३३ किलो सुन प्रकरणमा लाक्पा शेर्पा पक्राउ

शेर्पाखबर

२०७५ बैशाख १८, मंगलबार


३३ किलो सुन प्रकरणमा भरियाको भूमिकामा देखिएको भन्दै लाक्पा शेर्पा पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । त्यस्तै, बयानका लागि बोलाइएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भने फरार भएका छन् । 
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएपछि फरार भएका हुन् । 
केही दिनअघि विदामा बसेका खत्री त्यसपछि कार्यालय फर्केका छैनन् । समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्क विहीन भएका हुन्।
‘खत्रीका चालकलाई धेरै कुरा जानकारी थियो, चालक पक्राउ परेपछि उनी छटपटाइरहेका थिए, एकाएक गायब भए,’ स्रोतले भन्यो।
३३ किलो सुन हराएको भन्दै सनम शाक्य हत्या काण्डमा समेत उनको संलग्नता जोडिएको भेटिएपछि छानबिन समितिले उनलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो।
स्रोतका अनुसार फरार एसएसपी श्याम खत्रीलाई खोज्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।


यसअघि पनि सुन तस्करी मुद्दामा धरौटीमा छुटेका थिए खत्री

सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको तथ्य फेला परेपछि समितिले उनलाई बयानका लागि बोलाएको थियो।

उनी फरार भएपछि समितिले पक्राउ गरेरै बुझाउन भन्दै प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ।

सुन गायव बनाएको भन्दै सनम शाक्यको हत्यापछि फरार भएका गोरे र एसएसपी खत्रीको पहिलादेखि सम्पर्क रहेको समितिको अनुसन्धानमा देखिएको छ। २०७३ पुष २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुन पनि गोरेकै भएको र उक्त सुन भन्सार कटाउन खत्रीको भुमिका रहेको खुलेको थियो।

त्यतिबेला खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरिएको थियो। सो मुद्दामा अदालतबाट धरौटीमा छुटेका खत्री पुनः कार्यालयमा हाजिर भएका थिए। त्यसपछि पनि उनी गोरेसँग सम्पर्कमा रहेको तथ्य फेला परेको स्रोतले जानकारी दियो।

६ प्रहरीसहित २८ जना पक्राउ
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले ३३ किलो सुन कान्डमा अहिलेसम्म ६ प्रहरी अधिकारीसहित २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्ने प्रहरी अधिकारीमा पूर्व्डिआइजी गोविन्द निरौला, एसपी विकास खनाल, डिएसपीहरू सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्ज्याल र प्रहरी जवान बिष्णु खडका छन्।

अनुसन्धानका लागि महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जन पनि हिरासतमा छन्। त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी र माधव भनिने मदनप्रसाद घिमिरेलाई पनि मोरङ प्रहरीले हिरासतमा राखेको छ ।


@समाचारसँग प्रस्तुत तस्वीर श्याम खत्रीको हो । फोटो सेतोपाटीबाट लिइएको हो ।–सं

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho