विदा कटौतीको विरोधसभाको अग्रभागमा देखिए ‘आङकाजी’

लाक्पा जी शेर्पा

२०७५ बैशाख २२, शनिबार

0 0


काठमाडौं (शेर्पाखबर) । सरकारले आदिवासीहरुको मौलिक चाडपर्वमा दिइदै आएको विदा कटौती गरेपछि तिब्र विरोध शुरु भएको छ । विरोधका कार्यक्रम अन्तर्गत माइतघर मण्डलामा आदिवासी जनजाति महासंघले दर्शन गरे । 
सरकारले हालै भेगीय विदा मात्रै पाउने गरी राष्ट्रिय विदाहरु कटौती गरेका थिए । लोसार, उभौली उँधौली लगायतका आदिवासीको मौलिक चाडहरुमा दिँइदै आएको विदाहरु प्रदेशले निर्णय गरेर दिन सक्ने भन्दै कटौती गरेको थियो ।  आफूहरुसँग कुनै परामर्श नगरी विरोधमा उत्रनु परेको आन्दोलनको अगुवाई गरी रहेका महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी बताए । 
आदिवासी जनजाति महासंघ अन्तर्गत जातीय घटकहरुको सहभागितामा भएको विरोध कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष आङ काजी शेर्पा अग्रभागमा देखिएका छन् । आन्दोलनको नेतृत्व गर्दै नेता शेर्पाले आदिवासीहरुको पहिचानलाई नामेट बनाउने दुस्प्रयास स्वरुप मौलिक चाडमा विदा कटौती गरेको आरोप लगाए । उनले अघि भने ‘यो ओली सरकारको नश्लवादी रवैया हो । विस्तारै हामीलाई समाप्त पार्ने र एकात्मक जातीवादी शासन हावी गराउने कदम हो ।’ संघीय समाजवादी फोरमका स्थायी समिति सदस्य समेत रहेका नेता शेर्पाले सामाजिक सञ्जालमार्फत विदा कटौतीको तिब्र विरोध जनाउँदै आएको छ । 
 विभिन्न जातजातिहरुको मौलिक संस्कृती, संस्कारको जगेर्ना, पुनःउत्थानका लागि राज्यले भूमिका खेल्नुपर्नेमा विपरित कदम चालेर अस्तित्व समाप्त पार्न खोजेको भन्दै आदिवासीहरुले चर्को विरोध गरिरहेका छन् । उनीहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेर विदा कटौतीको निर्णय फिर्ता लिन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । सरकारले तत्काल निर्णय नसच्याए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।