मोदी सरकारलाई बौद्ध जोरपाटी घुमाउँदा पो होला की !

चन्द्र आले

२०७५ बैशाख २५, मंगलबार


काठमाडौं । चावहिल जोरपाटी सडकमा यात्रा गर्नेहरुले दुःख पाएको महिनौं भइसक्यो । पानी पर्‍यो भने हिलाम्ये हुन्छ, घाम लाग्यो भने बाङबुङ्ती धुलो उड्छ । सडकमा यति धेरै खाल्डाखुल्डी छन् कि स्कुटरमा यात्रा गर्न महाभारत पर्छ ।

स्थानीयबासीले सडक तत्काल मर्मतसम्भर गर्न नारा लगाएनन् कि सडकमा धान रोपेनन् ? तर, कसैले सुनेनन् । चुनावको बेला ठूलठूला गफ दिने जनप्रतिनिधि पनि दुला पसे ।

तर, सोमबार एकाएक  सडक पिच हुन थालेकाे देखेर स्थानीय तथा यात्रुहरु छक्क परे ।
चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको थियो । कतिपयलाई लाग्यो, अब यो बर्षामा दुःख नपाइने भयो । तर, केही अगाडि बढेपछि त्यो भ्रम टुट्यो ।

सडकमा हायात होटलको केही अगाडिबाट पिच भएको छैन । काम गर्ने कुनै सुरसार पनि छैन । त्यसपछि उनीहरुले अनुमान लगाए, कोही भीआईपी पो आउँदैछन्  कि ?

हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन् । उनी चुच्चेपाटीस्थित हायात होटलमा बस्ने कार्यक्रम छ । त्यसैले सडक विभागले हतार हतार होटलसम्म सडक पिच गरेको हो ।

सडकको दुबै तर्फ ढल समेत के कस्तो छ, नहेरी कालोपत्रे हालिएको छ । यो कति दिन टिक्छ भन्न सकिन्न ।

हायात कटेर केही मिटर अगाडि बढेपछि सडकको दुरावस्ता उस्तै छ । मंगलबार एक स्थानीय भन्दै थिए, ‘मोदीलाई नारायणटार जोरपाटीसम्म लैजान मिल्दैन ? ‘कम्तिमा यो सडक कालोपत्र हुन्थ्यो कि ?’

@onlinekhabar

चन्द्र आलेका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho