‘पर्यटनसँग सम्बन्धित क्षेत्रमा भएका वर्तमान समस्याका बारेमा पथ प्रदर्शक, व्यवसायी, आरोही, सरोकारवाला र राज्यवीच अन्तक्र्रिया गरी समाधान खोज्न कार्यक्रमले मार्ग प्रशस्त गर्ने छ ।’ कार्यक्रमका बारेमा जानकारी दिन जारी प्रेस नोटमा उल्लेख गरेको छ ‘सहासिक खेलकूद प्रतियोगिता, आरोहणका क्रममा खिचिएका÷लिइएका तस्वीर र श्रव्यदृश्यको प्रदर्शनी, सांगीतिक कार्यक्रमका साथमा पर्वतारोहणका क्षेत्रमा सफल व्यक्तित्वहरुलाई प्रकाशमा ल्याउने र आरोहणका क्रममा प्रयोग गरिएका सामाग्रीहरु मायाको चिनोको रुपमा विक्री÷प्रदान गर्ने लगायतका कार्यक्रम रहेको छ ।’


पर्यटन क्षेत्रका विख्यात व्यक्तित्व, संघसंस्थाका प्रतिनिधी, व्यवसायी, राज्यका प्रतिनिधी लगायतको भव्य उपस्थितीमा हुने कार्यक्रमले लामो समयदेखि आरोहण कार्यमा व्यस्त आरोही–सहयोगीहरुलाई पुनःताजगी, पेशागत समस्याको पहिचान र समाधानका लागि अन्तक्र्रिया, पर्यटन प्रबद्र्धन र व्यापारिक योजनाका बारेमा व्यवसायीहरुवीच छलफल, साहसिक खेल यसको प्रबद्र्धनका लागि राज्यको ध्यानाकृष्ट भई उचित व्यवस्थापन र विकासका लागि नीति बन्ने आयोजकको दाबी छ । 
ठमेलस्थित ओ.ए.सी.को आफ्नै परिषर, जि.ए.ए. हलमा हुने कार्यक्रमले पर्यटन र सम्बद्ध क्षेत्रको अवस्था, अवसर र चुनौतिकावीच प्रष्ट कथन प्रकाशमा ल्याउने जनाएको छ । 
‘मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाई सम्मानित पेशाको रुपमा लिने भएपनि यसलाई व्यवस्थित गर्दै नयाँ बाटोहरु खोज्न तर्फ राज्य उन्मूख नदेखिएकाले आफूहरुले निजी क्षेत्रबाट प्रयास शुरु गरेको फेस्टीभल आयोजक समितिका पदाधिकारीहरु बताउँछन् ।  ‘राज्यले संकल्प गरेका वर्तमान आर्थिक समृद्धीका योजनाहरु सफल पार्न पर्यटन क्षेत्रले ठूलो टेवा पुर्याएको उल्लेख गर्दै ओएसीले भनेको छ ‘पर्यटनमा अथाह संभावनाहरु हुँदाहुँदै पनि उचित व्यवस्थापन, परिचालन, खुल्ला बजार नीति, राज्यको ठोक कार्यक्रम, लगानी मैत्री वातावरणको अभावमा सोचनीय उपलब्धिहरु हासिल हुन सकिरहेको छैनन् । अर्कोतर्फ, पर्यटनसँग सम्बन्ध राख्नेहरुको समस्या संवोधन र समाधानका लागि मौजुदा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सकेका छैनौं । यसर्थ, यसै खाले कार्यक्रमहरु मार्फत हामी सबैको पहल र समन्वयकारी भूमिकाबाट मात्रै उल्लेखित सवलहरुको जवाफ प्राप्त गर्न सक्छौं । जसका लागि यो कार्यक्रम एउटा माध्यम बन्न सक्छ ।’ 


‘शिक्षा, सूचना र सिर्जनात्मक’ कार्य गर्ने हेतुले स्थापना भएको ओएसीले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने खाले कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । पर्यटन, शिक्षा र ज्ञानमुलक अध्ययन भ्रमणका साथै पर्वतारोहण र पथ प्रदर्शकसँग सम्बन्धित साहसिक खेल प्रतियोगिता आयोजना गर्नुका साथै पर्यटन प्रबुद्र्धनमा फरक तवरले विभिन्न कार्यहरु संस्थाले गर्दै आएको जनाएको छ । पर्यटनसँग सम्बन्धित पक्षहरुसँग एउटै थलोबाट क्रियाकलापहरु सञ्चालन गरी फरक अनुभूति दिलाउन सकारात्मक भूमिका खेल्दै आएकोसंस्थाले सरकारी तथा गैरसकारी निकायसँग समन्वय गरी विभिन्न रचनात्मक कार्यहरु अघि बढाउने उद्देश्य रहेको संयोजक शेर्पाले जनाएको छ । 
विभिन्न चरणमा विभक्त गरेको कार्यक्रममा दिउँसो २ बजेदेखि शुरु भएर साँझ सांगीतिक कार्यक्रमका साथमा सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho