साईकलबाटै बीस देशको भ्रमण

शेर्पाखबर

२०७५ जेष्ठ ८, मंगलबार


काठमाडौं (शेर्पाखबर) । विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकल वाट विश्वका बीस वटा मुलुकको भ्रमण गरेको छन । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समुहले “प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस” भन्ने नाराका साथ भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाईल्याण्ड, लाओस, कम्वोडिया, भियतनाम, बु्रनाई सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, ईजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको साईकलवाट भ्रमण गरेका हुन । 
विश्व साईकल यात्रा वारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साईकल यात्रीका रुपमा आँफु पुग्दाको अनुभवहरु सुनाएका थिए । साईकल यात्राका क्रममा लाओस,ताईवान लगायतका देशको यात्रा रोमाञ्चक रहेको वताउँदै आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । आँफुहरुले साईकल यात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनले वताए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साईकल यात्रा चुनौतीपूर्ण रहेको वताउँदै अवको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागी जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्न सुझाव दिँदै नेपाल पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने वताए । साईकल यात्रालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न सके त्यसले नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि गर्न सकिने उनको भनाई थियो । त्यस्तै नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले हाल विश्वका विभिन्न मुलुकमा नेपाली समुदायहरु रहेको र उनीहरु संगको समन्वयमा साईकल भ्रमण गर्न सुझाव दिए । । 
नेपाल उद्योग वाणिज्य महासंघ का कार्यसमिति सदस्य रामशरण थपलियाले साईकल यात्रा मार्फत अनिशको समुहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको वताउँदै आगामी दिनमा साईकल यात्रालाई नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताए ।
पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का महासचिव सागर पाण्डे, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिम्खडा, नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईं, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का  बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी र नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतले अनिशको समुहले विश्व साईकल यात्रा मार्फत नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गरेको धारणा राख्दै आगामी यात्रालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । 
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho