सगरमाथामा मेसिडोनियाली आरोहीको मृत्यु
शेर्पाखबर
२०७५ जेष्ठ ७, सोमबार

काठमाडौँ — सगरमाथा आरोहणका लागि उक्लिँदै गरेका मेसिडोनियाका ६२ वर्षीय आरोहीको आइतबार मृत्यु भएको छ । पर्यटन मन्त्रालयका अनुसार सात हजार मिटरभन्दा माथि उनको मृत्यु भएको हो ।
यसपटक मेसिडोनियाबाट एक जना मात्रै आरोहणका लागि नेपाल आएका थिए । त्यसैगरी एक सातादेखि आठ हजार मिटरमाथि एक नेपाली हराइरहेका छन् । लाबाबु शेर्पा नामका हाइअल्टिच्युड गाइड रहेका उनको शव अझै फेला परेको छैन ।
यस सिजनमा धौलागिरि हिमाल आरोहणमा एक स्पेनिस र ल्होत्सेमा रसियन गरी तीन विदेशीको मृत्यु भइसकेको मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यसैगरी मकालु हिमाल एक नेपाली शेर्पाको मृत्यु भएको छ ।
नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पनि शनिबार सगरमाथा आरोहण गरेकी छन् । गोरखा आरुघाटकी श्रेष्ठले यसअघि मनास्लु हिमाल आरोहण गरेकी थिइन् ।
@katipurdaily
@समाचारसँग तस्वीरको सम्वन्ध छैन । प्रस्तुत तस्वीर गुगलबाट लिइएको हो ।–सं