किवि खेतीबाट चर्चामा ‘पासाङ तेन्जी शेर्पा’

खिलक बुढाथोकी

२०७५ जेष्ठ ८, मंगलबार


दोलखा जिरी नगरपालिकाका पासाङ तेन्जी शेर्पाको नाम तीन क्षेत्रमा प्रसिद्ध छ । धेरैले पासाङ तेन्जीलाई आधुनिक फल किवि खेतीका किसान भनेर चिन्छन् । त्यसपछि उनी चिनिने अर्को क्षेत्र भनेको सामाजिक हो । समाजसेवीको रुपमा पनि उतिकै चर्चित छन् । त्यस्तै पासाङ तेन्जी चिनिने अर्को क्षेत्रचाँही होटल व्यवसाय हो । गोर्कण मन्दिर पुग्ने बेलाको बागमति नदि किनारमा रहेको उनले चलाएको होटल व्यवसायले भने उनलाई चिनाएको मात्र छैन् आर्थिक रुपमा पनि सबल बनाएका छ । 
पासाङ तेन्जीलाई एक सफल व्यक्तित्व मान्दा फरक पर्दैन् । उनी आम युवाको लागि प्रेरणाको स्रोत हुन् । केही गरौं भन्ने भावका तेन्जीको सफलताको कुरा गरिरहँदा उनले भागेका कष्टकर दिन भने भुल्नु हुँदैन् । सफलताको पछाडी अनेकौं संर्घष लुकेको छ ।
२०३० सालमा किसानी परिवारमा जन्मेका हुन् पासाङ तेन्जी । विद्यालय शिक्षा गाउँमा सकाएपछि २०५० मा पहिलो पटक काठमाडौं प्रवेश गरेका थिए । जागिरको लागि लामो समय भौतारिदा पनि नपाएपछि उनले के गरेनन् ? सडकमा बसेर मोजा बेच्नेदेखि चिया बेच्नेसम्म काम गरेको अनुभव तेन्जीसँग छ । 
२ वर्षसम्म निरन्तर सडकमा बसेर यस्तो अनुभव सँगालिरहँदा वैदेशिक रोजगारमा भूत चढयो उनीमा । ०५३ सालमा पहिलो पटक कुबेततिर लागे रोजगारीको लागि । त्यही क्रममा तत्कालिन राजकुमार दीपेन्द्र कुबेत पुगेका थिए । तेन्जीले पनि भेट्ने मौका पाएँ । दीपेन्द्रले त्यहाँ रहेका कामदारको अनुभव सुने । र, आफ्नो केही कुरा पनि सुनाए । कुरा सुनाउनेक्रममा दीपेन्द्रले भनेका थिए रे ‘मलाई पीएचडी गर्ने मन छ ।’
दीपेन्द्रको पढाइ मोहले पासाङ तेन्जीलाई पनि प्रेरणा मिल्यो । उनलाई लाग्यो राजाका छोराहरु त यसरी पढ्दा रहेछन् । हामीले त झन पढ्नु पर्ने रहेछ । अहिले भोगिरहेको दुख त नपढेर रहेछ । यसपछि उनी नेपाल फर्केर पशुपती क्याम्पसमा पढ्न थाले प्लस टु । पढाइसँगै गौसलामा कपडा पसल पनि गरे उनले । 
विड्म्बना, ०५८ मा दरवार हत्याकाण्डा भयो । दीपेन्द्रको पनि त्यही क्रममा ज्यान गयो । दीपेन्द्रको ज्यानै गुमेपछि तेन्जीको मन फेरि फेरियो । पढ्ने मन भाडियो । 
पढाइ र पसल दुबै छोडेर तेन्जी ताइवान हानिए । तर, पुगेन गन्तव्यमा । यो बीचमा उनले समस्या मात्रै झेले । दुख अत्यन्तै पाए । नेपाल आएर इजरायलको प्रक्रिया अगाडि बढाए । त्यहाँपनि भाग्यले साथ दिएन् । अन्ततः उनी पुगे दुबैको जुमिरा कम्पनीमा । 
जुमिरामा ८ वर्ष विताए उनले । यो अवधिमा पासाङले तलब मात्रै थापिरहेनन् । सीपहरु पनि सिक्दै गए । होटलको काम प्रायः सबै सिके उनले । यही अवधिमा उनले किवि भन्ने फलको बारेमा सामान्य ज्ञान पाए । त्यसबेलै तेन्जीले सोचेका थिए यस्तै फल फलाउन पाए त ।
दुबैमा रहँदा उनले एउटा गाइ फार्म डुलेका थिए । र, त्यो बेला पासाङले सोचेका थिए गाउँमा गएर म पनि गाइ फार्म खोल्छु । नेपाल फर्केपछि फार्म खोल्नको लागि प्रयास त गरे तर खोलेनन् । अनुसन्धनको क्रममा लगानी, बजार, जनशक्ती, चरिचरणको अभाव देखेपछि निरास बनेका पासाङको दिमागमा अर्को आइडीया फुल्यो । माछा पालन गर्ने । यसको लागि माछा पोखरी, व्यवसायी सबैलाई भेटेर काम थाल्ने निश्चित गरे । विड्म्बना, बौद्ध धर्ममा माछा पाल्नु राम्रो नमानिने भएकाले यो काम पनि अगाडि बढाउन सकेनन् ।


