श्रमको सम्मान गर्ने संस्कारको विकासमा होस्ः अध्यक्ष राणा

लाक्पा जी शेर्पा

२०७५ बैशाख १८, मंगलबार

0 0


काठमाडौं (शेर्पाखबर) । श्रमको सम्मान, उचित मूल्याङकन र सुविधाका विषयलाई गम्भिर रुपमा लिनुपर्नेमा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले जोड दिएका छन् । विश्व मजदुर दिवस अर्थात माई १ को अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष राणाले यस्तो बताएका हुन् । 
‘सबै पेशाकर्मी, श्रमिक र श्रमजिवि वर्गको सम्मान र बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टीका लागि राज्य जिम्मेवार बनेर प्रस्तुत होस ।’ अध्यक्ष राणाले भनेका छन् ‘अन्तर्राष्ट्रिय श्रम संगठनले व्यवस्था गरे अनुसार श्रमिकहरुले श्रमको उचित मूल्य पाउनु पर्दछ र राज्यले यसलाई कडाईका साथ लागू गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।’
मुलुक नयाँ संविधान कार्यान्वयनको दिशामा द्रुत गतिमा अघि बढीरहेको सन्दर्भमा आम श्रमिक र श्रम गरेर जिविकोपार्जन गर्नेहरुको उचित व्यवस्थापन, पारिश्रमिक, आवास लगायतका विषय समेतसँगै जोडिएर आउने भएकाले यसतर्फ राज्य गम्भिर हुनुपर्नेमा अध्यक्ष राणाको जोड थियो । 
सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई देशको विकास र समृद्धीका निम्ति सदुपयोग गर्ने वातावरण सिर्जना गर्न राज्यले ठोस नीति ल्याउनुपर्ने अध्यक्ष राणाले बताए । उनले भने  ‘स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजानु जरुरी छ ।’ 
नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले र्पुयाएको योगदानप्रति सम्मान प्रकट गर्दै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरे ।