दाबुटी शेर्पाले शिखर चुमिन 

शेर्पाखबर 

२०७५ जेष्ठ २, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाली कफिको प्रवद्र्धन र प्रचार अभियानसहित दाबुटी शेर्पाले सगरमाथा आरोहण गरेकी छिन् । दोलखाकी शेर्पाले हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् । आरोहणको आधिकारीक जानकारी भने प्राप्त भै नसकेको पर्यटन बोर्डका अधिकारी रामप्रसाद सापकोटाले जनाए । 
सगरमाथाको चुचुरो चुमी नेपाली कफी बजारलाई विश्वसामु चिनाउने र कफी उत्पादनमा बृद्धि गरी रोजगारको सृजना गर्ने उनको मुख्य उद्देश्य पुरा भएको छ । शेर्पा २०१३ मा लजिम्पाटमा भएको मितिनी क्याफेबाट बरिस्त भएका हुन् । ६ बर्षको लामो अनुभवले उनी बरिस्त सुपरभईजर हँुदै प्रशिक्षकको रूपमा काम गर्दै आईरहेकी छिन् ।
कफि बजारलाई बिस्तार गर्न उनले आफैंले बौद्ध रामिटीमा मितिनी क्याफेको ब्रान्च समेत खोलेर ब्यबसाय गरिरहेका छन् । नेपाल शेर्पा विद्यार्थी संघ र शेर्पा सञ्चार समूह नेपालका सदस्य समेत रहेका उनी दोलखा जिल्ला सिमी गाउँका हुन । उनी यस सिजनको सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत रहेका छन् । शेर्पा सगरमाथा आधारशिविरबाट बुधबार काठमाडौं फर्किदै छिन् । उनीले पहिलो पटक सगरमाथा र ल्होत्से चुचुरोबाट कफि बनाउँदै विश्व किर्तिमान कायम गर्ने ध्याउन्नमा छिन् ।