शेर्पा कलाकारको सहयोगार्थ गम्बु शेर्पाको अभियान

शेर्पाखबर

२०७५ बैशाख १८, मंगलबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा कलाकार संघको कार्यालय स्थापनार्थ अमेरिकाबाट ४ लाख बढी सहयोग प्राप्त भएको छ । संघ आबद्ध चर्चित गायक गम्बु शेर्पाले सञ्चालन गरेको अभियान अन्तर्गत ४ लाख ३४ हजार लगभग सहयोग संकलन भएको हो । ‘संकलित सहयोग संघको कार्यालय स्थापनाका लागि प्राप्त भएको छ ।’ संघका कोषाध्यक्ष जाङमु इनन शेर्पाले भने । संघका सल्लाहकार समेत रहनु भएका गायक गम्बु शेर्पाले अमेरिकामै रहेर सहयोग अभियान संकलन गरेर नेपाल पठाएको कोषाध्यक्ष शेर्पाले जानकारी दिइन् । 
विभिन्न व्यक्ति र कम्पनीहरुले अभियानलाई सहयोग गरेका थिए । संघको कार्यालय स्थापनाका लागि वैशाख २२ गते रामनगर पाटी प्यालेशमा ‘वृहत सांगीतिक कार्यक्रम’ आयोजना गरिएको जनाएको छ । कार्यक्रमको तयारी समेत पूरा भएको जनाएको छ । कार्यक्रममा अधिकांश शेर्पा कलाकारहरुको सहभागितामा सांगीतिक प्रस्तुती रहने जनाएको छ । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho