प्रवासी कर्म, नेपाली मनः राजदूत शेर्पा

शेर्पाखबर

२०७५ बैशाख २६, बुधबार


अष्ट्रेलीया । अष्ट्रेलीयाको उतरी भुभाग डार्बिनमा नेपाल प्रर्वद्धनात्मक मेला शुरु भएको छ । नेपाल र अष्ट्रेलीयाबीच कुटनितिक सम्बन्ध स्थापना भएको झन्डै ६ दशक र १५ वर्ष नेपाली दुताबास स्थापना पश्चात नर्थ अष्ट्रेलियामा यतिका ठूलो नेपाल चिनाउने कार्यक्रम भएको पहिलो पटक हो । कार्यक्रमको प्रमुख आतिथ्यता डार्बिनका गभर्नर माईकल गर्नर र नेपाली राजदुतले संयुक्त्त रुपमा गरेका थिए ।
महोत्सवमा सहभागी हुन संघीय राजधानी क्यानबेराबाट अस्ट्रेलीयाका लागि नेपाली राजदूत लक्की शेर्पा, मेलबर्नबाट गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय समितिका पूर्वअध्यक्ष शेष घले, उनकी पत्नी जमुना घले, गैरआवासीय नेपाली संघ अस्ट्रेलीयाका अध्यक्ष तोनु घोताने, उपाध्यक्ष केशव कंडेल, सिड्नीबाट गैरआवासीय नेपाली संघका सचिव देव गुरुङ, पूर्वउपाध्यक्ष दिनेश पोखरेल, ब्रिसबेनबाट महासचिव नारायण कोइराला लगायत यहाँका प्रवासी नेपाली नेताहरु आइपुगेका छन । दुई देशबीचको लामो कुटनितिक सम्बन्ध र दुई दशकको दुताबास स्थापना पश्चात नेपाली राजदुत नर्दन टेरिटोरी पुगेको यो पहिलो अवसर रहेकोमा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।
१० वर्षअघि डार्विनमा नेपाली समुदाय संगठित गर्ने इन्जिनियर राजु अधिकारी राजधानी क्यानबेराबाट बिहीबार नै डार्विन आइपुगेका थिए ।
पूर्वी एसियाका देश तथा टापुहरुसँग जल तथा हवाई मार्गबाट छिटो जोडिने डार्विन सहरमा नेपालीको बसोबास भएको यो शताब्दीको सुरुदेखि मात्रै हो । युद्दग्रस्त पूर्वी एसियाका देशहरुमा शान्ति सेनामा आउने नेपाली सेनाहरुले पर्यटकीय रुपमा घुमफिर गर्ने गरेको डार्विन सहरको चार्ल्स डार्विन विश्वविद्यालयमा नेपाली विद्यार्थीका रुपमा आएर सामाजिक रुपमा सक्रिय रहेका राजु अधिकारीले आफूहरुले देखेको ठूलो सपना आज पूरा भएको बताए । अधिकारीले भने, ‘आजको महोत्सवमा सहभागी हुँदै गर्दा म गौरवान्वित भएको छु ।’
महोत्सवको पूर्वसन्ध्यमा शुक्रबार भएको रात्रि भोजमा उनले मित्र शम्भु कंडेल लगायत आफूहरुले दस वर्षअघि डार्विनमा नेपालीहरुको ठूलो सामुहिक जमघट गर्नेबारे देखेको सपना आज पूरा भएको बताए ।
यस्तो थियो पहिलो सपना
डार्विनमा चर्चित मिनडिलविचमा प्रत्येक वर्ष भारतीय आप्रवासीहरुले ‘इंडिया इन मिनडिल’ नामक महोत्सव गर्ने गर्दछन् । डार्विनमा नेपाली समुदाय संगठित गर्दै गरेका राजु अधिकारी, शम्भु कंडेल लगायतले ‘नेपाल इन मिनडिल’ गर्नुपर्ने सपना साचे जुन साकार भएन । आजको नेपाल महोत्सवलाई उनीहरु त्यही सपनाको मूर्त रुप ठान्छन् ।
गैरआवासीय नेपाली संघ नोर्दन टेरिटोरी र नेपालिज यसोसिएसन अफ नोर्दन टेरिटोरीको संयुक्त आयोजनामा यहाँको राज्य सरकार र ब्यवसायीहरुको सहकार्यमा भैरहेको यो महोत्सवमा यहाँ बसोबास गर्ने सयौं नेपाली तथा अस्ट्रेलियनहरुको सहभागिता भैरहेको छ । डार्विनमा बसोबास गर्ने नेपालीहरुको संख्या दुई हजार बढेको अनुमान छ ।
सिड्नीमा दुई पटक नेपाल महोत्सव गर्दाको अनुभव भएका एनआरएनका पूर्व उपाध्यक्ष दिनेश पोखरेलले आफू डार्विन महोत्सवलाई हौसला बढाउन आएको बताउँछन् ।
एनआरएन एनटीका पूर्वउपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो कार्यकालमा महोत्सव गर्ने सपना भएपनि पूरा नभएको र यसपटक हुँदा आफु निकै खुशी भएको बताए ।
केही वर्ष अघि आफूलाई अस्ट्रेलियामा पहिलो पटक डार्विनमा मानव अधिकार सम्बन्धी गोष्ठीमा निमन्त्रण आएको तर त्यतिबेला आउन नपाएको बताउँदै अहिले नेपाल सरकारको शुभकामना बोकेर आफू यहाँ आउन पाउँदा निकै खुशी लागेको राजदूत लक्की शेर्पाले बताइन् ।
आयोजकहरुका तर्फबाट यहाँका नेपाली समुदायका नेताहरु हरि रिजाल तथा सुदीप श्रेष्ठ लगायतले पाहुनाहरुको स्वागत गरेका थिए ।
दिउँसो तीन बजे नेपालीहरुको परेड भएको थियो भने साँझ ५ बजे औपचारिक उद्घाटन भएर राति ९ बजे समापन भएको छ ।
२० वर्षयता नेपालीहरुको बसोबास हुँदै आएको अस्ट्रेलियाको उत्तरी डार्विन सहरमा पहिलोपटक नेपाल महोत्सव सुरु भएको हो । नेपाली नयाँ वर्ष २०७५ को अवसर समेत पारेर महोत्सव आयोजना गरिएको हो ।
अष्ट्रेलियाको सबैजसो राज्यमा अबैतनिक बाणिज्यदुत रहेतापनि डार्बिनमा भने स्थापना हुन सकेको छैन । जसका लागि यहाँका नेपालीहरुले पहल गरी राखेका छन ।

समाचार स्रोतः सगरमाथाअनलाईन

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho