किर्तीमानी आरोहीद्धय कामी रिता र लाक्पा शेर्पा सम्मानित

शेर्पाखबर

२०७५ जेष्ठ १०, विहिबार


काठमाडौं । किर्तीमानी आरोहीद्धय कामी रिता र लाक्पा शेर्पा सम्मानित भएका छन् । राजधानीमा नेकपा निकट पर्यटन व्यवसायीहरुको संगठनले आरोहीद्धयलाई जनही १०–१० हजार राशीसहित सम्मान गरेको हो । कामी रिता शेर्पाले २२ औं र लाक्पा शेर्पाले नबौं पटक सगरमाथाको सफल आरोहण गरी राजधानी फर्केका थिए । 
आधिकारीक विभाजन
तत्कालिन नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट नेतृत्व र विभाग प्रमुख सुर्य थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै आएका व्यवसायीहरुले विधिवत रुपमै छुटै संगठन घोषणा गरेको छन् ।
 बुधबार पर्यटन व्यवसायी संगठन नेपालको प्रथम भेलाले सिताराम सापकोटाको अध्यक्षतामा २० सदस्यीय पदाधिकारी तथा ३५ सदस्यीय सचिवालय सदस्य रहने गरी ७५ सदस्यीय केन्द्रिय कमिटी घोषणा गरेको छ । नेकपाका स्थायि कमिटि सदस्य तथा तत्कालिन नेकपा एमालेका उद्योग विभाग ईन्चार्ज मुकुन्द न्यौपानेको उपस्थितिमा उक्त संगठनको नयाँ पदाधिकारी घोषणा गरिएको हो । 
पर्यटन व्यबसायी संगठन नेपालको अध्यक्षमा सिताराम सापकोटा,उपाध्यक्षहरुमा बच्चु नारायण श्रेष्ठ, योगेन्द्र थापा, शन्तबिर लामा, अञ्जन थापा (कुमार), शिव लामिछाने, भिमप्रसाद पन्त र केदार शर्मा रहेका छन । त्यस्तै महासचिवमा राजेन्द्र प्रसाद सापकोटा, उपमहासचिवमा  ध्रुव सिम्खडा र बिरेन्द्र अधिकारी, सचिवमा हरिभक्त श्रेष्ठ, ईश्वरी पौडेल, प्रकाश  सिम्खडा, रामहरी शर्मा, देबराज ढकाल, दामोदर  ढकाल, आङ्लामु शेर्पा तथा कोषाध्यक्षमा नमराज गौली र सह–कोषाध्यक्षमा  सुमन न्यौपाने रहेका छन् । 

त्यस्तै सदस्यहरुमा प्रेम कुमार श्रेष्ठ, जिस्वा तुलाधर, कृष्ण प्रसाद दाहाल, गणेश न्यौपाने, अर्जुन प्रधान, निम दोर्जे शेर्पा, धन बहादुर गुरुङ, अर्जुन कार्की, कृष्ण गोपाल श्रेष्ठ, शम्सेर पराजुली, प्रकाश उप्रेती, रवि रिजाल, धन बहादुर राई, फुरी ग्याल्जेन शेर्पा, शशी लामिछाने, तेम्बा तामाङ, निर्धोज लामा, भिम थापा, राजुमान डङ्गोल, तिलक लोहार, जीबनराज सापकोटा, शुशिल पौडेल, राजाराम सिलवाल, ईश्वर बोगटी, बिष्णु बाराकोटी, निशेष थापा, राममणि अधिकारी, राम जम्मकटे्ल, बलराम सुबेदी, राममणि रिजाल, रघु पौडेल, जाङबु शेर्पा, सन्जिब श्रेष्ठ, बलराम श्रेष्ठ, अलिन भट्राई, रमेश पराजुली, बिष्णु पाण्डे, केदारमणि खनाल, नवराज थापा, मधुकर बस्नेत, बद्री पाण्डे, मिङ्मा गेलु शेर्पा, अर्जुन पाण्डे, शिवहरी बजगाई, नबिन थापा, राम सिम्खडा र लीला लामालगायत रहेका छन ।
विगत तीन वर्ष देखि एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा बिबाद चल्दै आएको थियो । तर गत फागुनमा अधिवेशन बोलाएर पार्टीका पर्यटन विभाग प्रमुख सूर्य थापाले व्यवसायीक प्रतिस्पर्धा भन्दा पनि आफु अनुकुल व्यक्तिलाई संगठनको जिम्मेवारी दिएपछि बिबादले चरम रुप लिएको थियो । त्यती बेला देखि नै ठुलो समूह संगठनमा व्यक्तिवाद हावी भएको भन्दै त्यस विरुद्ध सशक्त विद्रोह थालेका थिए ।

@gantabyanews