इतिहास रच्नेगरी काम गर्छु ः नवनिर्वाचित एन्फा अध्यक्ष शेर्पा 

खिलक बुढाथोकी 

२०७५ बैशाख २२, शनिबार

karma tshering sherpa aanfa

काठमाडौं (शेर्पाखबर) ।अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्माछिरिङ शेर्पा अध्यक्षमा विजयी भएका छन् । 
शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङले ६३ मत पाएका छन् भने  उनका प्रतिस्पर्धी मणि कुँवरले जम्मा १२ मत पाए ।
एन्फाको शुद्धीकरण अभियान चलाएका कर्माछिरिङ सहित केन्द्रीय कार्यसमितिमा उनको प्यानल नै आएको छ । 
चार उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् । ११ सदस्य पनि उनकै प्यानलबाट आएका हुन् ।
सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शेर्पाले एन्फाको इतिहास राख्नेगरी काम गर्ने प्रतिक्रिया दिएका छन् । ‘म एन्फालाई सुर्धान दिनरात नभनि लागेको व्यक्ति हुँ’, विजयीपछि शेर्पाखबरसँग कुराकानी गर्दै उनले भने, ‘अब झन सिंगो नेपाली फुटबल जगतको जिम्मेवारी काँधमा लिएको छु । इतिहासमा नाम रहनेगरी काम गर्नेछु ।’ अबको कार्यसमितिले कस्ता कामह? गर्नेछ भनेर आउँदो सोमबार बस्ने कार्यसमिति बैठकले खाका तयार गर्ने उनले प्रतिक्रिया दिएका छन् । र, उनले छिट्टै पत्रकार सम्मेलन आयोजना गरी आफ्नो योजना सार्वजनिक गर्ने समेत जानकारी दिए । 
 

@तस्वीरः सामाजिक सञ्जाल

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho