मातापिताका नाममा अक्षयकोष स्थापना

शेर्पाखबर

२०७५ जेष्ठ ८, मंगलबार


ओखलढुंगा÷जिल्लाको मोलुङ–६, श्रीचौरका गणेशबहादुर कट्वालले अभिभावकको सम्झनामा अक्षयकोेष स्थापना गरेका छन् । अभिभावकको सम्झनामा १ लाख १ हजार १ सय ५१ रुपैयाँको ‘विरध्वज, थलमाया, कृष्णबहादुर स्मृती अक्षयकोष’ स्थापना गरेका हुन् । 
गाउँकै एकमात्र कालिका उमाविको शैक्षिक विकासमा सहयोग गर्ने उद्धेश्यले अक्षयकोष स्थापना गरेको कट्वालले जानकारी दिए । कोषमा १ लाख थप्ने कट्वालको योजना छ । ईलाका वन कार्यालय खिजीफलाटेका प्रमुख समेत रहेकाले एक बालिकाको अभिभावकत्वपनि ग्रहण गरेका छन् । 
सामाजिक सेवामा अग्रस्थानमा देखिएका कट्वालले स्थानीय प्रहरी, विद्यालय, गुम्बा, सडक लगायतको भौतिक विकासमा समेत निरन्तर सहयोग गर्दै आएका छन् ।
सात बालबालिकाको पढाईमा सहयोग
त्यस्तै, यहाँका सात जना विपन्न बालबालिकाको पढाईमा सहयोग मिलेको छ । कालिका माध्यामिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले अभिभावकत्व ग्रहण गरेसँगै उनीहरुलाई अध्यायनका लागि सहयोग पुगेको हो । 
भर्ना अभियानका क्रममा सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सरोकारवालाहरुले पारिवारिक आर्थिक अवस्था कमजोर तथा जेहेन्दार सात जना विद्यार्थीको अभिभाकत्व ग्रहण गरेका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमकुमार तामाङले जुना तामाङको, प्रध्यानाध्यापक खिलकबहादुर कार्कीले टसी शेर्पाको, शिक्षक अभिभावक संघका अध्यक्ष दिर्घराज कट्वालले राजन तामाङको, शिक्षक गोविन्द कोईरालाले सुुरज कट्वालको, शिक्षक रामकुमार महतोले मिना विकको, शिक्षक रेख बहादुर तामाङले पाल्मो तामाङको र अशोकबहादुर कट्वालले जिविसम् नेपालीको अभिभाकत्व ग्रहण गरेका हुन् । सातै जना विद्यार्थीका लागि बर्षभरिका लागि पुग्ने विद्यालय पोसाक, झोला तथा अन्य आवश्यक शैक्षिक सामाग्री समेत हस्तान्तरण गरे । 
यसैबिच कालीका माविको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरे ।
विद्यालयले प्रशंसा पत्र सहित दातालाई सम्मान गरेको हो । कार्यक्रमकै अवसरमा २०७४ सालको बालविकास देखि कक्षा ९ सम्मा प्रथम, द्धितीय, तृतीय र सान्तोना हुने विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
ओखलढुंगा केन्द्र बनाई सञ्चालित अनलाईनहरुको सहयोगमा

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho