क्रिकेटर सन्दीपले पाउने भए कार !

शेर्पाखबर

२०७५ जेष्ठ ९, बुधबार


काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् ।

उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।