pasang lhamu

पासाङ ल्हामु ‘महिला जागरणको प्रतिरुप’

कृपा सुर शेर्पा

२०७५ बैशाख १९, बुधबार

1 0


मानिसहरु जन्मन्छन् र मर्छन् यो यथार्थ कुरा हो र ध्रुवसत्य पनि । कोही मानिसहरु सयौं बर्ष बाँच्छन्, तर उनीहरुको समाज विकार र परिवर्तमा कुनै योगदान हुन्न्, देखिन्छन् केवल मासुको डल्ला मात्र । कोही कोही पूर्ण अयाू जीवित रहन सक्दैनन््, चाँडै मर्दछन् । तर, उनीहरुले बाँचुन्जेल गरेको साहसिक कर्म वा सत्कर्मको कारण समाज र राष्ट्रमा बाँचिरहेकै हुन्छन् । त्यसैको एक उादहारण हो पासाङ ल्हामु शेर्पा । 
हिमाली दर्गम गाउँवस्तीमा जन्मिएर त्यहीँको हावापानी, जीवन शैलीमा वस्तुगत परिवेशको व्यावहारिक ज्ञान हासिल गर्दै पर्यटन व्यवसायमा आबद्ध भईन पासाङ ल्हामु । आफ्ना अग्रजहरुको पदचापलाई अँगाल्दै साहसिक पर्यटनको क्षेत्रबाट केही गर्ने दृद्ध निश्चय गरिन् । फलतः नेपालको राष्ट्रिय झण्डा बोकेर ८८४८ मिटर अग्लो संसारकै उच्च हिमशिखर आरोहण गर्ने सपलता हासिल गर्न सफल भइन् पासाङ ल्हामु । 
२०५० वैशाख १० गते सगरमाथा (चोमोलोङ्मा) आरोहणको खुसी साट्ने अवसर नै नपाई फर्कने क्रममा जीवन लीला समाप्त भउको दुःखद खबर सुननुपर्यो । सारा नेपालीका आँखा रसाए । परिवारका स–साना नानीहरु र श्रीमान् ल्हाक्पा सोनामलाई परेको पीडाको अनुमान मात्र गर्न सकिन्छ यो दुःखद वग्रपातको । 
यस्ता दुःखद घटनाप्रति समवेदना र सहानुभूति प्रकट गर्नुको बदला घाउमा नुनचुक छर्कनेहरु पनि नभएका होइनन्, तर सत्य सत्य नै हुन्छ भन्ने कुरा तत्कालिन श्री ५ को सरकाले देखाएको सदाशयताले पुष्टि गर्छ नै । समाजमा अनेक खाले मानिसहरु वसोवास गर्छन । 
समाजका बुद्धिजिविहरु ज्ञानविज्ञानका कुरा गर्छन्, तर कुनै हैसियत र जिम्मेवारी नभएकहरुको काम अनावश्यक टिप्पणी, आलोचना र विरोध गुर्नमै सीमित रहन्छ, उनीहरुको जिन्दगी यसरी नै वित्दछ । तर, जिम्मेवार मानिसहरु जहिले पनि यथार्थ, वस्तुपरक र विषयवस्तु केन्द्रित विषयमा वहस र पैरवी गर्छन अनि राम्रो निष्कर्षमा पुग्छन् । हामीले सोच्नु पर्ने र गर्नुपर्ने कार्य पनि यही हो । 
पासाङ ल्हामुले आफ्नै जीवनकालमा देखेका सपनाहरु र भोगेका दुर्गम गाउँवसतिका समस्याहरुको रुपमा रहेको शिक्षा, स्वास्थ्य र नेतृत्व विकासको क्षेत्रमा सबवैको सरल र सर्वसुलभ पहुँच नै प्राथमिकतामा थियो । यिनै विषयवस्तुमा केन्द्रित रहेर वाहाँको सपना पूरा गर्न पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको स्थापन भयो, २०५० जेष्ठ २६ गते । जसले ४ वटा क्षेत्रमा कार्य गरिरहेको छ । 
शिक्षाको क्षेत्रमा पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजको स्थापना गरी १६ बर्षदेखि दुर्गम गाउँवस्तीबाट उच्च शिक्षा हासिल गर्न काठमाडौं आएका अल्पसंख्याक, सीमान्तकृत, सुविधा बञ्चित समुदायका र पिछडिएका विद्याथर्गीहरुलाई स्नातक तहसम्मको शिषा दिइँदै आएको छ। सोलुखुम्बुको हालको खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गतको वडा नं. २  लुक्लामा पासाङ ल्हामु निकोल निक्की अस्पतालको स्थापना गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिँदै छ । 
पर्वतारोहणको क्षेत्रमा आधारभूत तालिम दिने उद्देश्यले प्रतिष्ठानकै भवनसँग इन्डोर वाल क्लाइम्बिङ स्थापना गरी स्कूल, कले, सेना, प्रहरी, सशस्त्र प्रहारी लगायत आरोहण पेशामा लागेका र लाग्न चाहेक इच्छुक व्यक्तिहरुलाई तालिम प्रशिक्षणको व्यवस्था गरिएको छ भने महिलाहरुको लागि सीपमूलक तथा नेतृत्व विकास तालिम पनि निरन्तर सञ्चालनमा रहेको छ । 
बेलाबेलामा नेपाली महिला तथा पुरुष आरोहीहरुलाई साहसिक पर्यटनको क्षेत्रमा देखापर्ने समस्या र समाधान, आरोहणको क्रममा अपनाउनु पर्ने सावधानीका विषयहरुमा पनि उत्प्रेरणा र परामर्श गरी सुरक्षित आरोहण र अवतरणका बारेमा सुसूचित गराउने कार्य पनि निरन्तर भइरहेको छ । 
यसले संभावित दुर्घटनाबाट बच्ने र बचाउने विषयमा धेरै आरोहीहरु लाभान्वित भएको महसुु गरिएको छ । 
सगरमाथा आरोही प्रथम नेपाली महिलाको हैसियत प्राप्त गरेको पासाङ ल्हामुको पदचालाई अँगाल्दै अहिलेसम्म दर्जनौं शेर्पा तथा गैर शेर्पा महिलाहरु सगरमाथा लागायत विश्वका १४ वटै आठ हजार मिटर भन्दा अग्ला हिमशिखरहरु आरोहण गरी एकपछि अर्को कीर्तिमान हासिल गर्दै सम्पूर्ण नेपालीको इज्जत, प्रतिष्ठा र गौरव बढाउन सफलता हासिल गरिरहेका छन् भने यो बर्षको बसन्त ऋतुमा पनि दर्जनौं महिला आरोहीहरु सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरिसकेका छन् । 
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेको २५ बर्षको अवसरमा ‘शेर्पा महिला इको सगरमाथा आरोहण अभियान २०१८’ को टोलीमा रहेका ल्हाक्पा याङ्जी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्डी शेर्पालाई नेपालको राष्ट्रिय झण्डा, जननेता मदन भण्डारी र राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको तस्बिर र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको लोगो सगरमाथाको शिखरमा फहराउन सफलताको शुभकामना सहित हस्तान्तरण गर्नाले यो क्षेत्रमा लागेका महिला आरोहीका लागि प्रेरणाको स्रोत बनेको छ । यसले नेपालको साहसिक पर्यटना प्रबद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । 
नेपालको आर्थिक मेरुदण्डको रुपमा कृषि पछि पर्यटना क्षेत्रलाई लिइएको छ । नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा र गौरव संसारभर फैलाउने र साहसिक पर्यटन मार्फत नयाँ पीँढीलाई यस क्ष्ेत्रमा आबद्ध गर्दै रोजगारीको सृजना गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन पर्यटन क्षेत्रको व्यापक विस्तार मार्फत देशकै आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान २ अंकको बृद्धि गराई नेपाल सरकारको सन् २०२२ सम्ममा विकासशील राष्ट्रको रुपमा मुलुकलाई स्थापित गराउने लक्ष्य हासिल गर्न सफलता मिल्ने कुरामा कुनै दुविधा छैन । 
नेपाली महिलाहरुले पनि अवसर पाएको खण्डमा केही गरेर दखाउन सक्छन् भन्ने ज्वलन्त नमुना हो पासाङ ल्हामु । त्यसैले सरकारको साथ, सहयोग र पर्यटन क्षेत्रमा लागेका व्यक्ति वा संघसंस्थाको अतुलनीय सहयोगकै आधारमा संस्थागत उद्देश्य प्राप्तिको दिशामा निरन्तर अघि बढिरहेको छ, पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान । 
पासाङ ल्हामु शेर्पालाई राष्ट्रि विभूतिको सम्मान प्रदान गरेर नयाँ पीँढीलाई प्रेरणाको स्रोतका रुपमा मात्र स्थापित गरेनन् । यसले समग्र नेपालीको इज्जत, प्रतिष्ठा र गौरव बढेको अनुभूति गर्न सकिन्छ । यसका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग सम्बद्ध सबैलाई २५ औं पासाङ प्रतिष्ठा दिवस २०७५ को अवसरमा हार्दिक आभार व्यक्त नगरी रहन सकिन्न । 
अन्त्यमा, महिला जागरणकी प्रतिरुप पासाङ ल्हामुप्रति हार्दिक श्रद्धा सुमन । 
(लेखकः पूर्व पर्यटन मन्त्री तथा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानका अध्यक्ष हुन् । अलेखलाई पासाङ प्रतिष्ठा स्मारिकाबाट साभार गरिएको हो ।)
 

pasang lhamu

कृपा सुर शेर्पाका अन्य लेख तथा रचनाहरु