अंग्रेजीमा स्नातकोत्तर गरेका शेर्पा ‘पानी मालिक’

चिसाङ शेर्पा 

२०७५ बैशाख १९, बुधबार


खोटाङ (शेर्पाखबर) । ‘म खासमा शिक्षक हुनपर्ने हुँ । मैले पटकपटक भन्दै आएको छु म अंग्रेजीमा एमएड गरेको मान्छे हुं मेरो संकाय अनुसार अंग्रेजीको शिक्षक हुनुपर्ने मान्छे हुँ र, शिक्षक पनि हो ।’ खोटाङका फूवा शेर्पा भन्छन् । तर, उनी यतिवेला खोटाङमा अक्वा मिनिरल वाटर उद्योगका मालिक बनेका छन् । शेर्पाले आफ्नो उद्योगबाट ‘मिरमिरे जल’ उत्पादन गरेर विक्री वितरण थालेका छन् । 
उनीसँग आठ–दश वर्ष अंग्रेजी पढाएको अनुभव पनि छ । दिक्तेल वोर्डिङ स्कूलमा पाँच  वर्ष, काठमाण्डौ किर्तिपुरको ल्याब्रोटरीमा डेढ वर्ष र अंग्रेजीमा स्नातकोत्तर सकेर हिलसाईड स्याम्पल एकेडेमी खोलेर अढाई वर्ष प्रिन्सिपल भएर काम गरे । उनले भने, ‘मैले चाँहि खासमा त्यही पेशा गर्नुपर्ने तर, शिक्षण मात्रै गरेर हुदैन । निजी विद्यालयमा दुई–तीन सय विद्यार्थीलाई पाठ सिकाउथे हुँला ? तर, युवाहरु केही नयाँ कार्य गरेर चिनिनु पर्छ भन्ने हेतुले प्रशोधित पिउने पानी व्यवसाय शुरु गरेँ ।’
पानी सम्बन्धी उनलाई केही ज्ञान भने थिएन । हरेक वस्तुको सिर्जना अभावबाट नै हुदो रहेछ । खोटाङमा मिर्चैया, लाहान, काठमाडौको पानी ल्याएर बेच्नुपर्ने, लिटरको ३५–४० रुपैयाँमा दुध पाईन्छ । ताकी, त्यहाँको पानी यहाँ ल्याएर ३५–४० रुपैयाँमा बेच्नुपर्ने हिजोका दिनमा पानी दुधभन्दा महंगो किन्नुपर्ने अवस्थालाई उनले नजिकबाट अध्यायन गरे । तराईको पानी प्रतिलिटर ४० रुपैयाँमा किन्नुपर्ने अवस्थाको विकल्प खोज्दै गए । उनीसँग पानीको श्रोत, जोशजाँगर थियो । केही गर्न सक्छु भन्ने हिम्मत पनि उस्तै । त्यही इच्छा शक्तिले सफलताको शिखरतिर लम्किीँदै छन् फूर्वा । ‘दुधभन्दा महंगो पानी खरीद गर्नेलाई हामीले बजारमा प्रतिलिटर १५÷१६ रुपैयाँमा दिइरहेका छौ । यो समग्र खोटाङको ठूलो उपलब्धि हो ।’ फूर्वा हौसिँदै सुनाउँछन् । 
२०७३ सालदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल वोतलमा खोटाङको पानी प्रशोधन उद्योग शुरु गरे फूर्वाले । अहिले ‘मिरमिरे जल’ दिक्तेल, नुनथला, जालपा, हलेसी, जयरामघाट, ओखलढुंगाको हर्कपुर, उदयपुरको घुर्मि, काठमाण्डौ र सडग पुगेका विभिन्न स्थानहरुमा विक्रीवितरण हुन्छ । बजारमा पाइने अन्य पानीको तुलनामा मिरमिरे जल स्वादिलो पानी छ । 
दिक्तेल, हलेसी, जयरामघाट प्रशोधित पानीको पहिलो व्यापरिक केन्द्र हो । प्रशोधित पानी अधिकांसले टाढाको शहरमा कोसेली स्वरुप पानी लाने गरेका छन् । १ लिटरका १२ वोतल हुने पानी प्रति कार्टुन २ सय रुपैयाँका दरले विक्री हुने गरेको छ । फागुन, चैत्र, बैशाख, जेठ, असार, साउन पिउने पानीको सिजन भएकाले वजारमा अत्याधिक मात्रामा  माग हुने गरेकोे छ । जिल्लामा विभिन्न औपचारिक कार्यक्रम हुंदा ह्वात्तै माग बढ्ने सञ्चालक शेर्पाले बताउँछन् ।
बजार माग अनुसार उद्योगमा बिहान १० बजेदेखि ४ बजेसम्म दैनिक १ सय ५० कार्टुन पानी बनाउँने गरेको प्रोपाईटर शेर्पाले जानकारी दिए । २०६० सालमा विवाह बन्धनमा बाँधिएका शेर्पाले ३ जना छोराछोरीलाई राम्रो निजी आवासीय विद्यालयमा पढाइरहेका छन् । भने उद्योगमार्फत स्थानीय ७ जना कामदारलाई रोजगारी दिएका छन् । 
हप्तामा एकपटक काम दिक्तेल, हलेसी, जयरामघाट, हर्कपुर, घुर्मि अर्डर अनुसारको पानी पु¥याउने काम हुन्छ । पानीवाट लाग्ने रोगहरुलाई निर्मुलन गर्ने मिनिरल वाटर वजारमा १ लिटरको वोतलमा विक्री भईरहेको छ । उद्योगमा पर्यटकीय केन्द्र रुपाकोटको काखबाट पानी ल्याईएको छ ।
यसरी बन्छ ‘मिरमिरे जल’
विभिन्न चरण पार गरेर उद्योगमा पानी प्रशोधन हुन्छ । प्राकृतिक मुहानवाट पानी ट्याङकीमा जम्मा हुने र रवर पम्पमा जाने गर्दछ । पहिलो चरणको ‘फिल्टर’ गर्ने काम ‘स्याण्ड भेजल’ मेसिनले गरेपछि कार्वन ‘भेजल’मा गएर पुनः फिल्टरगरी ‘सफ्टनर भेजल’ मेसिनमा पठाउँने काम गर्छ । ‘सफ्टनर भेजल’मा आईसकेपछि नै पानी पिउन  योग्य हुन्छ । ‘ब्लु हाउजिङ’मा फिल्टर भएर ‘आरओ सिष्टम’मा हुंदै आएको पानी २ वटा ‘मेम्व्रेन’मा जान्छ । ‘मेम्व्रेन मेसिन’ले पूर्णतय शुद्ध बनाई सफा पानी छुट्याउने गर्दछ । छुटिएको सफा पानी युभि मेसिन (अल्ट्रा भाईलेण्ट) मा जाने र त्यसपछि ओजन आईजेसन दिने काम गरिन्छ । यसैगरी एसएस ट्याङकीमा जम्मा भएको शुद्ध पानी वोतलमा भर्ने काम हुन्छ । १ लिटर भरिएको पानीको वोतलमा लेभललिङ र कार्टुनमा प्याकगरी ¥यापिङ गरेपछि पानी तयार हुन्छ ।
कसरी वन्छ वोतल
लेभल वाहेक काठमाडौ पाटनवाट प्रिफर्म (वोतलका नमुना) आयतगरी उद्योगमा आवश्यक अनुसारको बोतल बनाईने गरिन्छ ।
उद्योगको वाहिरपट्टि राखिएको कम्प्रेसरले व्लो मेसिनलाई हावा दिईरहेको हुन्छ, यता हिटर मेसिनमा प्रिफर्म तातिएको हुन्छ । तातिएको प्रिफर्म व्लो मेसिनमा राखेर वोतल फुलाउने काम गरिन्छ ।
 

चिसाङ शेर्पा का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho