जनविद्रोहलाई त्रसित पार्न नेकपामा दुई अध्यक्षः आङ काजी शेर्पा 

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ ५, शनिबार


काठमाडौं (शेर्पाखबर) । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा वेलावेलामा कडा टिप्पणी र खरो स्वभावका कारण चर्चामा आउने गरेका छन् । उनी राजनैतिक तथा विभिन्न घटना क्रममा चुप वस्न सक्दैनन् । दैनिक सामाजिक सञ्जालमार्फत विद्रोह, असन्तोष, व्यक्त गर्ने शेर्पाले जेठ ५ गते विहानै माओवादी र एमाले एकता सम्वन्धमा लामै टिप्पणी आफ्नो सामाजिक सञ्जालमा व्यक्त गरे । विशेषता आदिवासी अधिकारका सम्वन्धमा मत राख्ने शेर्पाले नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष रहनुका कारण बारे आफ्नो विचार राखे । माओवादीबाट प्रचण्ड र एमालेबाट प्रधानमन्त्री समेत रहेका केपी ओली कम्युनिष्ट पार्टीका अध्यक्षको रुपमा रहने गरी पार्टी एकता भएपछि उनले आफ्नो विश्लेषण सार्वजनिक गरे । 
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका शेर्पाले सामाजिक सञ्जालमार्फत दुई अध्यक्षका विषयमा लामो टिप्पणी गरीरहँदा विश्लेषण गर्ने र ठोस् जवाफ भने सामाजिक सञ्जालमा आफूलाई पछ्याई रहेका प्रयोगकर्ताहरुबाट नै अपेक्षा गरेका छन् । सामाजिक सञ्जालमा लोकप्रिय नेताको रुपमा समेत चिनिएका शेर्पाले गर्ने सटिक टिप्पणीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सोचनिय बनाएको छ । उनले व्यक्त विचार जस्ताको तस्तैः
‘नेपाल कम्युनिष्ट पार्टीको 
नाममा (अण्डरलाईन) जोडेको र 
एउटा पार्टीमा २ अध्यक्ष राखेकोबारे 
उठेका प्रश्नहरू र उत्तरहरू
(१) नेपाल कम्युनिष्ट पार्टीको नाममा अण्डर लाईन किन जोडेको ?
अण्डर लाईनको अर्थ महत्व दर्शाउनु हो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि पार्टी एकिकरण संभव भएको ऐतिहासिक महत्वलाई दर्शाउन र सदैव स्मरण गराउन पार्टीको नाममा अण्डरलाईन जोडेको !
(२) एउटा पार्टीमा २ जना अध्यक्ष किन ?
(क) एकः पुरूष प्रेमीको प्रतिनिधत्व र आर्काे स् महिला प्रेमिको प्रतिनिधित्वका लागि !
(ख) एकः भारतलाई खÞुशी पार्न र आर्काेः चीनलाई खÞुशी बनाउन !
(ग) एकः बन्दुक र प्रेसर कुकर बम देखाएर विद्रोह गर्न खोज्ने नेपाली जनता तथा मृत शहिदहरूलाई तर्साउन र आर्काेः पीडामा जीविन विताई रहेका नेपाली जनता र शहिदहरूका परिवारलाई जोक्स भनेर हसाउन !
(घ) एकः सत्यनिरूपण तथा मेलमिलाप आयोगमा माओवादी नेताहरू विरुध्द जनयुद्धकालिन जंघन्य अपराध सम्बन्धि थन्केका मुद्धहरूका फÞायलहरू जलाउन र आर्काेः एमालेका नेताहरूले गरेका भ्रष्टाचार सम्बन्धि अख्तियारमा लोकमान सिह कार्कीले अनुसन्धान गरेका फायलहरू जलाउन !
(ङ) एकः जनजातिका पनि ज्वाई अध्यक्ष भयो भनेर जनजातिहरूलाई गर्व अनुभुति गराउन र अर्काेः बाहुनको पनि ज्वाई प्रधानमन्त्री भयो भनेर बाहुनहरूलाई गर्व महशुस हुन दिन !
(च) खानेकुरामा यसो भागबण्डा नमिलेर निकट भविष्यमा पार्टी फुटाउन परेमा एक स् जना माओवादी केन्द्रको अध्यक्ष हुन र आर्काे स् एमालेको अध्यक्ष हुन !
(छ) एक जनाः नेपालमा मार्क्सवादी जनक्रान्ति अझै संभव छ भनेर चीन, रूस र क्यूबाबाट डलर ल्याउन र अर्काेः नेपालमा शान्ति स्थापना भई सक्यो भनेर अमेरिका, बेलायत र यूरोपियन युनियनबाट खरबौ डलर ल्याउन !
(ज) एक जनाः उत्पीडित जाती समुदयरलिड्०गरवर्गरक्षेत्र मुक्ति गर्छु भन्ने खोक्रो राष्ट्रवाद नारा लगाउन र अर्काेः आदिवासी जनजाति, मधेसी, मुश्लीम र शिल्पीहरूमाथी भएका विभेदका आवजहरूलाई ओझेल पार्न आर्थिक समृद्धको नक्कली नारा लगाउन !
(झ) एक जनाः ढाका टोपी लगाउने अध्यक्ष र अर्काेः भादगाउले टोपी लगाउने अध्यक्ष !
(य) एक जनाः दौरा सुरवाल लगाउने अध्यक्ष र अर्काेः कोट पाईन्ट लगाउने अध्यक्ष !
(३) केपी ओली नाम मोटो अक्षरमा र प्रचण्डको नाम पातलो अक्षरमा किन लेखेको ?
केपी ओलीको शरीर पातलो भएकोले नामको अक्षर ठूलो राखेको र प्रचण्डको शरीर मोटो भएकोले नामको अक्षर पातलो राखेको ! दुवैको तौल ५०–५० बनाउन यसो गरेको !
(४) केपी ओली अगाडी कÞलम देखाएन तर प्रचण्डको अगाडी कलम किन देखायो ?
यो प्रश्नको उत्तर पाठकहरूबाट पाउने आशा लिएको छु !
आदिवासी अभियान्त 
आङ काजी शेर्पाको 
राजनीतिक विश्लेषणामा आधारित !’