यसपछि पासाङ तेन्जीमा झन निरास छायो । अब के गर्ने भन्ने अन्योल रह्यो । यहीबेलामा विदेशमा सिकेको होटलसम्बन्धी सीप नेपालमै देखाउन मन लाग्यो । तर, त्यो लगानी उनीसँग कहाँ थियो र ? ठूलो होटल चलाउन नसकेपनि यस पटक भने उनले होटल खोलेरै छोडे । गोर्कणमा खाली जग्गा लिएर आफैंले टहरा बनाए र सुरु गरे सुकुवा घर । सुरुमा उनी आफैं भाडाँ माझ्थे । होटलको सबै काम गर्दथे । होटल नचल्ने हो की भनेर पासाङ तेन्जी खुब चिन्तित थिए । सोचे भन्दा फरक भयो । होटल मजाले चल्यो, त्यसरी चल्छ भनेर उनले सोचेका पनि थिएनन् । त्यसपछि उनले गाउँमा रहेको छोराछोरी बुढीलाई पनि काठमाडौं झिकाए र होटललाई व्यस्थित ढंगबाट चलाउन थाले । अहिले उनको होटलमा राम्रैसँग चलिरहेको छ । आम्दानी राम्रै छ ।
पासाङ तेन्जी फेसबुक सक्रिय छन् । समय मिलेसम्म चलाइरहन्छन् । होटल चलाउन थालेपछि ताप्तेजुङको एक जना कृषिको विद्यार्थीसँग फेसबुकमा चिनजान भयो उनको । त्यो विद्यार्थीलाई पासाङ सोधे, ‘नेपालमा कस्तो खालको खेती गर्दा राम्रो होला ।’
विद्यार्थीको उत्तरमा किवि खेती आयो । आफुले पनि लगाएको हुँदा किवि राम्रो रहेको समेत उस्ले सुल्झायो । विदेशमा रहँदा नै किविको बारेमा जानकारी पाएका पासाङ तेन्जी सुझाव पनि किवि खेती गर्नपर्छ भनेपछि चम्किए । 
किविको विज्ञ चन्दमान श्रेष्ठलाई लिएर गृहजिल्ला दोलखामा आफ्नो जग्गा हेर्न पुगे । चन्द्रमानले तेन्जीको जग्गा हेरेर हावापानी, जग्गाको आकार प्रकार सबै राम्रो भएको भनेपछि किवि खेतीको तयारीमा जुटे तेन्जी । यसबेला उनलाई गाउँलले हाँसेर उडउँथे । उनले कसैको कुरा सुनेन र साँडे २ वर्षअघि जिरीको जग्गामा रोपे किविको ८ सय ५० विरुवा ।
त्यसको केही समयपछि २ सय ५० विरुवा थप गरे उनले । पहिलो पटक रोपेको विरुवाले फल दिन थालि सकेको छ । यस वर्ष करिब ५० किलो किवि फल्यो उनको बारीमा । सबै गाउँलेहरुलाई किवि चखाएपछि पहिला किविको नाम सुन्दा हाँस्नेहरु अहिले पासाङ तेन्जीसँग किविको बारेमा सोध्न थालेका छन् । विरुवा मगाइदिन आग्रह गरिरहेका छन् । 
तेन्जीले सर्वाखास कृषि फार्म प्रा.लि नै दर्ता गरेर किवि फार्म चलाइरहेका हुन् । २ जनाले उक्त फार्ममा काम गरिरहेका छन् । उनी भने काठमाडौंमा व्यवसाय गर्छन् । फुर्सदको समय सामाजिक काममा खट्न्छिन् । बेलाबेलामा जिल्लामा फार्म भिजिटमा पनि पुग्छन् उनी । करिब ७० रोपनीमा फैलिएको उनको फार्मलाई भने अझै विस्तार गर्ने योजनामा छन् । झण्डै २५ सय विरुवा पारेर सयौं टन किवि उत्पादन गर्ने योजना छ उनको । अबको २ वर्षपछि उनले लगाएको १ बोटले झण्डै सय किलोको हारहारीमा उत्पादन दिन थाल्छ । प्रशस्तै उत्पादन भएर बजार नपाएको खण्डमा भने वियर कम्पनीको लक्ष्य पनि छ उनको । किवि फलाएर देशदेखि अन्तर्राष्टियस्तरमा चिनिने प्रयासमा रहेको पासाङ तेन्जीको सपना पुरा गर्न हामी सबैको सकारात्मक सहयोग जरुरी छ ।
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho