हराएको झोला

खिलक बुढाथोकी

२०७५ जेष्ठ ६, आईतबार


 

जब कथा लेख्न नयाँ विषय खोज्छु, लाग्छ मेरै जीन्दगी कथा हो । कथामा हुने विछोड्, पिडाका घुम्तीहरु जीन्दगीमा फिल्मको रिल जस्तै घुम्ती वर्षेनी आउँछन् । जसरी भित्तामा राखेको पात्रो वर्ष दिनमा फेरिन्छ, उसैगरी जिन्दगीमा कथा फेरिन्छन् । पात्रोको महिना र गते बाँकी रहे जस्तै जीन्दगीले फराकिलो पाठ बाँकी राख्छ ।
मलाई थाहा थिएन्, काठमाडौं कस्तो छ । गाउँका झुपडीमा हुर्किएको मेरो दिमागले काठमाडौंको परिकल्पना समेत गर्दैन्थ्यो । तैपनि काठमाडौं पुग्ने सपना भने साच्थेँ म । द्धन्द्धकालमा बन्दुकका आवाजहरु गाउँमा पनि सुनिन्थ्यो । कहिले आर्मी त कहिले माओेवादी आएर दुःख दिन्थे । स्कुलमा नयाँ अनुहार देख्ने बितिकै माओवादी आए, अबहामीलाई लैजान्छन् भनेर भागरे भाग चल्थ्यो हाम्रो । कहिले जंगल त कहिले मकैघारी, धानबारीमा गएर लुकेको सम्झिँदा शरिर काप्छ अहिले पनि । 
घरमा एउटा रेडियो थियो । समाचार सुन्दा डर लाग्थ्यो । आतंककारीले मारेको र मरेका बाहेकका समाचार त झुकिएर सुनिन्थ्यो । मन डराएको त्यही बेला हो कुनैै दिन यसैगरी रेडियोमा बोल्छु भनेर सपना देखेको । लागेको थियो, रेडियोमा बोल्ने मान्छे त ठूलो घरमा बस्छन् होला । कसैको डर नहोला । 
यही सपनालाई फुलाउन पनि काठमाडौं आउन चाहान्थेँ म । काठमाडौंं आएपछि त ठूलै मान्छे भइन्छ भन्ने मनमा लागेको थियो । अहिले पनि याद छ पहिलो पटक घर छोडेको दिन । अर्थात सपनाको सहर काठमाडौं हिँडेको दिन । 
र, त्यो दिन सम्झिदै गर्दा गर्व गर्दछु आफैंलाई, आफ्नो लाटोपनको लागि । म कति लाटो अनि सोझो रहेछु । त्यो अवस्थाबाट यहाँ आउन कति मेहनत गरेछु । त्यसैले त खुसी लाग्छ त्यो दिनको दैनिकी सम्झिँदा । 
सँगैको साथी उत्र्तिण भएर ६ कक्षामा गए । अनुत्र्तिण भएर म चाहीँ ५ कक्षामै बसेँ । यो बेला चिन्ताले धेरै दिनसम्म भात खाइन् । पढ्नलाई कन्जुस्याई गरिन् । एसएलसीसम्म पुग्दा पढाईलाई सुधारी सकेको थिए । अनुर्तिण हुने सम्भावना राखिन् । ७ कक्षामा एबीसिडी र १० कक्षामा गएर ग्रामर घोकेर भएपनि प्रथम श्रेणीको नतिजा ल्याए एसएलसीमा । 
‘काठमाडौं पढ्न जान्छु म ।’ बुबाआमालाई योजना सुनाए । 
झोला बोकेर हिड्न ठीक परेको थिएँ । पाँच हजार रुपैयाँ बुबाले गोजीबाट निकालेर दिनुभयो । भुटेका मकैको पोको ल्याएर ममीले झोलामा हाल्दिनुभयो । 
‘सबैले चिन्ने मान्छे बनेस्, हामीलाई नभुलेस् ।’ हिड्ने बेलामा ममीको आर्शिबाद थियो यो । 
२०६७ साल साउन १० गतेको दिन । पानी सिमसिम परिरहेको थियो । म झोला बोकेर हिँडेको देखेर होला, घर नजिकैको गोठबाट गोरुले बा....बा गर्यो । सायद गोरुले कहाँ जान लागेको भनेर सोधेको होला । 
काठमाडौ...गोरुले बुझने कुरा भएन् । अनि जवाफ दिइन् । काठमाडौ ंहिँड्दाको खुसी एकतिर थियो । बुबाआमा छोडेर हिड्नु परेको पीडा अर्कोतिर । बाटो हिँड्दा पसिनाको धारो छुटे । मनमनै सोचेँ, ‘हाम्रो छोरानातीको पालामा त गाडी आउँछ होला ।’
म आजकाल गाउँ जाँदा घरसम्मै गाडी चढेर जान पाउँदा त्यही दिनको मनमा उब्जेको छोरानाती शब्दलाई सम्झिन्छु । आफ्नै खेतमा आलु खनेर सिँधै गाडीमा हाल्न पाउँदा तीन दिन हिँडेर घुर्मी पुगे नुन ल्याउँदा डाढमा बनेका घाउ सम्झिन्छु । 
खुब हिँडिन्थ्यो, त्यो बेला । साँघुटारसम्म हिँडिन्थ्यो । उदयपुरको घुर्मीसम्म पुगिन्थ्यो । अहिले जस्तो खेतमा रहेका पराल घरमा पुराउन पनि ट्याक्टर चाहिने समय कहाँ थियो र त्यो । ७ घण्टा कसेर हिँडेपछि साँघुटार आइपुगेँ । लिखु नदि काटेपछि साँघुटार बजार आउँछ । रामेछापमा पर्ने साँघुटारमा त्यो बेला काठमाडौंबाट दुई वटा बस जान्थ्यो । 
मलाईचाहीँ लिखु तरेर साँघुटार पुग्न भन्दा ओखलढुंगाको माटोमा उभिरहन मन लाग्यो । आफ्नो मातृभुमिको माया कति हुनेरहेछ, पहिलो पटक १७ वर्षको उमेरमा आफ्नो जिल्लाबाट अर्को जिल्लामा टेक्नु पर्दा थाहा पाएँ । 
मातृभूमिसँगको लामो भलाकुसारीपछि मातृभूमीको एक चिम्टी माटो औंलाले च्यापेर सिउँदोमा राख्दै लिखु पार गरेँ । 
काठमाडौंको लागि बस भोलिपल्ट बिहान ६ बजे र ७ बजे छुट्थ्यो । दुई वटै बसमा टिकट अन्तिमको सिट मात्रै बाँकीथियो । ७ बजेको भन्दा ६ बजेकै काट्नु उपयुक्त ठानेँ । 
टिकट काटेर पनि लिखु नदी रामेछापपटीको किनारमा गएर आफ्नो जिल्ला ओखलढुंगालाई हेर्दै बसेँ । साँझ परेपछि होटलमा आए । घर छोड्दाको पहिलो रातभएर होला, निन्द्रा पटकै लागेन् । लाग्दै लागेन् । मनमा अनेक भाव उब्जिए । एसएलसीको घर छोड्दाको पहिलो रात विषयमा मनोबाद लेख्नुस् भन्ने प्रश्न सम्झिए । लाग्यो, त्यो प्रश्नको जवाफ यतिबेला लेख्न मिल्ने भए सबै कापी यही मनोबाद लेखेर भरिदिन्थे । 
विहान ६ बजे बेस्कन हर्न बज्यो । कतिबेला निदाए, पत्तो भएन् । हर्न बज्दा भने मस्त निन्द्रबाट ब्युझिए म । झोला मिलाए । पर्सबाट बुबाले दिएको पाँच हजार पैसा निकालेर ममीले दिएको मकैको पोको भित्र हाले । हराउला भन्ने ठूलो डर थियो । एसएलसीको प्रमाणपत्र पनि पानीले भिज्दाकी भनेर प्लाष्टिकमा बेरे । 
