पोर्तुगलमा बुद्ध जयन्तीमा शोभायात्रा

ङावा शेर्पा

२०७५ बैशाख १८, मंगलबार


लिस्बन (शेर्पाखबर) । पोर्तुगलमा महामानव बुद्धको ‘शान्ति सन्देश’ प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा आयोजना गरिएको हो । नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरेको हो । 
सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालीमय भएको लाक्पा छोटी शेर्पाले जानकारी दिए । विशेष गरी शेर्पा समुदाय आफ्नो जातीय भेषभूषासहित सडकमा देखिए । उनीहरुले हातहातमा बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । त्यस्तै, अन्य समुदायले नेपाली भेशभूषामा सजिएर मुख्य पर्यटकीय सडकलाई ढाकेका थिए ¥यालीमार्फत बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, बुद्ध एशियाका ज्योति हुन्, नेपाल भ्रमण गरौं जस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरेका शेर्पा सोसाइटी पोर्तुगलका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । 
पोर्तुगिज बौद्ध धर्म गुरु, लामा, बौद्ध अनुयायीलगायतका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त ¥यालीले यहाँको मुख्य पर्यटकीय सडकहरुको परिक्रमा गरेको थियो ।
¥यालीमा बुद्ध वचनका साथै बुद्धं शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, संघं शरणम् गच्छामिलगायत सन्देशहरु वाचनसमेत गरे । रोसियोस्थित समुन्द्र किनारबाट शुरु भएको ¥याली मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।
¥याली पछि मार्तिम मुनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा प्रवचन समेत दिइएको थियो । कार्यक्रममा यहाँका केही नेपाली संघसंस्थाले पानी, फलफूल तथा जुस वितरण गरेका थिए ।
यसअघि रोसियोस्थित सिन्डिकेट हलमा धर्मगुरुद्वारा बुद्ध पूजा गरिएको थियो । ¥यालीमार्फत विदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको भ्रमण गर्न आह्वान गरिएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक तथा पर्यटनदूत समेत रहेका रमेशकुमार गुरुङले जानकारी दिए । 
(अनलाईन पोर्टलहरुको सहयोगमा)
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho