दुई विरेन्द्रको आत्मा संवेग गजल संग्रह सार्वजनिक

याङजी शेर्पा

२०७५ बैशाख २२, शनिबार


धनकुटा (शेर्पाखबर) । कृषि प्राविधिक विरेन्द्र ग्याबा तामाङ र विरेन्द्र रम्तेलद्वाराको गजल संग्रह ‘आत्मा संवेग’ सार्वजनिक गरिएको छ ।
धनकुटाको राजारानी स्थित वर्षेनी लाग्ने चण्डी पूर्णिमा मेलामा गजल संग्रह सार्वजनिक गरेको हो । कृषि प्राविधिकको रुपमा कार्यरत रहेका गजलकार विरेन्द्रका अनुसार ‘साहित्यमा नयाँ इँटा थाप्ने र प्रतिस्पर्धा भन्दापनि संरक्षण गर्ने हेतुले गजल संग्रह ल्याइएको हो ।’ 
गजल संग्रहलाई साहित्यकार दिवा चेमजोङ, इलाका प्रशासन कार्यालय राजारानी धनकुटाका इलाका प्रशासन प्रमुख विदुर गौतम, इलाका प्रहरी कार्यालय राजारानीका प्रमुख मोहन थापा,गायक तथा संगीतकार देवेन चेम्जोङ र चण्डी पुर्णिमा सांगीतिक साँझका संयोजक बिजु राईले संयुक्त रुपमा संग्रह लोकापर्ण गरे ।
पाचथरका सर्जक विरेन्द्र रम्तेलको पचास र ओखलढुगेली सर्जक विरेन्द्र ग्याबा तामाङको पचास वटा गजल सङग्रहित छन् ।
अक्षरधाम प्रकाशन गृह काठमाडौले प्रकाशन गरेको गजलबाट युवा पुस्तामा लेखनवृत्तिका लागि हौसला मिल्ने सर्जकद्धयको दाबी छ । उनीहरुले आफूहरुको संग्रहलाई पारिस्कृत गर्दै बढ्न सुझावका लागि याचना समेत गरेका छन् । 
 

याङजी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho