हाइड्रो पावरको कार्यालय स्थानीयद्वारा तालाबन्दी

sherpakhabar.com

२०७५ जेष्ठ ७, सोमबार


७ जेठ २०७५ - सोलुखुम्बुको निर्माणाधीन अपर सोलु हाइड्रो पावरको कार्यालयमा तालाबन्दी भएको छ । सोलुदुधकुण्ड नगरपालिकाका स्थानीयले विभिन्न माग राखी कार्यालयमा तालाबन्दी गरेका हुन् । आयोजनाले जिल्लाका तीन ठूला राजनीतिक दलहरु तत्कालीन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नाममा ६ करोड सेयर जारी गरेपछि स्थानीय असन्तुष्ट भएका हुन् ।

आयोजनाका जनसम्पर्क अधिकृत कैलाश थापाले भने राजनीतिक पार्टीलाई आधिकारिक रुपमा शेयर नदिएको जिकिर गर्दै संस्थापन शेयर लगानीकर्ताले चाहेको व्यक्ति वा संस्थालाई दिनसक्ने बताएका छन् ।