साँघुटारमा पिपलको बोट छ । गाडी त्यही आएर बसिरहेको रहेको रहेछ । अन्तिम सिटमा लगेर झोला राखेँ । मलाई गाडी चढ्दै गर्दा खुबै मातृभूमीको याद आयो । बसबाट ओर्लिएर लिखु वारी ओखलढुंगा आएर ढोगेँ मैले । मातृभूमीसँग आर्शिवाद मागेँ । निकैबेर टोलाए । 
झोला राख्दा बसभित्र दुईचार जना मान्छे थिए सिटमा । फर्केर जाँदा बसभित्र  कोही थिएनन् । अन्तिम सिटमा गएर झोला हेरेँ । देखिन मेरो झोला पनि । सोचेँ खलासीले कतै राखिदिएको होला । सिटमा टोलाएर बसिरहेको थिए । एकपछि अर्को गर्दै गाडी भरियो । गाडी गुडेपछि मैले मेरो जिल्ला ओखलढुंगालाई देखुन्जेल हेरिरहेँ । देखिन छोडेपछि मनमनै सम्झिन थाले । पहिलो पटक मातृभूमी छोड्दाको पीडाले आकुल थिए म । मन मातृभूमीको पिडाले टम्म भरिएको थियो । 
‘भाई तिम्रो भाडा ।’ सहचालक आएर बोलाए । 
‘तिम्रो भाडा देउ न । सुनेनौं ।’ म तिरै हेरेर सहचालकले हर्कान थालेको जसो गरे । टिकट काट्ने बेलै भाडा तिरेकाले अलमल्ल परेँ म । गाडीमा पनि थप भाडा दिनुपर्ने रहेछ जस्तो लाग्यो । 
‘मेरो झोला खोई ?’ सहचालकलाई सोधेँ । 
‘यो कस्तो मान्छे रहेछ, भाडा देउ भन्छु, झोलाखोइ भनेर झर्किन्छ ।’ सहचालक रिसाए जसो गर्दै थिए । ‘तेरो गाडीमा राखेको झोला, अरु कसलाई सोधु ?’ म बीचमै बोलिदिए । 
‘तिमी पहिलो पटक गाडी चढ्दै छौं जस्तो छ, बिचार पुराएर बोल ।’ 
म नाजबफ भए । बुबाले दिएको पाँच हजार पैसा सम्झिए । झोला हरायोकी भनेर मनमा चिन्ता पर्यो । गाडीमा चोरी हुन्छ भनेको सुनेको थिए । मेरो झोला पनि चोरी भएछ क्यारे भन्ने लाग्यो । 
‘भाडा देउ, पहिला अनि झोला खोज्नु ।’ सहचालक कराउन छोड्नन् । 
‘मसँग टिकट छ ।’ पर्सबाट टिकट निकालेर देखाए । 
‘ए, भाइ त कडा रहेछौं, एउटा गाडीको टिकट काट्ने अर्कोमा चढ्ने । अनि भाडा नदिई उल्टै झोला माग्ने ?’
गाडीमा झोला राखेर म मातृभूमीलाई नमन गर्न गए । फर्केर आउँदा त्यहीँ ठाउँमा बस थियो । अन्तिम सिटमा गएर बसेँ, तर मेरो झोला थिएन् । मैले झोला राखेको बस ६ बजे नै गुडिसकेछ । त्यहीँ ठाउँमा आएर बसेको अर्को बस भने अर्कै थियो । म त्यही बसमा बसेँ । मेरो झोलाचाँही अघिल्लो बसमा गयो । बुबाले दिएको पाँच हजार, ममीले पोको पारीदिएका भुटेका मकै र १० वर्षसम्म मेहनत गरेर प्राप्त गरेका प्रमाणत्र म भन्दा अगाडिको बसमा काठमाडौं जाँदैछन् । यो थाहा पाएपछि आँखा आँशुले टम्म भए । बसभित्र अन्धकार जस्तो देखेँ । झ्यालबाट चियाउँदा पनि अध्याँरो नै देखेँ । सायद, बत्ति बालिनको लागि यो अध्याँरो भएको पो थियो कि ? बाँकी.........

खिलक बुढाथोकीका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho