dikki

शिखरबाट लैंगिक समानताको उद्घोष गर्न सफल ‘दिकी शेर्पा’ 

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ ३, विहिबार

0 0


काठमाडौं (शेर्पाखबर) । संखुवासभाकी दिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छिन् । पिक प्रमोशन ट्रेकिङ कम्पनीबाट आरोहणका लागि गएकी शेर्पाले विहीबार विहान सफल आरोहण गरेकी हुन् । 
‘लैंगिक समनताका लागि सकारात्मक सोच, समावेशी समाज निर्माणका लागि सगरमाथा शिखरबाट उद्घोष’ भन्ने आदर्शसहित आरोहण अभियानमा जुटेकी शेर्पाले जेठ ३ गते विहान ८ः२५ बजेको समयमा शिखर चुमेको पिक प्रमोशनका मार्केटिङ म्यानेजर पासाङ शेर्पाले जानकारी दिए । दिकी सहित भारतीय नागरिक भागवन चावाले, प्रजित प्रदेशीले शिखरमा पाइला टेके । उनीहरुलाई आरोहण सफल पार्न  दोर्जी शेर्पा, दावा शेर्पा र आङ कामीले साथ दिएकी थिइन् । 
यससँगै समावेशी आवाजसहित सगरमाथा आरोहण गर्ने उनी पहिलो नेपाली महिला बनेकी छिन् । ओखलढुंगामा  वसोवास गर्ने शेर्पा पथ प्रदर्शकहरुको साझा संस्था ट्रकीङ गाईड एशोसियशन नेपाल अर्थात टिगानका सह कोषाध्यक्ष समेत रहेकी छिन् । उनको आरोहण सफल पार्न पर्यटन सञ्चार क्लवले समन्वय गरेको थियो । उनले सगरमाथाको शिखरमा विभिन्न संस्थाको झण्डासमेत फरफराएकी छिन् ।