७ प्रदेशमा जाने निर्णयप्रति शेर्पा प्रदेश समितिको ‘असन्तोष’

साङ डोमा शेर्पा

२०७५ बैशाख २५, मंगलबार


काठमाडौं (शेर्पाखबर) । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति वैठक हालै राजधानीको तिनकुनको एक पाटीप्यालेशमा सम्पन्न भएको छ । वैठकले गरेका अधिकांश निर्णय सकारात्मक भएपनि ‘प्रदेश संख्या’ सम्बन्धि निर्णयमा शेर्पा प्रदेश समितिले असन्तुष्टि व्यक्त गरेका छन् । 
संविधान संशोधन र जातीय पहिचानका आधारमा प्रदेशको नामांकरण हुनुपर्ने माग अघि सार्दै आएको पार्टीले केन्द्रीय समितिको वैठकबाट ७ प्रदेशलाई नै सैद्धान्तिक प्रारुप दिने निर्णय गरेपछि असन्तुष्टि बढेको हो । समाजवादी फोरमले पछिल्लो निर्णयबाट पार्टीले अघि सारेको १० जोर १ लाई सैद्धान्तिक र वर्तमान राज्यले अंगिकार गरेको ७ प्रदेशलाई कार्यकारी बनाउने निर्णय गरेको थियो । तर, शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पा लगायतले भने पहिचानसहितको ११ प्रदेशलाई कार्यकारी र ७ प्रदेश समितिलाई समन्वयकारी बनाएर अघि बढ्नुपर्ने फरक मत राखे । ‘हामी पहिचान सहितको संघीयताको पक्षमा छौं । वर्तमान राज्य व्यवस्थाले जवरजस्त सर्वस्वीकार्य बनाउन खोजेको ७ प्रदेश हामीलाई कुनैपनि अर्थमा स्वीकार्य छैन तर पहिचान र समाजवादी मार्ग अवलम्बन गर्ने पार्टीले पनि अहिले कै अवस्थालाई स्वीकार्ने निर्णय गरेका छ । यो लम्पसरवादी प्रबृत्ति र प्रतिगमन हो ।’ अध्यक्ष शेर्पाले भने ‘हामी ७ प्रदेशलाई समन्वयकारी बनाएर ११ प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्छौं तर पार्टीले ११ प्रदेशलाई लक्ष्य बनाएको छ ।’
आम उत्पीडित बर्ग, समुदायको हकहितको लागि पहिचान, समाजवादलाई सिद्धान्तको रुपमा अघि बढ्दै आएको पार्टीले हचुवाको भरमा ७ प्रदेशलाई स्वीकार्दै आफ्नो राजनैतिक मुद्दा र सिद्धान्तलाई तिलाञ्जली दिने काम गर्नु लजस्पद विषय भएको अध्यक्ष शेर्पाको आरोप छ । उनले भनेका छन् ‘निर्णय नसच्याए परिणाम गम्भिर पनि हुन सक्छ । उही पुरानै ‘प्रचण्डे’ शैली अपनाउने भए नयाँ पार्टी र सिद्धान्तको परिकल्पना किन गर्नु पर्यो ?’ 
अध्यक्ष शेर्पाले यससम्वन्धमा निर्णय लिन राजधानीमा प्रदेश समितिको वैठक समेत आह्वान गरेको छ । संघीय निर्वाचन २०७४ मा शेर्पाले सोलुखुम्बुबाट उम्मेदवारी दिएर सम्मानित मत समेत प्राप्त गरेको छ । अध्यक्ष शेर्पा वैकल्पीक केन्द्रीय सदस्य रहेका छन् । फोरम केन्द्रीय समिति वैठक १९ देखि २१ वैशाखसम्म भएको थियो ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho